नेभिगेशन
सबै कुरा

अनेरास्ववियुका कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटेको भन्दै नेविसंघले लगायो क्याम्पसमा ताला

उदयपुर । कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज कटारीमा कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । विभिन्न  माग पेश गदै नेविसंघले कटारीको कार्यालयमा तालावन्दी गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय क्याम्पस रामपुर चितवनमा अनेरास्ववियुका कार्यकर्ताबाट नेविसंघका कार्यकर्ता कुटिएको घटनामा संलग्न लाई कारबाहीको माग गर्दै आज प्राकृतिक स्रोत व्यवस्थापन कलेज कटारीमा तालाबन्दी गरेको कटारी इकाई सभापति भोला केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Ncell
Extreme Energy

क्याम्पसको छात्रवासभित्र बसेको बेलामा नेविसंघ रामपुर इकाई समितिका निवर्तमान अध्यक्ष सुभम सिंह ठकुरी, निवर्तमान उपाध्यक्षद्वय अभिषेक ओली र शुसील क्षेत्री, वर्तमान सचिव प्रितम भण्डारी, कोषाध्यक्ष कमन दाहाल, विद्यार्थी नेता नरेश बस्नेत, जेनिश लामा लगायत विद्यार्थी नेता तथा कार्यकर्तामाथि कुटपिट भएको हो ।

उनीहरूलाई ज्यान मार्ने नियतले अनेरास्ववियुका कार्यकर्ताहरूले कुटेको नेविसंघले जनाएको छ । नेविसंघ सभापति भोला केसिले एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुमा आबद्ध सक्षम काफ्ले, महेश खड्का, विनोद भण्डारी, चिरन खनाल लगायतले फलामे रड, धारिलो हतियारहरू, दाउराको चिरपट, इट्टा तथा ढुङ्गा प्रयोग गरी सुनियोजित रूपमा मरणासन्न हुनेगरी गम्भीर घाइते बनाएको बताए । 

घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरी पीडितलाई न्याय र सुरक्षाको प्रत्याभूति गर्न गराउन  सरकारसँग नेविसंघले माग गरेको छ ।

ज्यान मार्ने उदेश्यले आक्रमण गर्नेलाई अविलम्व विश्वविद्यालय बाट निस्कासन गर्नुपर्ने र विद्यार्थी कल्याणकारी, रजिस्टार र संलग्न पदाधिकारीहरुले राजिनामा दिनुपर्ने  मागहरुको सुनुवाई नभएसम्म विश्वविद्यालय केन्द्रिय सम्पूर्ण आङ्गिक क्याम्पसहरु कृषि संकाय र वन विज्ञान संकायमा सम्पूर्ण प्रशासनिक ,शैक्षिक र परीक्षाका कामकाजहरु बन्द गर्ने विज्ञप्तिमा उल्लेख  छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान

पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान

विश्वविद्यालयका अनुसार कार्ययोजनामा संकायको SWOT विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा, स्रोत तथा बजेट र अनुगमन लगायतका विषय समेटिनुपर्नेछ।
अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता...
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...

भर्खरै