नेभिगेशन
सबै कुरा
रवि लामिछानेबारे छानबिन प्रतिवेदन:

‘सहकारीहरुबाट गोरखा मिडियामा रकम ल्याउने सम्पूर्ण प्रक्रियामा रविको संलग्नता पुष्टि हुने कागजात, प्रमाण भेटिएन तर कारबाही सिफारिस...’

काठमाडौँ । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले सहकारीको रकम ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वमन्त्री रवि लामिछाने संलग्न नरहेको प्रतिवेदन तयार गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार समितिको तर्फबाट सभापति सूर्यबहादुर थापाले संसदमा यो सम्बन्धि प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदनमा विभिन्न सहकारीहरुबाट ६५ हरोड रुपैयाँ हाराहारी रकम गोरखा मिडिया नेटवर्क प्रालीमा गैह्र कानुनी ढंगबाट गएको तर सो रकम गोरखा मिडियामा आउने प्रक्रियामा रवि लामिछाने संलग्नता पुष्टी हुने कुनै प्रमाण नभेटिएको उल्लेख छ । 

Ncell
Extreme Energy

सहकारीको रकम नेटवर्कमा आइसकेपछि भने त्यस कम्पनीको प्रबन्ध निर्देशकको रुपमा परिचालन र खर्च प्रक्रियामा रवि लामिछाने संलग्न रहेको भन्दै प्रतिवेदनमा टेलिभिजनका सञ्चालकहरुलाई कारबाही गर्न सरकारलाई सिफारिस गरिएको छ । 

प्रतिवेदनको कार्यदिशा चारमा समितिको निष्कर्ष खण्डमा तेस्रो बुँदामा भनिएको छ, ‘गोरखा मिडिया नेटवर्क प्रा.लीका तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेले सोधपुछका क्रममा सहकारीहरुबाट कम्पनीमा रकम आएको सम्बन्धमा आफूलाई जानकारी नभएको र सो सम्बन्धमा गितेन्द्रबाबु राईलाई थाहा हुने उल्लेख गर्नु भएको देखिन्छ । अर्को तत्कालिन सञ्चालक छबिलाल जोशीले रकम आएको सम्बन्धमा गितेन्द्रबाबु राई वा रवि लामिछानेलाई थाहा हुने उल्लेख गर्नु भएको छ ।

तर, उक्त समयका प्रा.लि.को आन्तरिक प्रशासन सञ्चालनमा  आफ्नो भूमिका रहेको कुरा रवि लामिछानेले समितिमा खुलाउनु भएको र सो समयमा निजले सम्पादन गरेका कामहरुको विवरणबाट समेत देखिन्छ  । सहकारी संस्थाबाट रकम गोरखा मिडिया नेटवर्कमा आउने प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टी हुने कुनै कागजात प्रमाण रहेको नभेटिएता पनि सो रकम गोरखा मिडियामा आइसकेपछि सोको परिचालन र खर्च प्रक्रियामा उहाँको सहभागिता देखिन्छ ।’ 

प्रतिवेदनमा समितिले लामिछानेले सहकारीबाट रकम अपचलन गरेर ल्याउन भूमिका नभएको भन्दै कारबाही सिफारिस गरेको छ ।  शेयर सदस्यको हैसियतमा रहेको व्यक्ति उक्त रकमको परिचालनमा संलग्न रहेकै कारण जिम्मेवार रहनु पर्ने भन्दै समितिले प्रतिवेदनको सुझाव तथा सिफारिस खण्डमा टिभीका अध्यक्ष राईसहित सबै सञ्चालकलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ। 

‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन्। शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन । खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छ्न्, त्यसवापत दायित्व ग्रहण ग्रहण गर्नु पर्दछ ।


सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने’ प्रतिवेदनमा भनिएको छ । 

संसदमा प्रतिवेदन पेश भएपछि प्रतिक्रिया दिंदै रास्वपा सभापति लामिछानेले आफू सहकारी ठगीमा संलग्न नरहेको र सफाई पाएको प्रतिक्रिया दिएका छन् । 

‘सहकारीको रकम गलत ढंगबाट आफैं संलग्न भएर ल्याएर अपचलन गरेको भन्ने विषय चिरिएको छ,’ सभापति लामिछानेले भने,‘संस्थाका अन्य सञ्चालकले ल्याएको ऋण रकमको सन्दर्भमा आफूले प्राप्त जिम्मवारीमा बसेर तलब र खर्चको चेक मैले काटेकै हो । ’ उनले सहकारीको रकम ठगी गर्न निवेदन लिएर गएको भन्दै प्रमाण छ भन्नेहरुलाई सो प्रमाण पेश गर्न पनि चुनौती दिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस महाधिवेशन रोक्न देउवा र खड्काको रिट

कांग्रेस महाधिवेशन रोक्न देउवा र खड्काको रिट

आधिकारिकतासम्बन्धी मुद्दा पुनरवलोकनका क्रममा रहेकाले तत्कालका लागि महाधिवेशनका सबै प्रक्रिया रोक्न रिटमा माग गरिएको छ ।
परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपालले सर्बियाको बेलग्रेडमा असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभामा सहभागिता जनाउने

परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपालले सर्बियाको बेलग्रेडमा असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभामा सहभागिता जनाउने

सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो। पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो । परराष्ट्र...
मधेश झर्दै सभापति लामिछाने, नेताहरुलाई देशव्यापी खटाउने

मधेश झर्दै सभापति लामिछाने, नेताहरुलाई देशव्यापी खटाउने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मधेश प्रदेशको यात्रामा निस्किने तयारीमा जुटेका छन् ।
पार्टीका केन्द्रीय सदस्य र सांसदलाई सभापति लामिछानेले भनेका सात कुरा

पार्टीका केन्द्रीय सदस्य र सांसदलाई सभापति लामिछानेले भनेका सात कुरा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार केन्द्रीय सदस्यहरुका लागि आयोजित प्रशिक्षणलाई सम्बोधन गरे ।