नेभिगेशन
सबै कुरा

अस्थिरताका कारक दलहरु नै सरकारमा छन् : राजेन्द्र लिङ्देन

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अस्थिरताका कारक दलहरु नै अहिले सरकारमा रहेको बताएका छन् । 

राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठकलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै लिङ्देनले ठूलो दलको रुपमा जनताको मत प्राप्त गरेका र अहिले सरकारमा रहेका दलहरु नै अस्थीरकताको प्रमुख कारक भएको बताएका हुन् । उनले अहिले ठूला दलहरु मिलेर दुई दलीय व्यवस्था कायम गर्ने परिकल्पना सामान्य विषय नभएको जिकिर गरे । लिङदेनले सत्ताको दुरुपयोग भएकै कारण मुलुक माथि उठ्न नसकेको बताए । अब पनि राप्रपाजस्तो पार्टी शक्ति बलियो बनेर नआउने हो भने देश दिर्घकालीन निराशाको खाडलमा जाने र जस्तोसुकै अराजकता उत्पन्न हुने उनको भनाइ छ ।

CG

उनको अहिले अभिभावकको रिक्ततालाई राप्रपाले नेतृत्व लिएर अन्त्य गर्नुपर्नेमा जोड दिए । लिङ्देनले अहिलेको प्रणालीमा व्यापक परिवर्तन गर्नुपर्ने भएकाले राप्रपाले ठीक ढंगले आफुलाई अघि बढाउनुपर्ने उल्लेख गरे । 

राप्रपा पनि निष्कृय भए देशका लागि दुर्भाग्य हुने उनले बताए । उनले सदनमा राप्रपाले ठीक ढंगले आफ्नो काम गरिरहेको जिकिर गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका छन् । सुदूरपश्चिममा कूल २१० जनाको...
गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

रास्वपाले गण्डकी प्रदेशका १७ मध्ये १७ वटा सिटमा मात्रै उम्मेदवार उठाएको छ।
धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

एमालेले फेरि धनबहादुर घलेलाई नै आफ्नो उम्मेदवार बनाएको छ । एमालेले आइतबार घलेलाई क्षेत्र नम्बर २ बाट टिकट दिएको थियो तर, मंगलबार घलेको टिकट खोसेर एमाले चन्द्र रिजाललाई...
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...