नेभिगेशन
सबै कुरा

भ्रमणले नेपाल–भारत आपसी सद्भाव अभिबृद्धि भएको छः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबीचको आपसी सद्भाव अभिबृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताएकी छिन् । 

भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको बताए ।

CG

मन्त्री डा राणाले भनिन्, “भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरु समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबद्र्धन गर्न मार्गदर्शन समेत गरेको मैले विश्वास लिएको छु ।” 

उनले भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा गत आइतबार नयाँ दिल्ली गएको र दुई देशको उच्चस्तरीय भ्रमण आदानप्रदानको कार्यक्रमअनुसार नै यो भ्रमण भएको बताइन् । उनले भारतका प्रधानमन्त्री र विदेशमन्त्रीसँग सौहार्दपूर्ण रुपमा भेटवार्ता भएको तथा ती भेटमा नेपालको हित र चासोका साथै आपसी हितका विविध विषयहरुमा कुराकानी भएको जानकारी दिइन् । 

भ्रमणकाक्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट भएको र नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने वषयमा विचारको आदानप्रदान भएको उनले जानकारी दिइन्। 

साथै त्यसअवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र पनि हस्तान्तरण गरेको मन्त्री डा राणाले बताइन् । 

सोही दिन मन्त्री डा राणाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग पनि भेटवार्ता गरेकी थिइन् । सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै ऊर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाईमार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकूद, सीमा पूर्वाधारलगायत सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको उनले जानकरी दिइन् । 

यो उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा आज नियमित उडानबाट अपराह्न ४ बजे काठमाडौँ आइपुगेकी हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आशिका तमाङबारे अनर्गल प्रचार, आशिकाबारे उजुरी नै छैन

आशिका तमाङबारे अनर्गल प्रचार, आशिकाबारे उजुरी नै छैन

तामाङले जर्मनीको पीआर लिएकाले उनी उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी दर्ता गर्न खोजिएको थियो । तर उक्त उजुरीमा ठोस प्रमाण नभएका निर्वाचन कार्यालयले दर्ता नगरेको पाइएको छ...
संसद् भवन परिसरमा सहिदका सालिक राख्ने विषयमा प्रधानमन्त्रीद्वारा छलफल

संसद् भवन परिसरमा सहिदका सालिक राख्ने विषयमा प्रधानमन्त्रीद्वारा छलफल

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानीमन्त्री डा मदन परियार, सहरी विकासमन्त्री कुमार इङ्नाम, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्की, अर्थसचिव घनश्याम उपाध्याय,...
रास्वपाका उम्मेदवार लालविक्रम थापाविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम

रास्वपाका उम्मेदवार लालविक्रम थापाविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थापा विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । तर थापाविरुद्धको उजुरी दाबी नपुगेको भन्दै खारेज गरिएको सुनसरी क्षेत्र नम्बर २ का...
शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान

शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान

विभागका मौसमविद् डेभिट ढकालले माघ ९ र १० गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने जानकारी दिए । उनले त्यसपछि सुदुरपश्चिम क्षेत्रको थोरै स्थानमा हल्का वर्षा...