नेभिगेशन
सबै कुरा

१७ देशका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम संसदीय समितिबाट अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले बिभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम बहुमतले अनुमोदन गरिएको समिति सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् । शैक्षिक योग्यताको प्रमाणपत्रको विषयमा प्रश्न उठेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन नगरिएको उनले बताइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनको शैक्षिक योग्यताको प्रमाणपत्र आएपछि अर्को बैठकमा थप छलफल गर्ने सभापति न्यौपानेले बताइन् । राजदूतको नाम अनुमोदन गर्दा बिभिन्न दलका समिति सदस्यहरुको फरक–फरक मत आएपछि सर्वसम्मत भने हुने सकेन ।

Ncell
Extreme Energy

बैठकमा रास्वपा सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ र मलेशियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिनाका बिषयमा र जसपा नेपालका सांसद प्रकाश अधिकारीले भारतकालागि प्रस्तावित राजदूत शंकर शर्माका साथै पण्डित, श्रेष्ठ र तिम्सिनामाथि फरक मत दर्ज गराएको सभापति न्यौपानेले जानकारी दिइन् ।

यस्तै बैठकले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र अन्य दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल उपर सार्वजनिक उजुरी आह्वान गर्ने गर्ने निर्णय गरिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताइन् । 

संविधान अनुसार सिफारिस भएकाहरुको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मधेश झर्दै सभापति लामिछाने, नेताहरुलाई देशव्यापी खटाउने

मधेश झर्दै सभापति लामिछाने, नेताहरुलाई देशव्यापी खटाउने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मधेश प्रदेशको यात्रामा निस्किने तयारीमा जुटेका छन् ।
पार्टीका केन्द्रीय सदस्य र सांसदलाई सभापति लामिछानेले भनेका सात कुरा

पार्टीका केन्द्रीय सदस्य र सांसदलाई सभापति लामिछानेले भनेका सात कुरा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार केन्द्रीय सदस्यहरुका लागि आयोजित प्रशिक्षणलाई सम्बोधन गरे ।
पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

त्यसभन्दा अघि पनि राज्यका निकायमा बसेकाहरूले पासपोर्ट दुरूपयोग गरेको घटना सार्वजनिक नभएको होइन । कतिले सफाइ पाए, कतिले अझै मुद्दा खेपिरहेका छन् । सरकारले दुरुपयोगमा कठोर बन्ने गरी...
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।

भर्खरै