नेभिगेशन
सबै कुरा

सीआइबीले सरकारी वकिलको कार्यालयलाई बुझायो बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन

बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान विभागले सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अब मिसिल अध्ययनपछि अभियोजन अघि बढ्ने छ । गत असार १२ गते सिआइबीले मिनबहादुर गुरुङ सहित ७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये तीन जना त्यही दिन बेलुका छुटेका थिए भने धर्मप्रसाद गौतम, मीनबहादुर गुरुङ र सुधीरकुमार शाह अहिले पनि सिआईबीको नियन्त्रणमा छन् । गुरुङमाथि सरकारी जग्गा व्यक्तिगत बनाएर बेचबिखन गर्दा संगठित तबरले कागजात किर्ते गरेको अभियोग छ । 

Ncell
Extreme Energy

सिआइबीले उक्त प्रकरणमा संलग्न भनिएकाहरुसँग आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको बयान लिएको थियो भने सोमबार नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साह  लगायतको बयान लिएको थियो ।

बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा गरी हिनामिना भएको विषय हाल विशेष अदालतमा विचाराधीन छ । सिआईबीले सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्दा सरकारी कागजात तथा दस्तखत कीर्ते प्रकरणमा अनुसन्धान अगाडि बढाएको थियो ।

ललिता निवासमा प्रधानमन्त्री निवास, सभामुख निवास, प्रधानन्यायाधीश निवास, र राष्ट्र बैंक छ । त्यो बाहेक ललिता निवासको २१२ रोपनी सरकारकै समरजंग कम्पनीमा दर्ता गरिएको थियो । त्यो मध्ये १ सय ४३ रोपनी जग्गा बिभिन्न अतिक्रमण भएको पाइएको छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...