नेभिगेशन
सबै कुरा

माओवादीले अडान कायमै राखेपछि सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । माओवादीले बैठक अवरुद्ध गर्ने अडान कायमै राखेपछि आजको संसद बैठक स्थगित भएको छ । आजको लागि तय भएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो । अर्को बैठक भोलि दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केही दिनअघि नेकपा एमाले सांसद योगेश भट्टराईले संसदमा प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द रेकर्डबाट हटाउनुपर्ने माग माओवादी केन्द्रका सांसदहरुले राखेका थिए । तर यसअघिको बैठकमा हिंसा शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने सभामुखको रुलिङसंगै माओवादीले विरोध जनाउँदै सदन अवरद्ध गरेको थियो । 

Ncell
Extreme Energy

आज १ बजेका लागि तय भएको संसद बैठक बस्नुअघि सभामुख देवराज घिमिरले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकसंग छलफल गरेका थिए । संसद सचिवालय सिंहदरबारमा भएको छलफलका क्रममा सभामुख घिमिरेले सदनको गतिरोध हटाई सहज रुपमा सदनलाई अघि बढाउन आग्रह गरेका थिए । तर उक्त बैठक निष्कर्षबिहिन भएको थियो । 

त्यसपछि नेकपा माओवादी केन्द्रले ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म संसद बैठक चल्न नदिने अडान दोहोर्याएपछि  आजकौ बैठक स्थगित गरिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै