नेभिगेशन
सबै कुरा

झण्डा फेर्ने ठेक्का मेयरका ज्वाइँलाई, ४ हजारको झण्डा ३५ हजारमा खरिद

वीरगंज । वीरगंज महानगरपालिकाका विभिन्न सार्वजनिक स्थानमा लगाइएको राष्ट्रिय झण्डा खरिदमा अनियमितता गरेको भेटिएको छ । नेपाल भारतको प्रवेश बिन्दु शंकराचार्यद्वार र शहीद तेजबहादुर अमात्यको शालीक परिसरमा फहराइएको राष्ट्रिय झण्डा खरिदमा अनियमितता भएको पाइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राप्त विवरणअनुसार महानगरको आन्तरिक बजेटबाट खर्च गरेर फहराइएको झण्डा बजारमा पाइने चलन चल्तीको मूल्य भन्दा १० औँ गुणा महँगोमा किनिएको भेटिएको छ । अचम्मचै के छ भने झण्डा फर्ने जिम्मा पाएको कम्पनी मेयर राजेशमान सिंहको बहिनी ज्वाईंको नाममा रहेको खुलेको छ । 

Marvel
Extreme Energy

नेपाल भारत प्रवेशद्धार शंकराचार्य द्वारमा लगाइएको १६ फिटको झण्डा फेर्न महानगरबाट पटक पटक खरिद आदेश जारी भएको भेटिएको छ । जसमा एउटा झण्डाको खरिद मूल्य ३५ हजार रुपैयाँ तोकिएको छ । तर, बजारमा यस्तो झण्डा ३ हजार ५ सय देखि ४ हजार रुपैयाँमा पाइने स्थानीयहरु बताउँछन् । 


‘झण्डा खरिदमा अनियमितता भएको छ,’ एक स्थानीय भन्छन्,‘बजार मूल्य भन्दा निकै महँगोमा खरिद भएको झण्डाबारे कोही बोल्न समेत सकिरहेका छैनन् ।’ 

सिधाकुरालाई प्राप्त विवरणअनुसार झण्डा फेर्ने जिम्मा पाएको कम्पनीमा मेयर सिंहका बहिनी ज्वाइँ नाता पर्ने राजेश थापा र शोभा थापा सञ्चालक रहेका छन् । उनीहरुको एस एण्ड जी सप्लायर्सबाट गत वर्ष देखी झण्डा फेरिदैँ आइएको छ । 

एस.एण्ड जी सप्लायर्सले २०८० भदौ १८ गते देखि झण्डा फेर्ने ठेक्का पाएको देखिन्छ । सिधाकुरालाई प्राप्त कागजातमा ३५ हजारका दरले झण्डा फेर्ने खरिद आदेश जारी भएको खुल्छ । 

सामान्यत एक लाख भन्दा बढीको समान खरिद गर्दा तीन वटा फर्मको कोटेसन मगाएर प्रतिस्पर्धा गराउनु पर्छ । तर,  मेयर सिंहको नातेदार भएकै कारण प्रतिस्पर्धा नगराइएको महानगरका कर्मचारीहरुको आरोप छ । कम्पनीले एक वर्षमा २७ वटा सम्म झण्डा फेरेको बिल बनाएको महानगर स्रोत बताउँछ । ‘एक वर्षमा झण्डा खरिदका लागि महानगरबाट ९ लाख ४५ हजारको खरिद अनुमति जारी भएको छ,’ महानगर स्रोत भन्छ, ‘यो रकमको एक तिहामई पनि झण्डाका लागि खर्च नभएको हुनसक्छ र त्यो अनियमितता हो ।’ 

झण्डा खरिदबारे कुरा गर्न सम्पर्क गर्दा एस.एण्ड जी सप्लायर्सका सञ्चालक राजेश थापा सम्पर्कमा आउन चाहेनन् । यता महानगरका मेयर राजेशमान सिंहको भने दुवै मोबाइल अफ थियो । पटक पटक फोन सम्पर्क गर्दा पनि उनीसँग कुरा हुन सकेन । मेयरको सचिवालयकाअनुसार उनी काठमाडौँमा छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

अन्नपूर्ण–५ का धोस्केखोर, किन्दु, झारवाङ र घिरवाङमा ४५ घर छन् । पोखरा, काठमाडौँलगायत सहरमा बसाइँ सरेका परिवारबाहेक ३५ घरपरिवार गाउँमै बसोबास गर्थे । गत असोज ८ देखि ११...
राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

अस्पतालमा सिटीस्क्यान सेवाको पनि अभाव छ । उक्त उपकरण बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, त्यसको मर्मत हुन सकेको छैन । मर्मत खर्च निकै महँगो भएकाले...
जापानमा बढ्याे बेरोजगारी

जापानमा बढ्याे बेरोजगारी

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार पुगेको छ...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...