नेभिगेशन
सबै कुरा

काठमाडौंको नदी किनारको मापदण्डलाई राजनीतिक मुद्दा नबनाउः रास्वपा

काठमाडौं । काठमाडौका नदीतटीय क्षेत्रको मापदण्ड सम्बन्धी विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीले पुनरावलोकनको वैधानिक बाटो बाँकी नै रहेकाले राजनीतिक मुद्दा नबनाउन आग्रह गरेको छ । 

एक विज्ञप्ती जारी गर्दै रास्वपाले सर्वोच्चको फैसला पुनरावेदन गर्न वैधानिक बाटो बाँकी नै रहेकाले सरोकारवालासँग छलफल गरी संघीय र काठमाडौं उपत्यकाका स्थानीय तहको साझा धारणा बनाएर पुनरावलोकनका लागि आग्रह गर्नुपर्ने धारणा राखेको हो । 

City Express

साथै सर्वोच्चको फैसलालाई राजनीतिक मुद्दा बनाएर संघ र स्थानीय सरकारबीच द्वन्द्व ल्याउन खोज्नु गलत भएको  राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।  साथै सर्वोच्चको फैसलालाई लिएर नदी, खोला किनारका स्थानीयलाई त्रसित नबनाउन समेत रास्वपाले आग्रह गरेको छ । 

रास्वपाले संघ र स्थानीय सरहरको सहकार्यमा मात्रै नयाँ मापदण्ड निर्धारण, नयाँ सभ्यातासहित पानीको स्रोत, पुरातात्विक सम्पदा र क्षेत्रको संरक्षण हुन सक्ने गरी पुनरावलोकन गर्न सुझाव दिएको छ । 

विज्ञप्तीमा भनिएको छ ‘सर्वोच्च अदालतको फैसलालाई अनावश्यक राजनीतिक मुद्दा बनाउने प्रयासले विधिको शासन र लोकतन्त्रको मर्मलाई प्रहार गर्दै, अस्थिरता र अराजकताको पक्षलाई बल पुग्छ,’ 

साथै रास्वपाले सर्वोच्च अदालतको फैसलालाई अनावश्यक राजनीतिक मुद्धा बनाउने प्रयासले विधिको शासन र लोकतन्त्रको मर्मरलाई प्रहार गर्दै अस्थिरता र अराजकतको पक्षलाई बल पुग्ने तर्फ सजग रहनु पर्ने जनाएको छ । रास्वपाले भनेको छ, सर्वोच्च अदालतको फैसलालाई अनावश्यक राजनीतिक मुद्धा बनाउने प्रयासले विधिको शासन र लोकतन्त्रको मर्मरलाई प्रहार गर्दै अस्थिरता र अराजकतको पक्षलाई बल पुग्ने तर्फ सजग रहँदै नागरिकको सम्पत्ती , समाजको संस्कृती र मुलुकको सभ्यता संरक्षण गर्ने दायित्वप्रति सम्बद्ध निकाय तथा सरोकारवालाबिच सहकार्यका लागि अपिल गर्दछौँ । 

पुस ३ गते सर्वोच्च अदालतले बागमती र उपत्यकाका अन्य नदी किनारामा बसेकाहरुलाई अन्यत्र स्थानान्तण गरि नदी किनारमा २० मिटर छाड्ने मापदण्ड परिमार्जीत गरि थप २० मिटिर बढाउन परमादेश दिएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैनः अर्थमन्त्री

चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैनः अर्थमन्त्री

अर्थमन्त्री खनालका अनुसार सरकारले निर्वाचनका लागि विनियोजन भएर बाँकी भएको रकम पुनःनिर्माणमा लगाउने तयारी छ । सरकारको प्रमुख लक्ष्य नै निर्वाचन भएको र यसअघि तीन तहको चुनाव गराउन...
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता

सो अवसरमा  प्रधानमनन्त्रीले कार्कीले आगामी दिनमा व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा चीनबाट प्राप्त सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयका सहसचिव भृगु...
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उहाँहरुबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गरेकी...