नेभिगेशन
सबै कुरा

माओवादीले अडान कायमै राखेपछि सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । माओवादीले बैठक अवरुद्ध गर्ने अडान कायमै राखेपछि आजको संसद बैठक स्थगित भएको छ । आजको लागि तय भएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो । अर्को बैठक भोलि दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ ।

केही दिनअघि नेकपा एमाले सांसद योगेश भट्टराईले संसदमा प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द रेकर्डबाट हटाउनुपर्ने माग माओवादी केन्द्रका सांसदहरुले राखेका थिए । तर यसअघिको बैठकमा हिंसा शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने सभामुखको रुलिङसंगै माओवादीले विरोध जनाउँदै सदन अवरद्ध गरेको थियो । 

आज १ बजेका लागि तय भएको संसद बैठक बस्नुअघि सभामुख देवराज घिमिरले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकसंग छलफल गरेका थिए । संसद सचिवालय सिंहदरबारमा भएको छलफलका क्रममा सभामुख घिमिरेले सदनको गतिरोध हटाई सहज रुपमा सदनलाई अघि बढाउन आग्रह गरेका थिए । तर उक्त बैठक निष्कर्षबिहिन भएको थियो । 

त्यसपछि नेकपा माओवादी केन्द्रले ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म संसद बैठक चल्न नदिने अडान दोहोर्याएपछि  आजकौ बैठक स्थगित गरिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...