नेभिगेशन
सबै कुरा

‘गल्छी–रसुवागढी सडक’ आंशिक रुपमा सञ्चालन

नुवाकोट । सडकमाथिबाट खसेको ठूलो ढुङ्गासहितको पहिरोले अवरुद्ध अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत ‘गल्छी–रसुवागढी सडक’ आंशिक रुपमा पुनःसञ्चालन भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिकैमाथिबाट खसेको ठूलोढुङ्गासहितको पहिराले सडक पूर्णरुपमा बन्द भएकोमा आज  साँझदेखि एक लेन सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख जे जङ्ग कार्कीले जानकारी दिए । 

City Express

उनका अनुसार देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आउजाउ गर्ने सडकमा बुधबार राति गएको पहिराले पूर्णरूपमा बन्द भएको थियो । पहिरासँगै खसेको ठूलोढुङ्गा हटाउन बाँकी भए पनि भित्ताबाट एक लेन खुला गरेर रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको छ ।

गल्छी–रसुवागढी सडक योजनाको कार्यालयका प्रमुख इञ्जिनियर धुव्रकुमार श्रेष्ठका अनुसार अहिले खुला भएको सडकमा सोही स्थानमा थप पहिरो नगए हुने अपेक्षा गरिएको छ । पहिरासँगै ठूलोढुङ्गा हटाउन ब्रेकर लगाउनुपर्ने भएकाले ‘डेडिकेटेड डबल लेन’ को सडक पूर्णरुपमा सञ्चालन गराउन बाँकी रहेको छ ।

“तत्कालको लागि सडक खुलाउन प्राथमिकता दिँदै रोकिएका यातायात सञ्चालनमा ल्याएका छौँ,” योजना प्रमुख श्रेष्ठले भने, “ठूलो ढुङ्गालाई ब्रेकर लगाएर हटाउन र पहिरो गएको स्थानमा थप पहिरो खस्न नदिने प्रयास गरिएको छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैनः मन्त्री घिसिङ

लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैनः मन्त्री घिसिङ

नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटवार्तामा उनले काम नगरेर वर्षौंसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का तोडिने प्रष्ट पारेका हुन । उनले कुनै पनि निर्माण व्यवसायीप्रति...
जनश्रमदानबाट सडक मर्मत

जनश्रमदानबाट सडक मर्मत

कुनैपनि निकायबाट सहयोग नजुटेपछि स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका हुन् । मोदी गाउँपालिका–१, २ र ३ का बासिन्दाले श्रमदान गरेका हुन् । देउपुरस्थित कोरुङ्गा बनमामाथिबाट झरेको पहिरोले...
सात दिनपछि खुल्यो बागलुङ–सिगाना–बरेङ सडक

सात दिनपछि खुल्यो बागलुङ–सिगाना–बरेङ सडक

बागलुङ नगरपालिका–८ सिगानामा सडक माथिबाट खसेको ठूलो पहिरोले सडकसहित एउटा गोठ पुरेको थियो भने एक परिवार विस्थापित भएका छन् । चट्टानसहितको ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको थियो...
विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध

विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा...