नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीले गरे मन्त्रीहरु र मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता, मासिक र चौमासिक मूल्याङ्कन हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारण गरेको लक्ष्य अनुसार काम गर्न संघीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार सिंहदरबारमा संघीय सरकारका मन्त्रीहरु र मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री ओलीले सुरुमा लक्ष्य निर्धारण गर्ने र त्यसअनुसार तोकिएको समयमा कार्यसम्पन्न गर्न निर्देशन दिए । कति समयमा कति काम गर्ने भन्ने कुराको लक्ष्य निर्धारण गर्न मन्त्रीहरूसँग कार्यसम्झौता गरेको ओलीले स्पष्ट पारे ।

Ncell
Extreme Energy

उनले जनताका बृहत्तर हितहरुमा, लोकतन्त्रको रक्षाका लागि, समाजमा शान्ति सुव्यवस्थाका लागि, देशमा सुशासन र समृद्धिको यात्रालाई गतिशीलताका साथ अगाडि बढाउनका लागि प्रतिवद्ध रहेको धारणा राखे । ओलीले बिस्तारै काम गर्ने विगतको अभ्यास भए पनि अहिले ढिलो गर्ने र विश्राम गर्ने सुविधा सरकारलाई नभएको बताए । एउटा मन्त्रालय र अर्को मन्त्रालय बिच समन्वय गरेर काम गर्न आग्रह गर्दै उहाले कुनै पनि कुरामा डुप्लिकेसन नगर्न सचेत गराए । 

त्यस्तै प्रधानमन्त्री ओलीले यसअघिका राम्रा र उपयुक्त काम र अनुभवलाई साथमा लिएर अघि बढ्न सुझाव दिए । कार्यसम्पादन सम्झौतामा मन्त्रालयहरुले आर्थिक वर्ष २०८१/८२ मा गर्नुपर्ने प्रमुख कामलाई समयसीमा समेत उल्लेख गरिएको छ । कार्यसम्पादन सम्झौता अनुसारको कामको मूल्याङ्न मासिक र चौमासिक रुपमा हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...