नेभिगेशन
सबै कुरा

रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फिर्ता गर्न पहल गर्छु– रुसका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहान

काठमाडौँ । रुसी महासङ्घका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहानले द्विपक्षीय सम्बन्ध बढाउने कुरा प्राथमिकतामा राख्ने बताएका छन् । उनले नेपालमा लगानी प्रवद्र्धन गर्ने, उल्लेख्य सङ्ख्यामा पर्यटक भित्र्याउने, दुई देशबीच कूटनीतिक सम्बन्ध प्रगाढ बनाउने, रुसी सेनामा भर्ती भएका नेपालीको स्वदेश फिर्ता तथा यसमा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गर्दै प्रस्तावित राजदूत चौहानले रुससँग केवल औपचारिक सम्बन्ध मात्र बनाइराख्ने अवस्थाबाट माथि उठेर लगानी तथा पर्यटन प्रवद्र्धन, सांस्कृतिक सम्बन्ध विकासलगायत क्षेत्रमा काम गर्ने बताएका हुन् । 

Ncell
Extreme Energy

रुसले नेपालको ऊर्जा, पर्यटन, कृषि, खेलकुदलगायत क्षेत्रमा लगानी गर्न चासो देखाइरहेको उल्लेख गर्दै प्रस्तावित राजदूत चौहानले त्यसलाई वास्तविकतामा बदल्नका लागि आफूले भूमिका खेल्नसक्ने दाबी गर्नुभयो । नेपालले आफ्नो असंलग्न परराष्ट्रनीतिलाई कायम राख्दै दुईपक्षीय हितका लागि विभिन्न क्षेत्रमा सहकार्य गर्नसक्ने उनको भनाई छ ।      

सडक, ऊर्जा, उद्योगलगायत पूर्वाधारका क्षेत्रमा रुसबाट लगानी भित्र्याउन सकिने सम्भावना रहेको पनि चौहानले उल्लेख गरे । रुसका नागरिकहरुले साहसिक पर्यटन निकै रुचाउने र नेपालमा यस्तो पर्यटनको निकै सम्भावना रहेको हुँदा त्यसबाट पनि नेपालले लाभ लिनसक्ने चौहानको भनाइ छ । 

त्यस्तै शैक्षिक क्षेत्रमा विभिन्न छात्रवृत्तिका कार्यक्रममार्फत रुसले नेपाली विद्यार्थी लैजाने गरेकामा पछिल्लो समय त्यस्तो सङ्ख्या घटेको उल्लेख गर्दै उनले त्यसलाई बढाउन सक्नेबारे आफूले पहल गर्ने पनि बताए । रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फिर्ता गर्ने र थप नेपाली त्यहाँ भर्ना हुनबाट रोक्नका लागि आफूले भूमिका खेल्नसक्ने पनि उनको दाबी छ । आफुलाई रसियन भाषाको राम्रो ज्ञान रहेका कारण रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फिर्ता गर्नका लागि अझ प्रभावकारी ढङ्गले काम गर्नसक्ने उनले बताए । 

रुसस्थित नेपाली दूतावासबाट उपलब्ध पछिल्लो विवरणअनुसार रुसी सेनामा भर्ती भएकामध्ये एक सय ७५ जना स्वदेश फिर्ता भइसकेका, सातजना युक्रेनमा युद्धबन्दीका रुपमा रहेका र ४३ जनाको मृत्यु भएको चौहानले बताए । मृत्यु भएकामध्ये पाँचजनाको डिएनए परीक्षण भइसकेको, होल्डिङ सेन्टरमा राखिएका बाँकी शव चिन्न नसकिने अवस्थामा रहेका र डिएनए परीक्षण भइरहेको उनको भनाइ छ । बिचौलियामार्फत र व्यक्तिगत सम्बन्धका आधारमा अवैध तरिकाले गएकाले रुसी सेनामा कति सङ्ख्यामा नेपाली छन् भन्ने यकिन हुन नसकेको पनि चौहानले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन् र सुधारको माग गरेका छन् ।