नेभिगेशन
सबै कुरा

रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला (तस्विरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय परिषद्को राष्ट्रिय भेला सुरु भएको छ । आज र भोलि काठमाडौँको प्रज्ञाभवन कमलादीमा हुने भेलामा देशभरबाट एक हजार ५०० प्रतिनिधि सहभागी हुँदैछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय भेलाको शुभारम्भ पार्टी सभापति रवि लामिछानेले गरेका छन् । आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ । आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेस गरिनेछ । आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ । 

Ncell
Extreme Energy

भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपराह्न सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि नै सकिनेछ । 

भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको छ ।  राष्ट्रिय भेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन रास्वपाले पार्टी पङ्क्तिलाई आग्रह गरेको छ । पार्टीलाई थप सुदृढ र जनपक्षीय बनाउन भेला सफल हुने नेताहरुले विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उदयपुरमा अटो र बस ठोक्किँदा मृत्यु हुनेको संख्या तीन पुग्यो

उदयपुरमा अटो र बस ठोक्किँदा मृत्यु हुनेको संख्या तीन पुग्यो

उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र बस आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी परे पक्राउ

बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी परे पक्राउ

बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।
भदौ मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्न जनमत पार्टीको निर्देशन

भदौ मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्न जनमत पार्टीको निर्देशन

जनमत पार्टीले आगामी दोस्रो महाधिवेशनलाई लक्षित गर्दै पार्टीका सम्पूर्ण वडा तथा पालिका अधिवेशनको विवरण भदौ २१ गतेभित्र केन्द्रीय सचिवालयमा पठाउन निर्देशन दिएको छ।
उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को।१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ...