नेभिगेशन
सबै कुरा

राजेन्द्र महतो गरे राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीकाे घाेषणा

काठमाडाैँ । बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको घोषणा गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबारबाट काठमाडौंमा सुरु राष्ट्रिय मुक्ति क्रान्तिको राष्ट्रिय समिति बैठकमा महतोले सम्पूर्ण उत्पीडनमा परेका नागरिकको अधिकारको लडाईका लागि राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पाटीको जन्म भएको घोषणा गरे ।

Marvel
Extreme Energy

उनले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीले देशमा बहुलराष्ट्रिय राज्य स्थापना गरेरै छाड्ने दावी गरे । राष्ट्रिय मुक्ति क्रान्ति नेपालले देशको बिभिन्न संस्कृतिहरुको रक्षा गर्दै आर्थिक अवस्था सुधार गर्नका लागि पनि आवश्यक योजना तय गर्ने उनले बताए ।

महतोले लोकतन्त्रमा पनि आफ्नो अधिकार र पहिचान पाउन नसकेका कारण सवैलाई समेटेर राष्ट्रिय मुक्ति क्रान्ति बनाउनुपरेको धारणा राखे । अहिले पनि अधिकार प्राप्तिको लडाईका लागि एक हुन खोज्दा राज्यले एक हुन नदिएको उनको भनाइ छ । 

तीन दिन सम्म चल्ने बैठकमा आगामी रणनीति तथा पार्टी निर्माण, समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय मुक्ति क्रान्ति लगाएतका एजेण्डामा छलफल हुने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नगरपालिकाको भवन निर्माण गर्दा खसेको पहिरोले सात घर जोखिममा

नगरपालिकाको भवन निर्माण गर्दा खसेको पहिरोले सात घर जोखिममा

कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयका घर जोखिममा परेका छन् । पहिरोका कारण मान्म बजारको मुख्य सडकसमेत भासिएको छ ।
भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन् ।
मौसमविद भन्छन्– अर्नबको प्रभाव सकियो, तत्काल अर्को प्रणाली नेपाल आउने सम्भावना न्यून

मौसमविद भन्छन्– अर्नबको प्रभाव सकियो, तत्काल अर्को प्रणाली नेपाल आउने सम्भावना न्यून

चक्रवात ‘अर्नब’को प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव भने अझै केही समय रहने मौसमविद् बिनोद पोखरेलले बताएका छन् ।
भेनेजुएलाको सैन्य आक्रमणमा नौ कोलम्बियाली विद्रोही मारिएको दाबी

भेनेजुएलाको सैन्य आक्रमणमा नौ कोलम्बियाली विद्रोही मारिएको दाबी

भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको शिविरमा आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको एक गैरसरकारी संस्थाले जनाएको छ ।