नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभामा ‘कोही पनि पछाडि नछोडिने स् वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषयमा असोज १० गते सम्बोधन गर्ने  छन् । 

Ncell
Extreme Energy

प्रधानमन्त्री ओलीले असोज ७ गते कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा सम्बोधन गर्ने छन् भने असोज ८ गते महासभाको साधारण बहसको उदघाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्य स् सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयको कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मधेश झर्दै सभापति लामिछाने, नेताहरुलाई देशव्यापी खटाउने

मधेश झर्दै सभापति लामिछाने, नेताहरुलाई देशव्यापी खटाउने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मधेश प्रदेशको यात्रामा निस्किने तयारीमा जुटेका छन् ।
पार्टीका केन्द्रीय सदस्य र सांसदलाई सभापति लामिछानेले भनेका सात कुरा

पार्टीका केन्द्रीय सदस्य र सांसदलाई सभापति लामिछानेले भनेका सात कुरा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार केन्द्रीय सदस्यहरुका लागि आयोजित प्रशिक्षणलाई सम्बोधन गरे ।
पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

त्यसभन्दा अघि पनि राज्यका निकायमा बसेकाहरूले पासपोर्ट दुरूपयोग गरेको घटना सार्वजनिक नभएको होइन । कतिले सफाइ पाए, कतिले अझै मुद्दा खेपिरहेका छन् । सरकारले दुरुपयोगमा कठोर बन्ने गरी...
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।