नेभिगेशन
समाज

विद्युत प्रवाहलाई प्रभावकारी, चुस्त र सेवामुखी बनाउन कर्मचारीलाई उर्जामन्त्रीको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडामा आयोजित आन्तरिक कार्यालयसम्बन्धी छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, ऊर्जा माग, लोड व्यवस्थापन, विद्युत चुहावट नियन्त्रण तथा पूर्वाधारको नियमित मर्मतसम्भारमा विशेष ध्यान दिन निर्देशन दिएका हुन् । 

Ncell
Extreme Energy

मन्त्री श्रेष्ठले प्राधिकरणको नेतृत्व उत्कृष्टताको आधारमा अघि बढिरहेको उल्लेख गर्दै विपद्का समयमा समेत विद्युत सेवा पुन ः सञ्चालनका लागि कर्मचारीले गरेको कामको प्रशंसा गरे । उनले सेवा सुधारको प्रयास सकारात्मक भए पनि अझै धेरै काम गर्न बाँकी रहेको धारणा राखे । 

मन्त्री श्रेष्ठले मौसमी खराबीका कारण विद्युत् अवरुद्ध वा ट्रिपिङ हुँदा ग्राहकहरूलाई समयमै सही सूचना प्रवाह गर्ने र वितरण कार्यालयहरूले तुरुन्त सम्बोधन गरी नागरिकप्रतिको उत्तरदायित्व बहन गर्नुपर्ने बताए । 

उनले हेटौँडा औद्योगिक क्षेत्रबाट ४० मेगावाटसम्म विद्युत्को प्रारम्भिक माग आएकोले सोको पूर्वतयारी र बक्यौता असुलीमा कडाइ गर्नुपर्ने धारणा राखे । 

हेटौँडा डिभिजन पूर्व–पश्चिम विद्युत् आदानप्रदानको प्रमुख हब र नेपालको ऊर्जा मेरुदण्ड बन्दै गएकाले सोही अनुसारको संरचनागत तयारी गर्नुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भूगर्भविद्को टोलीद्वारा म्याग्दी पहिरोको अध्ययन सुरु

भूगर्भविद्को टोलीद्वारा म्याग्दी पहिरोको अध्ययन सुरु

टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए ।...
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
सहकारीका ऋणीबाट ११ करोड कर्जा असुली

सहकारीका ऋणीबाट ११ करोड कर्जा असुली

चालु आवको असोज १५ गतेसम्म विभिन्न २७ वटा मुद्दाको मिलापत्र र फैसला कार्यान्वयनबाट कार्यालयले सहकारी संस्थाहरूको करिब रु ११ करोड कर्जा असुली गरेको कार्यालय प्रमुख अच्युत श्रेष्ठले जानकारी...