नेभिगेशन
सबै कुरा

राजविराजको मुख्य सडकमै खाल्डाखुल्डी, दुर्घटनाको जोखिम

राजविराज । राजविराजस्थित रुपनी मोड नजिक रहेको सडक स्तरोन्नति नहुँदा आवतजावतमा समस्या भइरहेको छ । मुख्य बजारमै रहेको सडक जीर्ण भएर ठुल्ठूला खाल्डा परेका छन् तर मर्मत नहुँदा सास्ती भइरहेको स्थानीय र सवारी चालकले गुनसो गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

माइक्रोबस चालक सत्यदेव यादवले हुलाकी राजमार्गसमेत पर्ने उक्त सडकमा माटो र ग्राभेल हाल्दा वर्षाले हिलो हुने र फेरि खाल्डो पर्ने गरेकाले झनै समस्या हुने गरेको बताए। रुपनी मोडदेखि हनुमान मन्दिरसम्म वर्षायाममा मात्र नभइ अन्य समयमा पनि जीर्ण सडकका कारण दुर्घटनाको जोखिम रहेको उनको भनाइ छ ।  “उक्त ठाउँमा करिब एक सय मिटर सडक जीर्ण छ तर  मर्मतका लागि नगरपालिका र सडक विभागले चासो दिएको छैन”, यादवले भने ।

Ncell
Extreme Energy

यही बाटो भएर राजविराज काठमाडौँलगायत स्थानमा लामो तथा छोटो दूरीका बस सञ्चालन हुन्छन् । बस व्यवसायी विजय दास सडकको दूरावस्थाका कारण दैनिक साना–ठूला दुर्घटना हुने गरेको बताउँछन् । उक्त खण्ड तत्काल मर्मत तथा पुनःनिर्माण गरी आवागमन सहज बनाउन उनको आग्रह छ । 

राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत प्रविनले जीर्ण सडक मर्मतका लागि सहजीकरण गर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : महर्जन

फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : महर्जन

ललितपुर महानगरपालिकाका मेयर तथा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि संघीय सरकारले नै नेतृत्व लिनुपर्ने बताएका छन्।
जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

कालीगण्डकी नदीको कटानले पर्वत र बागलुङ जोड्ने मालढुङ्गास्थित कालीपुल जोखिममा परेको छ।
सुरु भयो जनैपूर्णिमा मेलाको तयारी

सुरु भयो जनैपूर्णिमा मेलाको तयारी

आउँदो भदौ १२ गते साउन शुक्ल पूर्णिमाका अवसरमा ललितपुरको कुम्भेश्वर–बंगलामुखीमा लाग्ने जनैपूर्णिमा मेलाको व्यवस्थापन तयारी सुरु भएको छ।
घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा

घुमारचोक र लप्सेका किसान इस्कुसखेतीमा रमाउन थालेको ३५ वर्ष नाघेको छ।