नेभिगेशन
सबै कुरा

‘अव्यवस्थित ग्रामीण सडकले गाउँको सुन्दरता बिगार्यो’

बागलुङ । स्थानीय तह स्थापना हुनुपूर्व बागलुङका अधिकांश गाउँमा सडकको पहुँच पुगेको थिएन। तर अहिले सडक नपुगेको बस्ती नै छैनन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गाउँ–गाउँसम्म सडक पुगेपछि नागरिकलाई सुविधा त दिएको छ, तर अव्यवस्थित रूपमा निर्माण भएका मोटर बाटोले कयौँलाई उठिबाससमेत लगाएको छ। बर्सेनि जिल्लाका १० वटै स्थानीय तहले सडक निर्माणका लागि करोडौँ रकम विनियोजन गर्दै आएका छन्। अग्ला–अग्ला पहाडको शिरमा रहेका बस्तीसम्म सडक पुर्‍याउँदा त्यसले पर्यावरणमा पर्ने असरका बारेमा भने कसैको ध्यान पुग्न सकेको छैन।

Ncell
Extreme Energy

स्थानीय तहले हिउँदका समयमा धमाधम सडक निर्माण गर्छन्। बर्खाको समय ती सडक बाढी र पहिरोले बगाउँदा ठूलो क्षति पुर्‍याउँदै आएको छ। गत साउन २२ गते बडिगाड गाउँपालिका–९ र १० का विभिन्न स्थानमा आएको बाढीपहिरोले ११ जनाको निधन भयो। धेरै  मानिस घाइते भए। करिब ८० घर विस्थापित हुनुपरेको छ।

गाउँमा पहिरो आउनु अव्यवस्थित सडक निर्माण भएको धेरैले आकलन गरेका छन्। बडिगाडमात्र नभएर निसीखोला गाउँपालिका–१ को हुल्दी गाउँ नै सात वर्ष अगाडिदेखि पहिरोको उच्च जोखिममा परेको छ। गाउँको अवस्था नबुझी जथाभावी सडक निर्माण गर्दा पहिरोले सिंगो गाउँले जोखिम मोलेर बस्नुपर्ने अवस्था छ।

जिल्लाको ढोरपाटन, जैमिनी, गलकोट, बागलुङ नगरपालिका, काठेखोला, तमानखोलासहित सबै पालिकामा यस वर्ष पहिरोले ठूलो क्षति गरेको छ। पहिरोले क्षति पुर्‍याएको अधिकांश स्थान मोटर बाटोको छेउछाउ रहेका छन्। बिना इन्जिनियरिङ निर्माण भएका सडकले गाउँघरको सुन्दरतालाई कुरुप बनाउनुका साथै पर्यावरणमा पनि नकरात्मक असर पुर्‍याएको छ।

अव्यवस्थित सडक निर्माण हुँदा पानीका मुहान सुक्ने र मौलिक सम्पदा मासिने गरेको गलकोटका प्रेमबहादुर खत्रीले बताए। हिउँदमा करोडौँ लगानी गरेर सडक निर्माण गर्ने तर बर्खामा सञ्चालन हुन नसक्ने अवस्था रहेको उनी बताउँछन्।

 “धेरैजसो स्थानीय तहले सबैभन्दा बढी बजेट सडक निर्माण खर्च गर्छन्, ती सडक गुणस्तरीय बन्न सकेका छैनन्, अझ गाउँमा निर्माण भएका सडक त बिनाइन्जिनियरिङ खनिएका छन्, बर्खामा गाउँबाट बजार झर्नुपर्यो भने हिँड्नुपर्छ, सबै सडक बन्द हुन्छन्, हिउँदमा मात्र चल्ने बर्खामा नचल्ने धेरै सडक अव्यवस्थित छन्,” उनले भने।

तमानखोलाका मकरबहादुर सिर्पालीले दुईरचार घर भएको ठाउँमा स्थानीय सरकारले लाखौँ रकम खर्च गरेर सडक पुर्‍याउने गरेको भन्दै त्यसले फाइदाभन्दा बढी बेफाइदा गरेको बताए। पालिकाभित्र करिब ५० भन्दा बढी सडक भएको तर बर्खामा कुनैमा पनि गाडी नचल्दा नागरिकले सास्ती खेप्नुपरेको उनको गुनासो छ।

उपभोक्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिनानापजाँच खनिएको हुँदा गाडी गुड्ने मोडिने घुम्तीसमेत नमिलेको हुने उनको भनाइ छ।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले ग्रामीण सडकलाई व्यवस्थित बनाउन थालेको बताए। विसं २०७३ अगाडि नै नगरपालिकाभित्र ३३० किलोमिटर ग्रामीण सडक निर्माण भएको र नगरपालिकाको स्थापनादेखि हालसम्म सात वर्षमा १५७ किलोमिटर नयाँ सडक निर्माण भएको भन्दै ती सबै सडकलाई व्यवस्थित बनाउन थालेको उनको भनाइ छ। नगरपालिकाभर नयाँ तथा पुराना गरी ४८७ किलोमिटर ग्रामीण सडक रहेको हुँदा नयाँ ट्रयाक खोल्न बन्द गरी पुरानालाई स्तरोन्नति गर्ने उनी बताउँछन्।

“जिल्लामा धेरै ठाउँ अव्यवस्थित सडक निर्माण गरियो, धेरै सडक बनाइयो भनेर गुनासो बढेको छ, तर हामीहरूले नागरिकको आवश्यतालाई मध्यनजर गरी सडक निर्माण गरेका छौँ, गलकोट क्षेत्रमा धेरै वर्ष अगाडिदेखि नै सडक खुल्न थालेका थिए, नगरपालिका स्थापना भएर जनप्रतिनिधि आएपछि सुरुका वर्षदेखि सडकमा लगानी पनि गरिएको थियो,” प्रवक्ता भण्डारीले भने, “अब करिब–करिब धेरै बस्तीमा सडक पुगिसकेको हुँदा नयाँ ट्रयाक नखोल्ने योजना बनाएका छौँ, अतिआवश्यक परेका ठाउँमा ट्रयाक खोल्नै परे खोलिने छ नत्र स्तरोन्नतिमा ध्यान दिनेछौँ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपत्यकाको यातायात सुधार्न अघि सारिएको गुरुयोजनामा केके छ?

उपत्यकाको यातायात सुधार्न अघि सारिएको गुरुयोजनामा केके छ?

ठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउने लक्ष्यसहित दीर्घकालीन यातायात गुरुयोजना सार्वजनिक गरिएको छ।
अब नारायणगढदेखि बुटवलसम्मको यात्रा दुई घण्टामै, यस्तो बन्यो ६ लेनको सडक

अब नारायणगढदेखि बुटवलसम्मको यात्रा दुई घण्टामै, यस्तो बन्यो ६ लेनको सडक

नारायणगढ–बुटवल सडक दुई लेनबाट चार लेनमा विस्तार गरिएको हो । बस्ती भएका ठाउँमा छ लेन बनाइएको छ ।
एक झर पानीमै जमल डुब्नुका यी हुन् कारण

एक झर पानीमै जमल डुब्नुका यी हुन् कारण

'पानी परेपछि जमलको बाटो पार गर्नै डर लाग्छ,' उनी भन्छन्, 'कहिलेकाहीँ स्कुटी नै पल्टिन्छ कि जस्तो हुन्छ । सार्वजनिक बसमा चढ्दा अत्यधिक भीड हुन्छ, आफ्नै स्कुटी चलाउँदा दुर्घटनाको...
नेपालले आफै उत्पादन गर्न थाल्यो बिजुलीका पोल, ऊर्जामन्त्री भन्छन्: आत्मनिर्भरतातर्फ महत्वपूर्ण पाइला

नेपालले आफै उत्पादन गर्न थाल्यो बिजुलीका पोल, ऊर्जामन्त्री भन्छन्: आत्मनिर्भरतातर्फ महत्वपूर्ण पाइला

नेपालले आफै बिजुलीका पोल उत्पादन गर्न थालेको छ ।

भर्खरै