नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीले गरे मन्त्रीहरु र मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता, मासिक र चौमासिक मूल्याङ्कन हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारण गरेको लक्ष्य अनुसार काम गर्न संघीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार सिंहदरबारमा संघीय सरकारका मन्त्रीहरु र मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री ओलीले सुरुमा लक्ष्य निर्धारण गर्ने र त्यसअनुसार तोकिएको समयमा कार्यसम्पन्न गर्न निर्देशन दिए । कति समयमा कति काम गर्ने भन्ने कुराको लक्ष्य निर्धारण गर्न मन्त्रीहरूसँग कार्यसम्झौता गरेको ओलीले स्पष्ट पारे ।

Ncell
Extreme Energy

उनले जनताका बृहत्तर हितहरुमा, लोकतन्त्रको रक्षाका लागि, समाजमा शान्ति सुव्यवस्थाका लागि, देशमा सुशासन र समृद्धिको यात्रालाई गतिशीलताका साथ अगाडि बढाउनका लागि प्रतिवद्ध रहेको धारणा राखे । ओलीले बिस्तारै काम गर्ने विगतको अभ्यास भए पनि अहिले ढिलो गर्ने र विश्राम गर्ने सुविधा सरकारलाई नभएको बताए । एउटा मन्त्रालय र अर्को मन्त्रालय बिच समन्वय गरेर काम गर्न आग्रह गर्दै उहाले कुनै पनि कुरामा डुप्लिकेसन नगर्न सचेत गराए । 

त्यस्तै प्रधानमन्त्री ओलीले यसअघिका राम्रा र उपयुक्त काम र अनुभवलाई साथमा लिएर अघि बढ्न सुझाव दिए । कार्यसम्पादन सम्झौतामा मन्त्रालयहरुले आर्थिक वर्ष २०८१/८२ मा गर्नुपर्ने प्रमुख कामलाई समयसीमा समेत उल्लेख गरिएको छ । कार्यसम्पादन सम्झौता अनुसारको कामको मूल्याङ्न मासिक र चौमासिक रुपमा हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्याल सोमबारको प्रतिनिधिसभा बैठक सकिएपछि स्वास्थ्य परीक्षणको लागि महाराजगञ्जगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

यादवविरुद्ध भारत, बिहारको पश्चिम चम्पारण जिल्लास्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भूआर्जन कार्यालय, गण्डक योजनाका नेपालतर्फका भूआर्जन अधिकृत शोभित हलुवाईले २०८३ जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी...
राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले पार्टी निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि तीनै सांसदलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ।