नेभिगेशन
सबै कुरा

चामल भनेर चिनी तस्करीः भैरहवा भन्सारले समात्यो एक सातामै ४२० बोरा

काठमाडौँ । चामल भनेर झुक्याएर चिनीको तस्करी मौलाएको पाइएको छ । तस्करी विरुद्ध आक्रामक कारबाही चलाइरहेको भैरहवा भन्सार कार्यालयले गरेको अनुगमनमा पछिल्लो केहिदिनयता अवैध चिनी बरामद  हुन थालेको हो ।

भैरहवा भन्सार कार्यालयका अनुसार एक सातामा सीमा क्षेत्रबाट अवैध भित्र्याउँदै गरिएको ४२० बोरा चिनी बरामद भएको छ । बिहीबार मात्रै गस्तीमा खटिएको टोलीले २१० बोरा अवैध चिनी नेपाल भारत सीमा क्षेत्रबाट बरामद गरेको छ । 

City Express

चामलले भरिएको भनिएको ट्रकमा तस्करी हुँदै गरेको १० मेट्रिक टन चिनी बरामद गरिएको भन्सार प्रमुख नारद गौतमले जानकारी दिए । ‘आज बिहान करिब २ः ३० बजे बेथरी क्षेत्रबाट ठूलो परिमाणमा अ‍वैध चिनी बरामद भएको छ,’ गौतमले सिधाकृुरासँग भने, ‘२१० बोरामा रहेको उक्त चिनी भारततर्फबाट नेपालमा चामल भनेर ल्याइँदै थियो ।’

चिनी बोकेका लु २ ख २८ ३६ नम्बरको ट्र र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको उनले बताए । चिनी बोकेर सो ट्रक पोखरा जान लागेको चालकले प्रारम्भिक सोधपुछमा बताएको उनको भनाई छ । 

भन्सार प्रमख गौतमका अनुसार भाद्र ८ गते शनिबार सोही क्षेत्रबाट अर्को एक ट्रकमा २१० बोरा नै चिनी बरामद भएको थियो । ग २ ख १२५० नम्बरको सो ट्रकमा लोड गरिएको उक्त परिमाणको चिनी नियन्त्रणमा लिएर चलाकलाई अनुसन्धानको क्रममा प्रहरी हिरासतमा पठाइएको गौतमले बताए ।    

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तोलामा १ हजारले घट्यो सुनको मूल्य

तोलामा १ हजारले घट्यो सुनको मूल्य

आजका लागि सुनको मूल्य तोलामा रु दुई लाख १६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै दुई लाख १७ हजार एक सय

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै दुई लाख १७ हजार एक सय

सोमबार प्रतितोला रु दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन मंगलबार तोलामा रु एक हजार ९०० बढेर रु दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी...
आजबाट चाडपर्व लक्षित सहुलियत पसल सुरु

आजबाट चाडपर्व लक्षित सहुलियत पसल सुरु

अहिले थापाथलीस्थित प्रादेशिक कार्यालयबाट ५१ प्रकारको खाद्यान्न बिक्रीमा राखिएको प्रमुख धर्मकुमारी राजवंशीले जानकारी दिइन् । यस वर्ष मसलाजन्य वस्तुहरू समेत बिक्रीमा राखिएको उनले जानकारी दिइन् । चामल, गहुँ,...
प्रतितोला २ लाख १५ हजार १०० मा कारोबार हुँदै सुन

प्रतितोला २ लाख १५ हजार १०० मा कारोबार हुँदै सुन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मोल रु दुई हजार ५७० कायम भएको छ ।