नेभिगेशन
सबै कुरा

सहकारी सम्बन्धी विशेष समितिको सुझावलाई कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको सुझावलाई सरकारले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा शनिबार साँझ बसेको सहकारी छानविन समिति बैठकमा उपस्थीत भएका प्रधानमन्त्री ओलीले सहकारी क्षेत्रलाई व्यवस्थीत गर्दै पिडितहरुलाई न्याय दिनका लागि समितिको सुझावलाई सरकारले कार्यान्वयन गर्ने बताए । 

Ncell
Extreme Energy

उनले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरु नडुब्ने र यसले कसैलाई नडुबाउने धारणा राखे । ओलीले सहकारीमा गैह्रसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरुको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताए । अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रुपमा संवैधानिक व्यवस्था गरिएकामा आफूहरुले अर्थतन्त्रको विकासमा सहकारीलाई महत्व दिएको उनले बताए । प्रधानमन्त्री ओलीले सरकार अनियमतता, बेथिति, ठगी, कीर्तेजस्ता गलत कामलाई नियन्त्रण गर्न सजग रहेको पनि स्पष्ट गरे । 

बैठकमा समिति संयोजक सूर्य थापाले समितिले हालसम्म गरेका कामकारवाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न संसदले जेठ १५ गते छानबिन समिति गठन गरेको थियो । समितिको तीनमहिनाको समयअवधि भदौँ २३ गते सकिएपनि सो समयमा प्रतिवेदन तयार हुन नसकेपछि प्रतिनिधिसभाले १५ दिनको म्याद थप गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...