नेभिगेशन
सबै कुरा

धुलिखेल सडकःहरेक दिन अवरुद्ध,कष्टकर यात्रा

काठमाडौँ । अरनिको राजमार्ग अन्र्तगत धुलिखेल–खावा सडक दैनिकजसो अबरुद्ध हुँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ ।

अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतीकोे काम समयमै सम्पन्न नहुदाँ हिलोका कारण सडक दैनिकजसो अबरुद्ध हुने गरेको छ ।

City Express

हिउँदमा धुलाम्मे र वर्षामा सडक हिलाम्मे हुदाँ यात्रुहरुले कष्टकर यात्रा गर्न बाध्य छन् । धुलिखेल–खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतीकोे कामको जिम्मेवारीको सम्हालेको निर्माण व्यवसायी गौरी–पार्वती निर्माण सेवा प्रा.लिले समयमै काम नसक्दा अहिले यो सडकमा विस्तार कार्य अलपत्र परेको हो ।

सडक खण्डको विस्तार र स्तरोन्नती कार्यका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायी गौरी–पार्वती निर्माण सेवा प्रा.लिबिच २२ महिनामा कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्ने थियो ।

४ किलो मिटर सडकखण्डमध्ये २ किमि सडक खण्डमा मात्रै निर्माण व्यवसायीले हालसम्म करिब ४० प्रतिशत कार्य सम्पन्न गरेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार, ४० प्रतिशत सम्पन्न भएको कार्य पनि पहिरोले बिगारेको हुनाले यसलाई फेरि दोहोर्यार गर्नुपर्ने देखिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैनः मन्त्री घिसिङ

लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैनः मन्त्री घिसिङ

नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटवार्तामा उनले काम नगरेर वर्षौंसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का तोडिने प्रष्ट पारेका हुन । उनले कुनै पनि निर्माण व्यवसायीप्रति...
जनश्रमदानबाट सडक मर्मत

जनश्रमदानबाट सडक मर्मत

कुनैपनि निकायबाट सहयोग नजुटेपछि स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका हुन् । मोदी गाउँपालिका–१, २ र ३ का बासिन्दाले श्रमदान गरेका हुन् । देउपुरस्थित कोरुङ्गा बनमामाथिबाट झरेको पहिरोले...
सात दिनपछि खुल्यो बागलुङ–सिगाना–बरेङ सडक

सात दिनपछि खुल्यो बागलुङ–सिगाना–बरेङ सडक

बागलुङ नगरपालिका–८ सिगानामा सडक माथिबाट खसेको ठूलो पहिरोले सडकसहित एउटा गोठ पुरेको थियो भने एक परिवार विस्थापित भएका छन् । चट्टानसहितको ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको थियो...
विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध

विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा...