नेभिगेशन
सबै कुरा

स्पेन र श्रीलंकाका लागि प्रस्तावित राजदूतको सुनुवाई

काठमाडौँ । संसदीय सुनुवाइ समितिले स्पेन, श्रीलंका लगाएतका देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराई लगाएतका प्रस्तावित राजदूतको सुनुर्वाइ गरेको छ । सुनुवाईका क्रममा स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालले नेपाल र स्पेनका परराष्ट्र मन्त्रालयबचि नियमित रुपमा वार्ता र द्विपक्षीय संयन्त्रहरुलाई क्रियाशिल बनाउन पहल गर्ने बताए । 

Ncell
Extreme Energy

दुई देशको उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्ने, नेपालले संयुक्त राष्ट्रसंघमा वा अन्य अन्तराष्ट्रिय संघ संस्थामा उम्मेदवारी दिइएको अवस्थामा स्पेनको समर्थन जुटाउन प्रयास गर्ने उनले बताए । उनले समुद्रदेखि सगरमाथासम्म भन्ने अभियान सञ्चालन गर्दै बर्षेनी हजारौको संख्यामा पर्यटकहरु नेपालसम्म ल्याउन, नेपालका हिमशिखरहरुको प्रचार प्रसार गर्ने योजना सुनाए । नेपाली राजदूतावास म्याड्रिडबाट सहप्रमाणीत मुलुक माल्टासंग दुईपक्षीय हितका आधारमा सम्बन्ध अघि बढाउने उनको भनाइ छ ।  

त्यस्तै श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आर्थिक कुटनीतिलाई केन्द्रविन्दु बनाएर काम गर्ने बताउनुभयो । लुम्बिनीको विकासका लागि थप आर्थिक सहयोग जुटाउन समेत प्रयास गर्ने उनको भनाइ छ । भट्टराइले लुम्बिनी, काठमाडौं र कोलम्वोबीच  नियमित हवाई उडान सञ्चालनका लागि पहल गर्ने समेत बताए । 

सरकारले साउन १४ गते बिभिन्न १७ देशका लागि राजदूत सिफरिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन् र सुधारको माग गरेका छन् ।
३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

शक्ति बाँडफाँटलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवाद सुल्झिएको नेताहरूले बताएका छन् ।