नेभिगेशन
सबै कुरा

काठमाडौंको नदी किनारको मापदण्डलाई राजनीतिक मुद्दा नबनाउः रास्वपा

काठमाडौं । काठमाडौका नदीतटीय क्षेत्रको मापदण्ड सम्बन्धी विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीले पुनरावलोकनको वैधानिक बाटो बाँकी नै रहेकाले राजनीतिक मुद्दा नबनाउन आग्रह गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एक विज्ञप्ती जारी गर्दै रास्वपाले सर्वोच्चको फैसला पुनरावेदन गर्न वैधानिक बाटो बाँकी नै रहेकाले सरोकारवालासँग छलफल गरी संघीय र काठमाडौं उपत्यकाका स्थानीय तहको साझा धारणा बनाएर पुनरावलोकनका लागि आग्रह गर्नुपर्ने धारणा राखेको हो । 

Ncell
Extreme Energy

साथै सर्वोच्चको फैसलालाई राजनीतिक मुद्दा बनाएर संघ र स्थानीय सरकारबीच द्वन्द्व ल्याउन खोज्नु गलत भएको  राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।  साथै सर्वोच्चको फैसलालाई लिएर नदी, खोला किनारका स्थानीयलाई त्रसित नबनाउन समेत रास्वपाले आग्रह गरेको छ । 

रास्वपाले संघ र स्थानीय सरहरको सहकार्यमा मात्रै नयाँ मापदण्ड निर्धारण, नयाँ सभ्यातासहित पानीको स्रोत, पुरातात्विक सम्पदा र क्षेत्रको संरक्षण हुन सक्ने गरी पुनरावलोकन गर्न सुझाव दिएको छ । 

विज्ञप्तीमा भनिएको छ ‘सर्वोच्च अदालतको फैसलालाई अनावश्यक राजनीतिक मुद्दा बनाउने प्रयासले विधिको शासन र लोकतन्त्रको मर्मलाई प्रहार गर्दै, अस्थिरता र अराजकताको पक्षलाई बल पुग्छ,’ 

साथै रास्वपाले सर्वोच्च अदालतको फैसलालाई अनावश्यक राजनीतिक मुद्धा बनाउने प्रयासले विधिको शासन र लोकतन्त्रको मर्मरलाई प्रहार गर्दै अस्थिरता र अराजकतको पक्षलाई बल पुग्ने तर्फ सजग रहनु पर्ने जनाएको छ । रास्वपाले भनेको छ, सर्वोच्च अदालतको फैसलालाई अनावश्यक राजनीतिक मुद्धा बनाउने प्रयासले विधिको शासन र लोकतन्त्रको मर्मरलाई प्रहार गर्दै अस्थिरता र अराजकतको पक्षलाई बल पुग्ने तर्फ सजग रहँदै नागरिकको सम्पत्ती , समाजको संस्कृती र मुलुकको सभ्यता संरक्षण गर्ने दायित्वप्रति सम्बद्ध निकाय तथा सरोकारवालाबिच सहकार्यका लागि अपिल गर्दछौँ । 

पुस ३ गते सर्वोच्च अदालतले बागमती र उपत्यकाका अन्य नदी किनारामा बसेकाहरुलाई अन्यत्र स्थानान्तण गरि नदी किनारमा २० मिटर छाड्ने मापदण्ड परिमार्जीत गरि थप २० मिटिर बढाउन परमादेश दिएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्याल सोमबारको प्रतिनिधिसभा बैठक सकिएपछि स्वास्थ्य परीक्षणको लागि महाराजगञ्जगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

यादवविरुद्ध भारत, बिहारको पश्चिम चम्पारण जिल्लास्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भूआर्जन कार्यालय, गण्डक योजनाका नेपालतर्फका भूआर्जन अधिकृत शोभित हलुवाईले २०८३ जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी...
राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले पार्टी निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि तीनै सांसदलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ।