नेभिगेशन
सबै कुरा

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

काठमाडौं । संवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन् । सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि सकिँदैछ ।

Marvel
Extreme Energy

न्याय परिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा वरिष्ठतम् न्यायाधीशमध्येबाट नाम सिफारिस गरेर संवैधानिक परिषद्मा पठाएको थियो । आज सिफारिस भावी प्रधानन्यायाधीश राउतलाई सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएर अनुमोदन गरेपछि राष्ट्रपति नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रधानमन्त्रीको अध्यक्षता बसेको बैठकमा प्रधान न्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सहभागी थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नगरपालिकाको भवन निर्माण गर्दा खसेको पहिरोले सात घर जोखिममा

नगरपालिकाको भवन निर्माण गर्दा खसेको पहिरोले सात घर जोखिममा

कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयका घर जोखिममा परेका छन् । पहिरोका कारण मान्म बजारको मुख्य सडकसमेत भासिएको छ ।
भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन् ।
मौसमविद भन्छन्– अर्नबको प्रभाव सकियो, तत्काल अर्को प्रणाली नेपाल आउने सम्भावना न्यून

मौसमविद भन्छन्– अर्नबको प्रभाव सकियो, तत्काल अर्को प्रणाली नेपाल आउने सम्भावना न्यून

चक्रवात ‘अर्नब’को प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव भने अझै केही समय रहने मौसमविद् बिनोद पोखरेलले बताएका छन् ।
भेनेजुएलाको सैन्य आक्रमणमा नौ कोलम्बियाली विद्रोही मारिएको दाबी

भेनेजुएलाको सैन्य आक्रमणमा नौ कोलम्बियाली विद्रोही मारिएको दाबी

भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको शिविरमा आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको एक गैरसरकारी संस्थाले जनाएको छ ।