नेभिगेशन
सबै कुरा

सापटी माग्दै पैसा नभएको चेक काट्थिन् ज्योति, घरमा आएका पीडितलाई हप्काउँथे धनराज

काठमाडाैँ । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको अगाडि पट्टी दोलखाकी सुष्मा राउत श्रेष्ठको फेन्सी पसल छ ।  सानो पसल सानै कमाइले घर व्यवहार चलाइरहेकी उनलाई एक दिन सहकारीकी प्रबन्धक ज्योति गुरुङले अत्यन्तै आवश्यक परेको भन्दै रकम सापटी मागिन । उनले ५ लाख रुपैयाँ सापटी मागेकी थिइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुरुमा राउतले छैन भन्दै टारिन् । तर, हरेक दिन आएर पैसा मागेको माग्यै गरेपछि उनले २०७६ मङ्सिरमा ४ लाख ४८ हजार रुपैयाँ सापटी दिइन् । 


वैदेशिक रोजगारीमा रहेका उनका भाइले जम्मा गर्न भनेर नेपाल पठाएको पैसा सुष्माले भाइलाई समेत नभनी सापटी दिएकी थिइन । सापटी रकम लिएपछि ज्योतिले एउटा चेक पनि दिइन । ज्योतिले आफू नेताको श्रीमती भएको, यत्ति ठूलो सहकारीको प्रबन्धक भएको भन्दै सापटी फिर्ता गर्नेमा आशङ्का नगर्न पटक पटक आग्रह गर्थिन् ।  तर, उनी पैसा खाएर फरार भइन् । 

‘रोजगारीका लागि मेरो कान्छो भाइ दुबई गएको थियो । उसले जम्मा गर्न भनेर मलाई पठाएको पैसा मैले उसको विश्वास गरेर भाइलाई समेत नसोधी दिएको थिएँ ।’, सुष्मा भन्छिन्, ‘पछि भाइ नेपाल आएर पैसा खोजेपछि दि नसक्दा भाइ र मेरोसमेत बोलचाल हरायो ।’

सुष्माका अनुसार सापटी लिएर गएकी ज्योतिले दिएको चेकमा ३ महिनाको समय थियो । पैसा दिन्छु भन्दा भन्दै चेक बाउन्स गर्ने समय पनि सक्कियो ।  उता भाइ नेपाल आएर पैसा खोज्यो । त्यसपछि माइती र घर दुवैतिर सुष्मा नराम्रो बनिन् ।


‘घरमा त कराइहाल्नु हुन्छ नि, त्यत्रो पैसा । सम्झियो भने पनि रुन मन लाग्छ । मैले विश्वास गरेर दिएको थिएँ तर पैसा दिनुभएन । के भन्ने ?’, सुष्मा भक्कानिन्छिन् । 

पैसा पाउने आशमा उनी पटक पटक घर खोज्दै ज्योति गुरुङको घर पुगिन् । तर, उनका पति धनराज र उनकी आमाले आफूहरूसँग ज्योतिको सम्बन्ध नरहेको बताउँदै फर्काएको उनको भनाई छ ।

०००

रामेछापका धनराज श्रेष्ठ परिवार दुई पछिल्लो २० वर्षदेखि ललितपुरको महालक्ष्मीस्थानमा व्यवसाय गर्दै आएका छन् । खाजा खाना बेचेर होटलबाट कमाएको थोरै रकम जम्मा गर्दै श्रेष्ठ परिवारले आफ्नो गर्जो टार्दै आएका थिए । खाजा होटलको पारी पट्टी रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाकी ज्योति गुरुङले धनराजको होटलमा खाजा खान्थिन् । उनीहरूको सम्बन्ध दिदीभाइको जस्तो बनेको थियो । 

सोही क्रममा २०७५ चैतमा ज्योति गुरुङ धनराजको होटल गएर जग्गा किन्नका लागि पैसा नपुगेको गुनासो गरिन् । धनराजसँग उनले १० लाख रुपैयाँ ऋण केही दिनका लागि दिन आग्रह गरिन् । धनराजले पनि ठूलो परिवारको मान्छे, त्यत्रो सहकारीको म्यानेजर, यति पैसामा के समस्या आइपर्ला र भनेर ज्योतिलाई ऋणको रुपमा नभई सापटीका रुपमा १० लाख थमाए ।

केही दिनमै दिन्छु भनेको पैसा एक महिनासम्म नदिएपछि धनराजले चेक मागे । सोहीअनुरूप ज्योति गुरुङले २०७६ बैशाखमा लक्ष्मी बैँकको चेक धनराजलाई दिइन् । तर, लामो समयसम्म त्यस खातामा पैसा नभएका कारण पैसा निकाल्न मिलेन । त्यो चेकको मिति सकियो ।

कहिले बिरामी भएको त कहिले आफैँलाई पैसाको आवश्यकता परेको भन्दै ज्योतिले धनराजलाई पुनः दोस्रो पटक नेपाल बङ्गलादेश बैँकको अर्को चेक काटिन् । २०७६ साउन २३ गतेको मिति राखेर दिइएको उक्त चेकको मिति सकियो तर पैसा आएन ।


दोस्रो चेकको मिति सकिएर बाउन्स गर्नुपर्ने मिति समेत सकिएपछि ज्योति धनराजसँगको सम्पर्कबाट अलग भइन् । आफू बिरामी परेर थाइल्यान्ड आएको बताउँदै भाइबरमा कुरा गर्ने ज्योतिले धनराजलाई ब्लक गरिन् । त्यसयता उनीहरूको सम्पर्क भएको छैन ।

‘भाइ प्लीज मैले जग्गा किनेको, पैसाले आवश्यकता पर्यो भनेर पटक पटक अनुरोध गर्नुभयो । त्यति ठूलो घरानाको मान्छे भएका कारण धोका हुन्न भन्ने सोचेर पैसा दिएको थिएँ ।’ धनराजले सिधाकुरासँग दुखेसो पोखे, ‘चेकको मिति नसकिउन्जेल त भाइबरबाट कुराकानी हुन्थ्यो, पैसा दिन्छु भन्नुभएका कारण विश्वास गरेर चेक बाउन्स पनि गरिएन । पछि त सम्पर्कबाटै हराउनुभयो ।’

सुरुमा पैसा आइहाल्ला भनेर कानुनी कारबाहीमा नगएका धनराज ५ वर्षयता पछुताएर बसेका छन् । विगत ५ वर्षदेखि ज्योतिसँग कुराकानी नै नभएको धनराज बताउँछन् । ‘माननीयको श्रीमती, यति ठूलो संस्थाको म्यानेजर, इज्जत भएको मान्छे सोचेर उजुरी दिएनौँ, चेक बाउन्स गरेनौँ ।’, धनराज भन्छन्, ‘मिति रहुन्जेल सम्पर्कमा भएकाले विश्वास थियो । मिति नै सकिएपछि त न चेक बाउन्स गर्न पाइयो, न कुनै आधारमा उजुरी । के गर्ने के गर्ने ।’

चेक नसाटिएपछि चेक बाउन्स गर्नुपर्छ भन्नेसमेत थाहा नभएकी सुष्मा र धनराजको सोझोपनको फाइदा उठाएर ज्योति ५ वर्षदेखि फरार छिन् । यता पीडितहरू भने त्यही चेकका चिर्कटो हेर्दै पुर्पुरोमा हात लगाएर बस्न बाध्य छन् ।


गत सोमबार ज्योति र  नेपाली कांग्रेसका उपसभापति एवम् स्याङ्जाबाट निर्वाचित सांसद धनराज गुरुङ सहकारी ठगीमा मुछिएको खबर सार्वजनिक भएको थियो । आफूहरूलाई ठगेकी ज्योतिको सहकारी प्रकरण बाहिरिएपछि अहिले उनीबाट ठगिएका पीडितहरू सङ्गठित भइरहेका छन् । ज्योति गुरुङलाई रकम सापटी दिँदा सांसद गुरुङ एकाघरमै रहेको तर रकम फिर्ता गर्न उनले कुनै पहल नगरेको पीडितहरूको आरोप छ । पटक पटक घरमा पुगेर रकम फिर्ता गरिदिन आग्रह गर्दा उल्टै सांसद गुरुङले हप्काएर पठाएको उनीहरु बताउँछन् ।

पूर्व कानुनमन्त्रीसमेत रहेका सांसद गुरुङले भने ज्योति गुरुङको कारोबारमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएकी छन् । सिधाकुरासँग सोमबार कुरा गर्दै नेता गुरुङले उनी आफ्नो पूर्व पत्नी भएको भन्दै यि सबै कुराको जिम्मेवारी उनी नै हुने बताएका थिए । ज्योति गुरुङसँग २०७६ फागुन २९ गते सम्बन्ध विच्छेद भएको सांसद गुरुङको दाबी छ । हाल ज्योति गुरुङ फरार छिन् । 

सम्बन्धित समाचार : 

‘सहकारी छानबिन समिति बनाएपछि धनराजले यो कुरा बाहिर नल्याइदिन तीन पटकसम्म घरमा छलफल गरे’ : कुम्भराज गुरुङ


सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुई तिहाइको ‘दम्भ’ भत्काउन दुई तिहाइ !

दुई तिहाइको ‘दम्भ’ भत्काउन दुई तिहाइ !

पछिल्ला ३ चुनावदेखि निरन्तर संसदमा रहिरहेका ओली सम्भवतः आगामी संसदमा देखिनै छैनन् । उनीमात्रै होइन, अघिल्लो संसदमा संख्या र संविधानका धाराहरुको दम्भ गर्ने थुप्रै पार्टीका थुप्रै नेता संसदमा...
मतगणनाको प्रारम्भिक रुझानः जनताले परिवर्तन खोजे, घण्टी रोजे

मतगणनाको प्रारम्भिक रुझानः जनताले परिवर्तन खोजे, घण्टी रोजे

विगतमा ठूला भनिएका दलहरुले जनतालाई दास सम्झिए, सत्तालाई पेवा ठाने अनि देशलाई बिर्ता । जनता न उनीहरुका दास हुन्, सत्ता न उनीहरुको पेवा हो अनि न देश उनीहरुको...
मतदान गरौं, यी तथ्य मनन् गरौं: कसैले चलखेल नगरुन्, मतदाताको विवेकमा अवरोध नहोस्

मतदान गरौं, यी तथ्य मनन् गरौं: कसैले चलखेल नगरुन्, मतदाताको विवेकमा अवरोध नहोस्

केही मतदाता अझै पनि कुन दल र कुन उम्मेदवारलाई भोट हाल्ने  निर्णयमा पुगिसकेका छैनन् । यसरी निर्णयमा पुगिनसकेका मतदातालाई विवेकपूर्ण निर्णय लिनकै लागि मतदानअघि ४८ घण्टाको मौन अवधि...