नेभिगेशन
सबै कुरा

अनेरास्ववियुका कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटेको भन्दै नेविसंघले लगायो क्याम्पसमा ताला

उदयपुर । कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज कटारीमा कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । विभिन्न  माग पेश गदै नेविसंघले कटारीको कार्यालयमा तालावन्दी गरेको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय क्याम्पस रामपुर चितवनमा अनेरास्ववियुका कार्यकर्ताबाट नेविसंघका कार्यकर्ता कुटिएको घटनामा संलग्न लाई कारबाहीको माग गर्दै आज प्राकृतिक स्रोत व्यवस्थापन कलेज कटारीमा तालाबन्दी गरेको कटारी इकाई सभापति भोला केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

क्याम्पसको छात्रवासभित्र बसेको बेलामा नेविसंघ रामपुर इकाई समितिका निवर्तमान अध्यक्ष सुभम सिंह ठकुरी, निवर्तमान उपाध्यक्षद्वय अभिषेक ओली र शुसील क्षेत्री, वर्तमान सचिव प्रितम भण्डारी, कोषाध्यक्ष कमन दाहाल, विद्यार्थी नेता नरेश बस्नेत, जेनिश लामा लगायत विद्यार्थी नेता तथा कार्यकर्तामाथि कुटपिट भएको हो ।

उनीहरूलाई ज्यान मार्ने नियतले अनेरास्ववियुका कार्यकर्ताहरूले कुटेको नेविसंघले जनाएको छ । नेविसंघ सभापति भोला केसिले एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुमा आबद्ध सक्षम काफ्ले, महेश खड्का, विनोद भण्डारी, चिरन खनाल लगायतले फलामे रड, धारिलो हतियारहरू, दाउराको चिरपट, इट्टा तथा ढुङ्गा प्रयोग गरी सुनियोजित रूपमा मरणासन्न हुनेगरी गम्भीर घाइते बनाएको बताए । 

घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरी पीडितलाई न्याय र सुरक्षाको प्रत्याभूति गर्न गराउन  सरकारसँग नेविसंघले माग गरेको छ ।

ज्यान मार्ने उदेश्यले आक्रमण गर्नेलाई अविलम्व विश्वविद्यालय बाट निस्कासन गर्नुपर्ने र विद्यार्थी कल्याणकारी, रजिस्टार र संलग्न पदाधिकारीहरुले राजिनामा दिनुपर्ने  मागहरुको सुनुवाई नभएसम्म विश्वविद्यालय केन्द्रिय सम्पूर्ण आङ्गिक क्याम्पसहरु कृषि संकाय र वन विज्ञान संकायमा सम्पूर्ण प्रशासनिक ,शैक्षिक र परीक्षाका कामकाजहरु बन्द गर्ने विज्ञप्तिमा उल्लेख  छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

सोमबार केशरमहलस्थीत मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरुमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।...
त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

अनुसूचीसहित कुल १७९ पृष्ठको सो प्रतिवेदनले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गेअड्डा, पाटनलगायत काठमाडौँ उपत्यकाका २१ क्याम्पसको जग्गाको अवस्था, दुरूपयोग र उपयोगका लागि मन्त्रालयसहित सम्बद्ध निकायको भूमिका तथा...
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

बोर्डले नतिजा हेर्न IVR / SMS - USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको ४ बुँदे निर्देशन

सिटिइभीटीलाई शिक्षामन्त्री पुनको ४ बुँदे निर्देशन

परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्न निर्देशन दिएका हुन् ।