नेभिगेशन
सबै कुरा

पहिरोले कान्तिलोकपथ अवरुद्ध

बागमती । वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा आज पहिरो खस्दा  सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम भइरहेको उनले बताए । यसैबीच मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लिपुरस्थित राप्ती खोलाको बगरमा अलपत्र परेका चार जनालाई गएराति नेपाल प्रहरीले उद्धार गरेको छ । 

बगरमा घाँस काट्न गएका चारैजना राप्ती खोलामा आएको बाढीसँगै बगरको बीचमा अलपत्र परेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नेवारपानी, इलका प्रहरी कार्यालय मनहरी, बागमती प्रदेश विपत् व्यवस्थापन गुल्म थानाभ¥याङ, सशस्त्र प्रहरी बल १४ नम्बर गण मकवानपुर र नेपाली सेनाको सुपारेटार ब्यारेकबाट खटिएको संयुक्त टोलीले उनीहरुको उद्धार गरेको हो । टोली विभिन्न उपाय अपनाइएर बगरमा अलपत्र परेका चारैजनालाई सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन् र सुधारको माग गरेका छन् ।