नेभिगेशन
सबै कुरा

‘नगर प्रहरी कुटेपछि गङ्गालाल अगाडि धकेलाधकेल भयो’ - राजुनाथ पाण्डे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले आइतबार गङ्गालाल अस्पतालअघि महानगरको प्रहरीमाथि हातपात भएको बताएका छन् । 


City Express

सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोबारे सिधाकुराले राखेको जिज्ञासामा प्रहरी प्रमुख पाण्डेले यस्तो दाबी गरेका हुन् । सहिद गङ्गालाल अस्पताल महाराजगञ्जको सडकमा  महानगर प्रहरी बलका आधा दर्जन प्रहरीले एक युवकलाई लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

अस्पतालको गेटमा चुरोट, खैनी लगायतका वस्तुको बिक्री गरेर फोहोर गरेको अस्पताल प्रशासनको गुनासोपछि प्रहरी पुग्दा प्रहरीमाथि हातपात भएको उसलाई नियन्त्रणमा लिन प्रयास गर्दाको भिडियो सामाजिक सञ्जालमा फैलाइएको पाण्डेले दाबी गरे । ‘भिडियोमा एक पक्षीय छ ।  प्रहरीमाथि हातपात भएको विषय देखिंदैन,’ एसपी पाण्डेले भने, ‘अस्पतालले आफ्नो हाता फोहोर गरेको गुनासो हरेक दिन टिपाएपछि हामीले सो क्षेत्रमा फोहोर नगर्न भनेका हौँ । नगर प्रहरीमाथि कुटपिट भएपछि सो कार्य गर्नेलाई नियन्त्रणमा लिन खोजिएको हो ।’ उनले घटना सम्बन्धमा यथार्थ विवरण पेश गर्न मातहतको इकाईलाई लिखत पत्राचार गरिएको पनि बताए । 

महानर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेसँगको कुराकानीको सम्पादीत अंश:    

गंगालाल अस्पतालको गेटमा सुर्तिजन्य पदार्थ चुरोट, खैनी लगायत बिक्री गरेको र अस्पताल परिसर फोहोर गरेको भनेर हरेक दिन गुनासो टिपाएको पाइयो ।

त्यसपछि महानगर प्रहरी बलले अस्पताल क्षेत्र वरपर सुरक्षा  निगरानी बढाएको थियो । त्यसै क्रममा आइतबार बिहान अस्पतालको हातामा चिया, चुरोट र सुर्ती बेच्नेहरुलाई निषेध गर्न महानगर प्रहरी बल पुगेको थियो ।

सो क्रममा चिया बेच्ने एक जना आमाको सुरक्षाका लागि गेटमा बसेका युवक र महानगर प्रहरी बलबीच धकेलाधकेल भएको हो । 

खासमा ति व्यक्ति महानगर प्रहरी बललाई प्रतिकार गर्न त्यहाँ बसेका थिए । प्रहरीले चिया, चुरोट बेच्नेलाई हट्नुस् भन्ने बितिक्कै उनले प्रहरीमाथि आक्रमण गरेका थिए । ति व्यक्तिको आक्रमणबाट नगर प्रहरीको लुगा च्यातिएको छ ।  उनलाई नियन्त्रणमा लिन खोज्दा केहीबेर धकेलाधकेल भएकै हो । 

महानगर प्रहरी बल नागरिक माथि धरपकड र अभद्र व्यवहार गर्नका लागि खटिएको होइन । तर, यहाँ विषयान्तर गर्न र हामीलाई बदनाम गराउन एकपक्षीय भिडियो खिचेर सामाजिक सञ्जालमा प्रसार गरिएको छ । त्यहाँ प्रहरीमाथि भएको कुटपिटको विषय नै छैन् । हामीले नियन्त्रणमा लिएका ति युवकलाई छोडिदिएका छौँ । 

यो प्रकरणमा थप विस्तृत विवरणका लागि हामीले त्यहाँ रहेको हाम्रो डीएसपी कमान्डको नेतृत्वलाई लिखत रुपमा स्पष्टीकरण पनि माग गरेका छौँ ।

म फेरि पनि भन्न चाहन्छु महानगरको नीति नियम लागू गराउन महानगर प्रहरी बल खटिएको हो । हामी हाम्रो नियम पालना गराउन तत्पर छौँ । हाम्रो कामलाई सघाउन हामी सबैलाई आह्वान गर्दछौँ । नगर प्रहरीले नागरिकलाई हतोत्साही गर्ने, हातपात गर्ने जस्ता कार्य गर्दैन । कसैले गलत गरे त्यस्तो गर्ने प्रहरीलाई पनि कारबाहीको दायरमा यस अघि पनि ल्याएका छौँ । अब पनि ल्याउँछौँ । तर, महानगरका काम कारबाहीबाट अत्ताएिर हामीमाथि अपवाहपूर्ण गलत ढंगले प्रहार नगरियोस् भन्नेमा म सबैसँग अनुरोध गर्दछु ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेनजीले चुनेका नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की

जेनजीले चुनेका नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की

पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राखेकी छिन् । सर्वोच्च अदालतकोे पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रचेकी नवनियुक्त प्रधानमन्त्री कार्की देशको पहिलो कार्यकारी...
बुढानिलकण्ठको देउवा निवास भित्र तीन ओटा कोठाभरी पैसा थियो ?

बुढानिलकण्ठको देउवा निवास भित्र तीन ओटा कोठाभरी पैसा थियो ?

बुढानिलण्ठक नगरपालिका १ मा रहेको उक्त निवासलाई जेनजी युवाहरुको समूहले मंगलबार आगजनी गरेको थियो । आगजनीका कारण पूर्ण रुपमा ध्वस्त बनेको घरबाट सुरक्षा कर्मीले मुश्किलले देउवा दम्पतीको घाइते...
बालुवाटरबाट उड्यो सेनाको हेलिकप्टर, भिभिआइपी उडेको आशंका

बालुवाटरबाट उड्यो सेनाको हेलिकप्टर, भिभिआइपी उडेको आशंका

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट नेपाली सेनाको हेलिकप्टरमा केही भिआइपीहरु उडेका छन् । दिउँसो २ बजेर १८ मिनेटमा नेपाली सेनाको विमान बालुवाटारबाट उडेको छ ।