नेभिगेशन
सबै कुरा

अहिलको अवस्थामा पार्टीको नेतृत्व हस्तान्तरण उपयुक्त हुँदैन : प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलको अवस्थामा पार्टीको नेतृत्व हस्तान्तरण उपयुक्त नरहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार सुर्खेत विमानस्थलमा प्रेस सेन्टर सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले राम्रो टिम बनेपछि पार्टीको अर्को भूमिकामा जाने भन्दै तत्काल नै पार्टीको नेतृत्व हस्तान्तरण उपयुक्त नरहेको बताएका हुन् । आफुलाई सँधै पार्टीको नेतृत्व गरिरहने रुचि नरहेको र अध्यक्ष भन्ने पद आफ्ना लागि त्यति ठुलो पनि नभएको उनको भनाइ छ । उनले माओवादीलाई कमजोर पार्न पार्टी फुट्को हल्ला चलाइएको भन्दै पार्टी फुट्ने भन्ने चर्चा गलत सावित भएको धारणा राखे ।

Ncell
Extreme Energy

त्यस्तै प्रचण्डले  भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गरिने बताए। उनले पछिल्लो समय कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रष्ट रहेको र आफुले पनि सदनबाट प्रष्ट पार्ने काम मात्रै गरेको बताए । 

सरकार पहिलो र दोस्रो दल मिलेको संसारको संसदीय इतिहास नभएको उल्लेख गर्दै उनले गलत कुरालाई चोखाउनका लागि गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने बताए ।

सदनमा हिंसा सम्बन्धी विवादका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रचण्डले विस्तृत शान्ति सम्झौतादेखि संविधानमा उल्लेख गरिएका शब्दको मर्मभन्दा बाहिर जाने गरी अवमूल्यन नगर्न सचेत गराए । अहिले जनयुक्त शव्दको विरोध गर्नेहरुले नै कुनै समयमा जनयुद्ध र यसका उपलब्धिलाई राम्रैसँग प्रसंशा गरेको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

भर्खरै