नेभिगेशन
सबै कुरा

भौतिकमन्त्री दाहालद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक योजना अनुगमन

दमौली (तनहुँ) । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाको अनुगमन गरेका छन् । दाहालले शुक्रबार साँझ मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुने र पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्मको सडकको स्थलगत अनुगमन गरेका हुन्। 

मन्त्री दाहालले आयोजनाको प्रगतिबारे चासो राख्दै बाँकी कामलाई तीव्रता दिन निर्देशन दिएका हुन् । उनले आयोजनाको काममा आइपर्ने समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै काममा ढिलासुस्ती नगर्न आग्रह गरेका छन्।

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगतिबारे मन्त्री दाहाललाई जानकारी गराए । यो खण्डमा हालसम्म ६५ प्रतिशत प्रगति भएको पाण्डेले जानकारी गराए । त्यस्तै दमौलीस्थित मादी नदीमा निर्माण भइरहेको पुलमा ३० प्रतिशत प्रगति भएको उनको भनाइ थियो । 

यो खण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको छ । हालसम्म भने एकतर्फी रुपमा ६३ किलोमिटर खण्ड कालोपत्र सकिएको उनको भनाइ छ । पूर्वी खण्डअन्तर्गत व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका पर्दछन् । त्यसमध्ये व्यास नगरपालिकाको दमौली बजार र डुम्रे बजारका केही भामा घरटहरा हटाउन ढिलाइले कालोपत्र काम अगाडि बढ्न सकेको छैन । 

पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । त्यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माणको काम सकिएको पाण्डेले जानकारी दिए। 

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । 

पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म २० किलोमिटर दुई लेन सडक कालोपत्र सकिएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)का इन्जिनियर नारायण पौडेलका अनुसार ११ पल निर्माण गर्ने लक्ष्य रहेकामा पाँच वटा पुल सम्पन्न भएका छन् । निर्माण गर्नुपर्ने १३ वटा पुलमध्ये आठ पुलको सुपर स्ट्रक्चरको निर्माण सम्पन्न भइसकेको पौडेलले जानकारी दिए। 

विगत केही समय पश्चिम खण्डमा न्यून प्रगति भएको अवस्थामा अहिले कामको गति केही बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा योजना कार्यालयको पहलमा सरोकारवाला निकायहरुको साथ र सहयोगले सडक स्तरोन्नतिमा भौतिक प्रगति नौ प्रतिशतबाट २८ प्रतिशत पुगेको पौडेलको भनाइ छ । 

पश्चिम खण्डको म्याद विसं २०८१ भदौ १२ गतेसम्म छ । पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । 

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद् भवनमा ड्रोन खसाएको अभियोगमा टेकस्पाएर कलेजका प्राध्यापकसहित ५ जना पक्राउ

संसद् भवनमा ड्रोन खसाएको अभियोगमा टेकस्पाएर कलेजका प्राध्यापकसहित ५ जना पक्राउ

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा ड्रोन खसेको घटनामा प्रहरीले एक प्राध्यापकसहित पाँच जनालाई पक्राउ गरेको छ।
संवैधानिक नियुक्तिको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई गम्भीर असर पुर्याएको  पूर्वन्यायाधीशहरूको टिप्पणी

संवैधानिक नियुक्तिको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई गम्भीर असर पुर्याएको पूर्वन्यायाधीशहरूको टिप्पणी

संवैधानिक निकायमा गरिएको ५२ पदाधिकारीको नियुक्तिलाई सदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति पूर्वन्यायाधीश फोरमले आपत्ति जनाएको छ।
रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

कुनै पनि समूहले चलाएको अभियानले अदालत प्रभावित नहुने बताए । ‘यो अभियानले न्यायालय प्रभावित हुँदैन। अदालतमा जे मुद्दा, कागज गएको छ नि, त्यतिमा सीमित रहन्छ। त्यसरी प्रभावित भयो...
खेलकुद क्षेत्रमा राजनीति गर्ने होइन, एनपीएल अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली

खेलकुद क्षेत्रमा राजनीति गर्ने होइन, एनपीएल अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली

‘नेपाल प्रिमियर लिग तपाईँहरुले आयोजना गर्नुपर्छ । तपाईँहरुले त्यसको तयारीमा लाग्नस् । त्यो खेलिनुपर्दछ, त्यो गर्वको विषय हो । त्यसकारण एनपिएल अगाडि बढाउने कुरामा मन्त्रालय, खेलकुद परिषद् र...

भर्खरै