नेभिगेशन
सबै कुरा

तनहुँसुरमा प्याराग्लाइडिङ सञ्चालनको तयारी

दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट परीक्षणको छ वर्षपछि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । विसं २०७५ चैतमा यहाँ प्याराग्लाइडिङ परीक्षण गरिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तनहुँसुरबाट टेकअफगरी सोही वडाको बेलटारीमा अवतरण गर्ने गरी प्याराग्लाइडिङ सञ्चालनका लागि सिफारिस माग गरेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । 

Ncell
Extreme Energy

व्यास नगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि वडा कार्यालयबाट सिफारिस भई विज्ञहरुबाट अनुसन्धान भएको ठाउँमा प्याराग्लाइडिङ गर्न उपयुक्त हुने भनी प्रतिवेदन आएकाले उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनका लागि स्थानीयसहितको बैठकले निर्णय गर्न भनिएको गैरेले बताए ।

व्यास नगरपालिका–११ का पूर्ववडाध्यक्ष निरबहादुर खड्काले लामो समयको प्रयासपछि अब यस ठाउँबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन हुन लागेको बताए । उनले भने, “मेरै कार्यकालमा यहाँ परीक्षणका रुपमा प्याराग्लाइडिङ गरिएको थियो । अब दर्तागरी सञ्चालनको तयारीमा पुगेका छौँ ।” उनले स्थानीयवासीको भेलागरी प्याराग्लाइडिङ सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए ।

वडाध्यक्ष दलबहादुर दुराले यस ठाउँमा प्याराग्लाइडिङ सञ्चालनले समग्र व्यास नगरपालिकाकै पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए। छ वर्ष अगाडि पोखरास्थित ‘टिम फाइभ’ प्याराग्लाइडिङ कम्पनीका राजु आचार्य, शङ्कर पराजुली र नारायण पराजुलीले उक्त ठाउँबाट प्याराग्लाइडिङ परीक्षण गरेका थिए । 

तनहुँ सदरमुकाम दमौलीबाट पृथ्वीराजमार्गको घाँसीकुवाबाट पाँच किलोमिटर र त्यहाँबाट तीन/चार किमिको दूरीमा यस ठाउँ पर्छ । यस ठाउँमा केही घरमा घरबास सञ्चालन भइरहेको छ । घरबाससँग जोडेर प्याराग्लाइडिङलाई सञ्चालन गर्न सकिए यस ठाउँको विकासमा टेवा पुग्ने स्थानीयवासी सञ्जय श्रेष्ठको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्दिर दर्शन गर्न आएकी महिलाको घाँटीबाटै  सुनको सिक्री लुट्ने पाँच जना पक्राउ

मन्दिर दर्शन गर्न आएकी महिलाको घाँटीबाटै  सुनको सिक्री लुट्ने पाँच जना पक्राउ

म्याग्दीमा गहना चोरी गर्ने बारा र पर्साका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै, मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक विदा

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै, मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक विदा

इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
६० दिनमा सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा

६० दिनमा सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा

यस वर्ष मनसुन सुरु भएयता ६० दिनमा देशभर सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा भएको छ।
दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ सदरमुकाम–बिहुँ खण्डको सडक कालोपत्र गर्ने काम ठेक्का सम्झौता भएको १० वर्ष पुग्दा पनि सम्पन्न हुन सकेको छैन।