नेभिगेशन
सबै कुरा

श्रीलंकाको राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईले बुझाउन सकेनन् स्नातक तहको प्रमाणपत्र, अस्वीकृत गर्ने संसदीय समितिको तयारी

काठमाडौँ । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा सोमबार बसेको बैठकमा प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत गर्न दुईतिहाईको संख्या नपुगेपछि मंगलबारको बैठकले निर्णय लिने समितिका सदस्य एवं कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । उनका अनुसार सोमबार बैठकमा १५ मध्ये ८ सदस्यमात्रै सहभागी थिए ।

Ncell
Extreme Energy

समितिले माग गरेको स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत गर्ने समितिको तयारी छ । घिमिरेले प्रस्तावित व्यक्तिका नाम अस्वीकृत गर्न दुईतिहाइ संख्या आवश्यक पर्ने तर बैठकमा बहुमत सदस्यमात्रै रहेकाले निर्णय गर्न नसकिएको बताए । 

भट्टराईको राजदूत नियुक्त हुनका लागि आवश्यक स्नातक तह पासको प्रमाणपत्र उपलव्ध नभएपछि समितिले सोमबारसम्म प्रमाणपत्र बुझाउनका लागि समय दिएको थियो । समितिको बैठक मंगलबार बिहान बोलाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...