नेभिगेशन
सबै कुरा

चामल भनेर चिनी तस्करीः भैरहवा भन्सारले समात्यो एक सातामै ४२० बोरा

काठमाडौँ । चामल भनेर झुक्याएर चिनीको तस्करी मौलाएको पाइएको छ । तस्करी विरुद्ध आक्रामक कारबाही चलाइरहेको भैरहवा भन्सार कार्यालयले गरेको अनुगमनमा पछिल्लो केहिदिनयता अवैध चिनी बरामद  हुन थालेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भैरहवा भन्सार कार्यालयका अनुसार एक सातामा सीमा क्षेत्रबाट अवैध भित्र्याउँदै गरिएको ४२० बोरा चिनी बरामद भएको छ । बिहीबार मात्रै गस्तीमा खटिएको टोलीले २१० बोरा अवैध चिनी नेपाल भारत सीमा क्षेत्रबाट बरामद गरेको छ । 

Ncell
Extreme Energy

चामलले भरिएको भनिएको ट्रकमा तस्करी हुँदै गरेको १० मेट्रिक टन चिनी बरामद गरिएको भन्सार प्रमुख नारद गौतमले जानकारी दिए । ‘आज बिहान करिब २ः ३० बजे बेथरी क्षेत्रबाट ठूलो परिमाणमा अ‍वैध चिनी बरामद भएको छ,’ गौतमले सिधाकृुरासँग भने, ‘२१० बोरामा रहेको उक्त चिनी भारततर्फबाट नेपालमा चामल भनेर ल्याइँदै थियो ।’

चिनी बोकेका लु २ ख २८ ३६ नम्बरको ट्र र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको उनले बताए । चिनी बोकेर सो ट्रक पोखरा जान लागेको चालकले प्रारम्भिक सोधपुछमा बताएको उनको भनाई छ । 

भन्सार प्रमख गौतमका अनुसार भाद्र ८ गते शनिबार सोही क्षेत्रबाट अर्को एक ट्रकमा २१० बोरा नै चिनी बरामद भएको थियो । ग २ ख १२५० नम्बरको सो ट्रकमा लोड गरिएको उक्त परिमाणको चिनी नियन्त्रणमा लिएर चलाकलाई अनुसन्धानको क्रममा प्रहरी हिरासतमा पठाइएको गौतमले बताए ।    

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनसेल एपमा ‘शेक एन्ड विन’, मोबाइल हल्लाउँदा उपहार जित्न सकिने

एनसेल एपमा ‘शेक एन्ड विन’, मोबाइल हल्लाउँदा उपहार जित्न सकिने

बहुउपयोगी सेल्फ सर्भिस एपका रुपमा स्थापित भईसकेको एनसेल एपको प्रयोगलाई बढावा दिने र डिजिटल सेवा प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यले एनसेलले यो अफर संचालनमा ल्याईएको हो । यस अफरमा...
तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १२५ ले घटेको छ ।
सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ

सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ३२५ निर्धारण...
धितोपत्र बोर्डबाट ब्रिफिङ लिँदै अर्थ समिति

धितोपत्र बोर्डबाट ब्रिफिङ लिँदै अर्थ समिति

प्रतिनिधि सभाको अर्थ समितिले आज नेपाल धितोपत्र बोर्डबाट ब्रिफिङ लिँदैछ ।