नेभिगेशन
सबै कुरा

कर्णाली राजमार्ग स्तरोन्नति गर्न माग गर्दै रास्वपा सांसदद्धारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ । दश वर्षमा कर्णाली राजमार्गमा भएका १ हजार ८ सय २१ दुर्घटनामा ९ सय ९१ जनाले ज्यान गुमाएपछि स्तरोन्नति गर्न माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायत प्रस्तावक रहेको प्रस्तावमा सांसदहरू सोबिता गौतम, मैना कार्की, अम्मरबहादुर थापा, अनिशा नेपाली, कान्तिका सेजुवाल, चन्द्रबहादुर विश्वकर्मा, गणेश पराजुली, शिव नेपाली, विराजभक्त श्रेष्ठ, मनिष झा, निशा डाँगी, सुमना श्रेष्ठ, तोसिमा कार्की, चन्द्रा कार्की, लक्ष्मी तिवारी, छिरिङ लामाले समर्थन गरेका छन् ।

Ncell
Extreme Energy

प्रस्तावमा भनिएको छ, ‘पुरानो कालोपत्रे पूर्ण रूपमा उप्किएको छ भने ठाउँठाउँमा बनेका खाल्डाले दुर्घटनाको जोखिम बढेको छ । साँघुरो बाटो र द्वन्द्वकालमा निर्माण कार्यमा बिलम्ब भएकाले निर्माण कार्य पूर्ण हुन नसकेकाले यो मार्गमा यात्रुलाई सास्ती भएको छ । सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाण्डु जाने सवारीसाधन बीच बाटोमा रोकिँदा सयौं यात्रुहरू अलपत्र पर्ने गर्दछन् । राजमार्ग पुनःस्थापना मात्र नभई सडक कालोपत्रेका लागि सरकारले बजेट छुट्याउन सके कर्णालीका लागि दीगो विकासमा टेवा पुग्नेछ ।’

कर्णाली राजमार्गको स्तरोन्नति गर्दै सम्भावित सार्वजनिक सवारीसाधनको दुर्घटनाको रोकथाम र नियन्त्रण सम्बन्धी छलफल गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७१ बमोजिम प्रस्तावको सूचना दर्ता गरिएको सांसलद कठायतले बताइन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

प्रतिनिधिसभाको आजको बैठकमा सभापति लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दलहरूलाई दलीय स्वार्थ र झण्डाभन्दा माथि उठ्नुपर्ने पनि बताए ।
राहत र उद्धारका साथै भोलिको विपद् रोक्न आजै पूर्वतयारी गर्नुपर्छ : खुश्बु ओली

राहत र उद्धारका साथै भोलिको विपद् रोक्न आजै पूर्वतयारी गर्नुपर्छ : खुश्बु ओली

राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतको लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
वेपत्ता नागरिकको उद्धार र खोजीको लागि राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्नुपर्छ : सांसद युवराज दुलाल

वेपत्ता नागरिकको उद्धार र खोजीको लागि राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्नुपर्छ : सांसद युवराज दुलाल

नेकपाका प्रमुख सचेतक युवराज दुलालले शिघ्र उद्धार र खोजीको लागि राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्ने बताएका छन् ।
रसुवा बाढी प्रभावितका लागि एमालेले सरकारसँग राख्यो पाँच माग

रसुवा बाढी प्रभावितका लागि एमालेले सरकारसँग राख्यो पाँच माग

एमाले प्रमुख सचेतक ऐन महरले उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।