नेभिगेशन
सबै कुरा

‘श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, गुणस्तर नै प्रमाणित नभएको तेलकोे उत्पादन र वितरण रोक्नुपर्छ’

काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भ्रामक प्रचार प्रसार गरेर जनता ठगी गर्ने श्री केश तेलको उत्पादन र वितरणमा रोक लगाउनु पर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

गुणस्तर प्रमाणका आधारहरु पेश गर्न नसकेको भन्दै काठमाडौँ महानगरपालिकाको अध्ययनले सो तेलमाथि २ लाख रुपैयाँ जरिवाना गर्दै थप काराबाही सिफारिस गरेपछि यो तेलको गुणस्तर विवाद चर्किएको हाे । 

यसै विषयमा सिधाकुरासँग कुरा गर्दै अध्यक्ष मर्हजनले मञ्चमा पनि तेलको गुणस्तरमाथि प्रश्न उठाउँदै कयौँ उजुरीहरु आएको बताए । आफूहरुकै उजुरीका आधारमा सो तेल माथि नियमक निकायले जरिवानासमेत तिराइसकेको उनको भनाई छ । नियमकबाट पटक पटक कारबाही भोगेको र गुणस्तरमा प्रशस्त आशंका रहेको सो तेल उत्पादन र वितरण पूर्णरुपले रोक लगाउनुपर्ने उनको माग छ । 

‘मञ्चसामू करिब ६ महिनाअघि श्री केशबारे उजुरी परेको र आफूहरुले  त्यसबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जानकारी गराएका थियौँ,’ अध्यक्ष महर्जनले भने, विभागले पनि तेललाई जरिवाना गराएको छ । अन्य निकायले पनि यो तेलमाथि कारबाही चलाएका छन् । यस्तो अवस्थामा यो तेलको उत्पादन र बिक्रि वितरणमा रोक लगाउनु पर्छ ।’ 

अध्यक्ष महर्जनले विवादित तेलको प्रचार प्रसारमा नेपालका अधिकांश राजनीतिक दलका नेता तथा कलाकारहरु संलग्न रहेका कारण उनीहरुमाथि समेत छानबिन हुनुपर्ने बताए । 

देशका उच्चपदस्थ नेतादेखि हाई प्रोफाइलका कलाकारसमेत प्रचार प्रसारमा संलग्न भएपनि यसको नियमन गर्ने सरकारी निकायले काम गनुपर्ने उनको भनाई छ । तर, तत्काल कारबाही गर्न नियमक निकाय किन चुप बसेको भन्ने कुराको अर्थ आफूले नबुझेको अध्यक्ष महर्जनले बताए । 

मञ्चका अध्यक्ष महर्जनसँग सिधाकुराले गरेको कुराकानीको सम्पादित अंश यस्तो छ :

यो श्री केश तेल कपालमा लगाउने प्रसोधन गरिएको तेल भनिएको छ । यो लगाउँदा कपाल झर्नबाट रोक्ने र कपाल झरेको टाउकोमा नयाँ कपाल उम्रिने दाबी गरिएको छ ।     

यो तेलको बारेमा राष्ट्रिय उपभोक्ता मञ्चमा गुनासो आएको करिब ६÷७ महिना भइसकेको थियो । त्यही बेलामै वाणिज्य विभागलाई अनुगमन गरि कारवाही गरि पाउँ भनी हामीले भनेका थियौँ । त्यस लगत्तै वाणिज्य विभागले अनुगमन पनि गर्यो । तर, अहिले काठमाडौँ महानगरपालिका र वाणिज्य विभागले बेग्लाबेग्लै समयमा गरेको अनुगमनले महानगरपालिकाले यसलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । 

त्यस्तै, वाणिज्य विभागले पनि ५० हजार रुपैँया जरिवाना गरेको अवस्था छ । हामीले पनि के भनेका थियौं भने यो तेलमा दाबी गरिएको समिश्रणहरु जुन मापदण्ड अनुसार हुनुपर्ने थियो त्यो होइन थिएन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत तेलको बारेमा मापदण्ड तोकेको छ ।

त्यो परिधि भित्र यो छ छैन भनेर कहिँ कतैबाट यसले प्रमाणित गर्न सकेको छैन । उत्पादकले एकोहोरो गुणस्तरीय भनी दाबी गरिएको  तेल स्वास्थ्य र उपभोग दुवै हिसाबले जोखिमपूर्ण छ । यसरी अनाधिकृत रुपमा जसरी उसले आफ्नो वस्तुको बारेमा दाबी गरेर आम उपभोत्ताको हित विपरित काम गर्दै आएको छ, त्यो नै उसको अपराध हो ।

श्री केशले गरिरहेको कार्य उपभोत्ता संरक्षण ऐन २०७५, खाद्य संस्था ऐन २०८१ र अन्य प्रचलित कानुनको हकमा पनि प्रतिकुल छ । अर्थात यी कानुनहरु उसले उल्लङ्घंन गरेको अवस्था छ । उसले सौन्दर्य प्रसोधनका लागि नियमनकारी निकायबाट स्विकृति लिनुपर्ने थियो । त्यस्तै, कम्पनीले उक्त तेलले टाउको दुखाईं समेत निको हुन्छ, कपाल कालो हुन्छ भन्ने दाबी समेत गर्दै आएको छ ।

त्यसो हो भने औषधी व्यवस्था विभागमा जानुपर्ने हो कि ? खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा जानु पर्ने हो कि ? वाणिज्य विभागमा जानु पर्ने हो कि ?, कहिँ न कहिँ उसले यो तेलको गुणस्तर प्रमाणीत गरेको हुनुपर्ने थियो, त्यो गरेकै पाइएन ।

जब उसले सरकार समक्ष गएर गुणस्तर नै प्रमाणित गरेको छैन भने उसले आफुले आफैँलाई यो तेल गुणस्तरिय छ भनेर उपभोत्तालाई ढाट्न पाइँदैन । उपभोत्ता संरक्षण ऐन २०७५ ले, ढाँटेर छलेर कसैले व्यापार गर्छ भने त्यो अपराध हो भनेर भनेको छ । त्यस्तो अपराध गरेको छ भनेर २ लाख रुपैयाँ त जरिवाना नै भयो र पटक पटक यो अपराध गरेको छ भने उसको उत्पादन ३ महिनाको लागि निलम्बन गर्न सकिन्छ अथवा त्यो उत्पादन ३ महिनाको लागि बन्द गराउन सकिन्छ । वितरणमा रोक लगाउन सकिन्छ । तर त्यो गरेको पाइएको छैन । मलाई अचम्म लागिरहेको छ जब २÷२ वटा नियमन निकायले कारवाहीको दायरामा ल्याइसकेपछि पनि सरकारी निकाय भने चुप लागेर बसेका छन् । 

अर्कातिर के छ भने, श्री केश तेलको विज्ञापन जुन बजारमा आइरहेको छ, त्यो विज्ञापन हेर्दा त यो कहीँ न कहीँ उपल्लो तहसम्म पहुँँच भएको व्यक्तिको संगतमा यो चलिरहेको छ । यो तेल जसले उत्पादन र वितरण गरिरहेको छ । त्यसको उठबस कहीँ न कहीँ माथिल्लो तहको व्यक्तिसँग छ वा भनौँ नेपालमा यस्ता तेलहरु जतिपनि बेच्न सक्छ्ु भनेर आँट गरेर आएको मान्छे यसको उत्पादक हुनुपर्छ । 

आम उपभोक्ताहरुलाई म भन्न चाहान्छु तपाईँहरु श्री केशको भ्रमित पार्ने विज्ञापनहरु हेरेर,उक्त वस्तु्को गुणस्तरीयता प्रमाणित नै नभएको कुरालाई नपत्याएर प्रयोग गर्नुभयो भने तपाईँहरुको पैसा त नास भयो भयो,स्वास्थ्यमा पनि ठूलो हानी हुुन सक्छ । त्यसमा तपाईँहरु सचेत हुनुहोला । 

हामी उपभोक्ता अधिकारकर्मीको त आवाज उठाउने, सचेत गराउने काम हो तर त्यतिले नपुगको अवस्थामा उपभोक्त पनि जाग्नु पर्छ । 

हामीले आवाज उठाउनुपर्ने ठाउँहरुमा आवाज उठाइसकेका छौँ । आवाज उठाएकै कारण कारबाहीको दायरामा आएको छ । कारबाही गरेपछि झन आक्रामक शैलीमा प्रचार प्रसार गर्ने गरेको देखिएको छ । त्यसमा यो देश सञ्चालन गर्ने, भद्र भलाद्मी, कलाकाकारहरु प्रचार प्रसारमा संलग्न भएका छन्, उनीहरुलाई लाज लाग्दैन ? कारबाहीमा परिसकेपछि यो विज्ञापनमा मेरो तस्विर छ, यो हटाइदिनुस भन्नु पर्दैन ? के कारणले हो त्यो भन्ने हिम्मत कसैले गनुै भएको छैन । हामीले त आफूहरुको भुमिका निर्वाह गरिसक्यौँ तर अन्य निकाय र व्यक्तिहरुले गर्नुपर्ने र निभाउनुपर्ने भुमिका निभाएको खै ? उत्पादन र वितरण रोकेको खै ? 

जिम्मेवार निकाय र जिम्मेवार पदाधिकारीहरुले त लाज पचाए, तर हामी उपभोक्ता अधिकारकर्मीहरु लाज पचाउँदैनौँ । कानुनी रुपमा जानुपर्दा हामी उपभोक्ता ऐन २०७५ अनुसार जानुपर्छ तर उपभोक्ता अदालत खै ? 

अर्को कुरा, यो विषयलाई लिएर अदालत जाउँ भने पनि हामीलाई समस्या छ । हामीलाई प्रमाण उपलब्ध गराइदिने भनेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले हो । तर, विभागले पनि हामीलाई प्रमाण उपलब्ध गराउँदैन । हामी कसरी के लिएर अदालत जाने । यो त नियामक निकायले गर्नुपर्यो, त्यो उसको जिम्मेवारी हो ।

सम्बन्धित समाचार :


‘श्री केश तेलको उत्पादन र बिक्री तत्काल रोक्नुपर्छ’



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तोलामा ३ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ३ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

मङ्गलबार प्रतितोला रु दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन बुधबारका लागि भने प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार हुनेगरी निर्धारण गरिएको छ ।
नेप्से परिसूचक छ दशमलव ५१ अङ्कको गिरावट

नेप्से परिसूचक छ दशमलव ५१ अङ्कको गिरावट

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६८ अङ्कले ओरालो लागेर ४६७ दशमलव ३७ मा सीमित भएको छ । कुल ३४६ कम्पनीको ७८ लाख १६ हजार...
सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँ

सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबार प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि दुई लाख ९५ हजार ३०० रुपैयाँ निर्धारण भएको छ...
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ५० अङ्कले उकालो लागेर चार सय ६८ दशमलव शून्य पाँचमा पुगेको छ । कुल तीन सय ३९ कम्पनीको...

भर्खरै