नेभिगेशन
सबै कुरा

स्पेन र श्रीलंकाका लागि प्रस्तावित राजदूतको सुनुवाई

काठमाडौँ । संसदीय सुनुवाइ समितिले स्पेन, श्रीलंका लगाएतका देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराई लगाएतका प्रस्तावित राजदूतको सुनुर्वाइ गरेको छ । सुनुवाईका क्रममा स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालले नेपाल र स्पेनका परराष्ट्र मन्त्रालयबचि नियमित रुपमा वार्ता र द्विपक्षीय संयन्त्रहरुलाई क्रियाशिल बनाउन पहल गर्ने बताए । 

Ncell
Extreme Energy

दुई देशको उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्ने, नेपालले संयुक्त राष्ट्रसंघमा वा अन्य अन्तराष्ट्रिय संघ संस्थामा उम्मेदवारी दिइएको अवस्थामा स्पेनको समर्थन जुटाउन प्रयास गर्ने उनले बताए । उनले समुद्रदेखि सगरमाथासम्म भन्ने अभियान सञ्चालन गर्दै बर्षेनी हजारौको संख्यामा पर्यटकहरु नेपालसम्म ल्याउन, नेपालका हिमशिखरहरुको प्रचार प्रसार गर्ने योजना सुनाए । नेपाली राजदूतावास म्याड्रिडबाट सहप्रमाणीत मुलुक माल्टासंग दुईपक्षीय हितका आधारमा सम्बन्ध अघि बढाउने उनको भनाइ छ ।  

त्यस्तै श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आर्थिक कुटनीतिलाई केन्द्रविन्दु बनाएर काम गर्ने बताउनुभयो । लुम्बिनीको विकासका लागि थप आर्थिक सहयोग जुटाउन समेत प्रयास गर्ने उनको भनाइ छ । भट्टराइले लुम्बिनी, काठमाडौं र कोलम्वोबीच  नियमित हवाई उडान सञ्चालनका लागि पहल गर्ने समेत बताए । 

सरकारले साउन १४ गते बिभिन्न १७ देशका लागि राजदूत सिफरिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...