नेभिगेशन
सबै कुरा

‘गल्छी–रसुवागढी सडक’ आंशिक रुपमा सञ्चालन

नुवाकोट । सडकमाथिबाट खसेको ठूलो ढुङ्गासहितको पहिरोले अवरुद्ध अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत ‘गल्छी–रसुवागढी सडक’ आंशिक रुपमा पुनःसञ्चालन भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिकैमाथिबाट खसेको ठूलोढुङ्गासहितको पहिराले सडक पूर्णरुपमा बन्द भएकोमा आज  साँझदेखि एक लेन सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख जे जङ्ग कार्कीले जानकारी दिए । 

Ncell
Extreme Energy

उनका अनुसार देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आउजाउ गर्ने सडकमा बुधबार राति गएको पहिराले पूर्णरूपमा बन्द भएको थियो । पहिरासँगै खसेको ठूलोढुङ्गा हटाउन बाँकी भए पनि भित्ताबाट एक लेन खुला गरेर रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको छ ।

गल्छी–रसुवागढी सडक योजनाको कार्यालयका प्रमुख इञ्जिनियर धुव्रकुमार श्रेष्ठका अनुसार अहिले खुला भएको सडकमा सोही स्थानमा थप पहिरो नगए हुने अपेक्षा गरिएको छ । पहिरासँगै ठूलोढुङ्गा हटाउन ब्रेकर लगाउनुपर्ने भएकाले ‘डेडिकेटेड डबल लेन’ को सडक पूर्णरुपमा सञ्चालन गराउन बाँकी रहेको छ ।

“तत्कालको लागि सडक खुलाउन प्राथमिकता दिँदै रोकिएका यातायात सञ्चालनमा ल्याएका छौँ,” योजना प्रमुख श्रेष्ठले भने, “ठूलो ढुङ्गालाई ब्रेकर लगाएर हटाउन र पहिरो गएको स्थानमा थप पहिरो खस्न नदिने प्रयास गरिएको छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट  ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती...
कालीगण्डकी बाढीले २६६ मेगावाटका जलविद्युत् आयोजना प्रभावित, २१६ मेगावाट राष्ट्रिय प्रणाली बाहिर

कालीगण्डकी बाढीले २६६ मेगावाटका जलविद्युत् आयोजना प्रभावित, २१६ मेगावाट राष्ट्रिय प्रणाली बाहिर

हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको छ । निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा उपकरण,...
गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

गरिब तथा विपन्न नागरिकलाई आवास निर्माणका लागि संघीय सरकारबाट ५० हजार र प्रदेश सरकारबाट २५ हजार रुपैयाँ गरी कुल ७५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्था प्रस्ताव गरिएको छ।
काँकरभिट्टा–लौकही सडकको ५२ प्रतिशत कालोपत्र, चार महिनामा ९० प्रतिशत काम सक्ने लक्ष्य

काँकरभिट्टा–लौकही सडकको ५२ प्रतिशत कालोपत्र, चार महिनामा ९० प्रतिशत काम सक्ने लक्ष्य

पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तरराष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत सडक कालोपत्र भएको छ।