नेभिगेशन
सबै कुरा
हुलाकी राजमार्ग :

२ वर्षमा बन्नुपर्ने सडक ६ वर्षमा पनि नबनेको भन्दै जनप्रतिनिधिले नै गरे अनसनको घोषणा

पश्चिम नवलपरासी । आफ्नो पालिकाभित्र पर्ने निर्माणाधिन राजमार्गको काम समयमै नसकेको भन्दै पश्चिम नवलपरासीका जनप्रतिनिधिले नै आमरण अनसनको घोषणा गरेका छन् । जिल्लाको प्रतापपुर गाउँपालिका हुँदै गएको हुलाकी राजमार्गको काममा ढिलासुस्ती भएको भन्दै उक्त पालिकाका अध्यक्षसहित जनप्रतिनिधिले अनसनको घोषणा गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जनप्रतिनिधिहरुले भदौ २३ गतेदेखि आन्दोलनका कार्यक्रमहरु सुरु गरेका छन् । जसअन्तर्गत उनीहरुले २३ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना गर्दै ज्ञापनपत्र बुझाएका छन् । त्यस्तै २५ गतेदेखि २७ गते सम्म इलाका प्रसाशन कार्यालय अगाडि सम्पूर्ण गाँऊपालिकाका पदाधिकारीहरुको रिले अनसन बस्ने घोषणा गरिएको छ भने २८ गतेदेखि गाँऊपालिका अध्यक्ष उमेशचन्द्र यादव नै आमरण अनसनमा बस्ने कार्यक्रम रहेको घोषणा गरेका छन् । 

Ncell
Extreme Energy


प्रतापपुर गाँउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले आइतबार पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्षमै निर्माणकार्य सम्पन्न गनुपर्ने सम्झौता भएपनि हालसम्म कुनै प्रगति नभएको भन्दै आमरण अनसनको घोषणा गरेका हुन् । ‘हामीले गत आर्थिक वर्षमा नै हुलाकी राजमार्गको यस सडकखण्डको काम सक्नुपर्ने सम्झौता गरेका थियौँ । सोही अनुरुप जिल्ला प्रसाशनको कार्यालयमा संघीय सांसद सहितको वार्ता टोलीमा प्रतिबद्धता जनाएको ठेकेदारले अहिलेसम्म कुनै कामलाई अघि बढाएको छैन ।’, अध्यक्ष यादवले भने, ‘सरोकारवाला निकायसँगै बसेर पटक पटक सम्झौता गर्यौँ तर सम्झौता कार्यान्वयनमा ति निकायनै मौन देखिएपछि अनसन बस्नुपर्ने बाध्यता आयो ।’

संघीय सरकार मातहत रहेको सो सडक सरकारले बनाउन नसके स्थानीय तहलाई जिम्मा दिए आफूहरु ४ महिनामै बनाएर देखाइदिने भन्दै जनप्रतिनिधिहरुले चुनौती दिएका छन् । 

यस्ता छन् तीन बुँदे मागः

आन्दोलनरत जनप्रतिनिधिहरुले ३ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाएका ३ बुँदै माग यस्ता छन्ः

१. सडक निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनी तथा व्यवसायीलाई कारवाही गरिनुपर्ने

२. हुलाकी राजमार्ग ४ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने  

३. पालिकाभित्र पर्ने अलपत्र रहेका अन्य संघीय सरकार मातहतका सडकहरुको निर्माण तत्काल सम्पन्न गर्नुपर्ने

निर्माणको कामको जिम्मा पाएको वज्र महालक्ष्मी जेभी ललितपुरले २ वर्षमा काम सक्ने गरि ६ वर्ष अघि जिम्मा लिएको सो काम पटक पटक म्याद थप्दासमेत निर्माण सम्पन्न गरेका छैन । जसले स्थानीयहरु हिलो र धूलोको सास्ती खेपेर आवतजावत गर्न बाध्य छन् । सोही सास्तीविरुद्ध मौन सरकार र ठेकेदार कम्पनीविरुद्ध स्थानीय तहका जनप्रतिनिधिहरु उत्रिएका छन् । 

सम्बन्धित समाचार : 

हुलाकी राजमार्गको नवलपरासी खण्ड : ठेकेदारलाई गौरव, जनतालाई सास्ती

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

नेपाली सेनाले निर्माण गरेको एक्रो ब्रिज आज  गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ९ः२५ बजे सूचना जारी गर्दै बूढीगण्डकीमा जलसतह बढ्ने र घट्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।