नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरपालिकाद्वारा पलेशालाई नगद पाँच लाखसहित सम्मान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु पाँच लाख नगदसहित सम्मान गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरपालिका कार्यालय काठमाडौँ प्लाजामा आज आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सम्मानपत्र तथा उपप्रमुख सुनिता डङ्गोलले पलेशालाई रु पाँच लाखको चेक हस्तान्तरण गरे । 

Marvel
Extreme Energy

सम्मान कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी, तेक्वान्दो एशोसिएशनका अध्यक्ष प्रकाश शमशेर राणा, ओलम्पियन सङ्गीना वैद्य, पलेशाका मातापिता पनिता र प्रदीप गोवर्धनसहित खेल क्षेत्रका पदाधिकारी तथा खेलाडी सहभागी थिए । 

पलेशाले गत शुक्रबार फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के–४४ विधा अन्तर्गत महिला ५७ किलो मुनिको तौल समूहमा कास्य पदक प्राप्त गरेकी थिइन् । उनले उक्त प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिकेभलाई १५–८ अङ्कले पराजित गरेकी थिइन । ओलम्पिकमा नेपाली खेलाडीले प्राप्त गरेको यो नै पहिलो पदक हो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रेस स्वतन्त्रतामाथि धावा बोल्न पाइँदैन : हर्क साम्पाङ

प्रेस स्वतन्त्रतामाथि धावा बोल्न पाइँदैन : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले प्रेस स्वतन्त्रतामाथि धावा बोल्न नपाइने बताएका छन् ।
एनपिएलमा आज दुई खेल : काठमाडौँविरुद्ध कर्णाली र सुदूरपश्चिमविरुद्ध चितवन खेल्दै

एनपिएलमा आज दुई खेल : काठमाडौँविरुद्ध कर्णाली र सुदूरपश्चिमविरुद्ध चितवन खेल्दै

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछ ।
जिशन अलाम कर्णाली याक्समा अनुबन्ध

जिशन अलाम कर्णाली याक्समा अनुबन्ध

कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि टेष्ट राष्ट्र बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ ।
भारतमा पराल जलाउँदा निस्किएको धुवाँ नेपाल भित्रिन सक्ने, वायु प्रदूषण बढ्ने जोखिम

भारतमा पराल जलाउँदा निस्किएको धुवाँ नेपाल भित्रिन सक्ने, वायु प्रदूषण बढ्ने जोखिम

उत्तरपश्चिम भारतमा वर्षा रोकिएसँगै खेतमा पराल जलाउने क्रम बढ्दा त्यसबाट निस्किएको धुवाँ देखिन थालेको छ ।