नेभिगेशन
सबै कुरा

कालीगण्डकी करिडोरः घरटहराको क्षतिपूर्ति वितरण

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडकका घरटहरा बापतको क्षतिपूर्ति रकम वितरण प्रारम्भ भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तेह्र किलोमिटर लामो सडक स्तरोन्नतिका क्रममा चार वर्षपछि क्षतिपूर्ति दिएर घरटहरा भत्काउन थालिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णुप्रसाद चापागाईँले ११ मिटर फराकिलो सडक बनाउन ६३ वटा घरटहराका धनीलाई क्षतिपूर्ति वितरण सुरु भएको जानकारी दिए ।

Ncell
Extreme Energy

जलजला गाउँपालिकाको ८, ७ र ४ नम्बर वडाको फर्से, लस्ती, केराबारी, मिलनचोक, मोहनचोक, लामाखेत क्षेत्रको घरटहरा भत्काउन लागिएको हो । क्षतिपूर्तिबापत रु ७९ लाख ७३ हजार राज्यकोषबाट खर्च हुने उनले जानकारी दिए । 

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत छ । कालोपत्र गर्न रु ५२ करोड ८६ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको छ । 

सडक फराकिलो, वर्षाको पानी निकासको व्यवस्थाका साथै र पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको छभने मालढुङ्गाबाट फर्सेसम्मको पाँच किलोमिटर खण्ड कालोपत्र गर्न ‘सबबेस’ बिछ्याएको छ । विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्सामा ‘कल्भर्ट’  निर्माण गरिएको छ । फर्सेबाट लामाखेत खण्डमा बाटो चौडा गर्ने, नाली र पर्खाल निर्माणको काम भइरहेको छ ।  

‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरला नाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्र गर्न लागिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कालीगण्डकी बाढीले २६६ मेगावाटका जलविद्युत् आयोजना प्रभावित, २१६ मेगावाट राष्ट्रिय प्रणाली बाहिर

कालीगण्डकी बाढीले २६६ मेगावाटका जलविद्युत् आयोजना प्रभावित, २१६ मेगावाट राष्ट्रिय प्रणाली बाहिर

हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको छ । निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा उपकरण,...
गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

गरिब तथा विपन्न नागरिकलाई आवास निर्माणका लागि संघीय सरकारबाट ५० हजार र प्रदेश सरकारबाट २५ हजार रुपैयाँ गरी कुल ७५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्था प्रस्ताव गरिएको छ।
काँकरभिट्टा–लौकही सडकको ५२ प्रतिशत कालोपत्र, चार महिनामा ९० प्रतिशत काम सक्ने लक्ष्य

काँकरभिट्टा–लौकही सडकको ५२ प्रतिशत कालोपत्र, चार महिनामा ९० प्रतिशत काम सक्ने लक्ष्य

पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तरराष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत सडक कालोपत्र भएको छ।
बाढीपहिरोले चार जिल्लाका मुख्य सडक अवरुद्ध

बाढीपहिरोले चार जिल्लाका मुख्य सडक अवरुद्ध

बाढीपहिरोका कारण रसुवा, मनाङ, म्याग्दी र हुम्लाका मुख्य सडकखण्ड अवरुद्ध भएका छन्।

भर्खरै