नेभिगेशन
सबै कुरा

अहिलको अवस्थामा पार्टीको नेतृत्व हस्तान्तरण उपयुक्त हुँदैन : प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलको अवस्थामा पार्टीको नेतृत्व हस्तान्तरण उपयुक्त नरहेको बताएका छन् । 

शुक्रबार सुर्खेत विमानस्थलमा प्रेस सेन्टर सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले राम्रो टिम बनेपछि पार्टीको अर्को भूमिकामा जाने भन्दै तत्काल नै पार्टीको नेतृत्व हस्तान्तरण उपयुक्त नरहेको बताएका हुन् । आफुलाई सँधै पार्टीको नेतृत्व गरिरहने रुचि नरहेको र अध्यक्ष भन्ने पद आफ्ना लागि त्यति ठुलो पनि नभएको उनको भनाइ छ । उनले माओवादीलाई कमजोर पार्न पार्टी फुट्को हल्ला चलाइएको भन्दै पार्टी फुट्ने भन्ने चर्चा गलत सावित भएको धारणा राखे ।

CG

त्यस्तै प्रचण्डले  भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गरिने बताए। उनले पछिल्लो समय कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रष्ट रहेको र आफुले पनि सदनबाट प्रष्ट पार्ने काम मात्रै गरेको बताए । 

सरकार पहिलो र दोस्रो दल मिलेको संसारको संसदीय इतिहास नभएको उल्लेख गर्दै उनले गलत कुरालाई चोखाउनका लागि गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने बताए ।

सदनमा हिंसा सम्बन्धी विवादका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रचण्डले विस्तृत शान्ति सम्झौतादेखि संविधानमा उल्लेख गरिएका शब्दको मर्मभन्दा बाहिर जाने गरी अवमूल्यन नगर्न सचेत गराए । अहिले जनयुक्त शव्दको विरोध गर्नेहरुले नै कुनै समयमा जनयुद्ध र यसका उपलब्धिलाई राम्रैसँग प्रसंशा गरेको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका छन् । सुदूरपश्चिममा कूल २१० जनाको...
गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

रास्वपाले गण्डकी प्रदेशका १७ मध्ये १७ वटा सिटमा मात्रै उम्मेदवार उठाएको छ।
धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

एमालेले फेरि धनबहादुर घलेलाई नै आफ्नो उम्मेदवार बनाएको छ । एमालेले आइतबार घलेलाई क्षेत्र नम्बर २ बाट टिकट दिएको थियो तर, मंगलबार घलेको टिकट खोसेर एमाले चन्द्र रिजाललाई...
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...