नेभिगेशन
सबै कुरा

दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए वनस्थलीको नालीमा बेपत्ता युवक

काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित अन्नपूर्ण चोकको नालीमा मोटरसाइकल खसेर बेपत्ता भएका युवा साथीको नोटबुक लिनका लागि वनस्थली चोक जाँदै गरेको खुलेको छ । शुक्रबार साँझ वर्षासँगै आएको बाढीका कारण ढलको नालीमा खसेर बेपत्ता भएका सिन्धुपाल्चोक घर भई हाल रानीवन बस्ने १७ वर्षीय राजन श्रेष्ठ दाइको मोटरसाइकल लिएर साथीको नोट लिनका लागि गएको उनका आफन्तले बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

‘कामबाट आएका दाइले भित्र मोटरसाइकलको चाबी राखेर बाहिर निस्किएको रहेछ । उसले (राजन) चोकमा गएर साथीको नोटबुक लिएर आउँछु भनेर हिँडेको रहेछ ।’ मध्यरातसम्म राजनको खोजीमा खटिएका उनका एक आफन्तले मलिन स्वरमा भने । 

त्यस्तै घटनाका प्रत्यक्षदर्शीहरु अविरल वर्षाले खोलामा बाढी आइरहेको र त्यससँगै आएको ढलको नालीमा राजन खसेको बताउँछन् । ‘नालामा ठूलो बाढी आइरहेको थियो । रानीवनबाट आएको अग्लो बाइक एक्कासि ढलमा खस्यो ।’ एक प्रत्यक्षदर्शीले भने, ‘हामी बचाउन जाँदाजाँदै बाइकको ह्यान्डिल थोरै मात्र देखिएको थियो । सबैजना मिलेर बाइक तान्दा मान्छे बगाइसकेको रहेछ ।’

त्यस्तै अर्का एक प्रत्यक्षदर्शीका अनुसार नालीमा आएको पानीको बहावले सडक पुरै ढाकेको थियो । सडकभरि पानी भएका कारण कहाँ खाडल, कहाँ समथर भूभाग छुट्याउन नसक्ने भएपछि राजन खाडलमा खसेका थिए । उनले भने, ‘सोही सडक भएर अन्य सवारी पनि आवतजावत गरिरहेका थिए । सायद उनी पहिले त्यो बाटो हिँड्दा ख्याल गरेका थिएनन् होला, एक्कासि ढलमा खसे । आँखैअगाडि लड्दा पनि उद्धार गर्न सकिएन ।’ आफूहरुले मोटरसाइकल निकाल्न सफल भएपनि चालक उद्धार गर्न नसकेको बताए । 

त्यस्तै चालक नभेटिएपछि आफूहरूले प्रहरीलाई जानकारी गराउनुका साथै र सो मोटरसाइकलको फोटो खिचेर सामाजिक सञ्जालमा राखेको उनले बताए । ‘हामीले बचाउन सक्दो प्रयास गर्यौं तर नसकेपछि सुरुमा प्रहरीलाई खबर गरेका हौँ । यतिसम्म कि हामीले टोलका सबै युवाहरूलाई परिचालन गरेर ढलको मङ्गल समेत खोल्यौँ तर मान्छे भेटिएन । त्यसपछि मोटरसाइकलको फोटो सामाजिक सञ्जालमा राखेपछि बेपत्ता युवकको पहिचान हुन सक्छ भन्ने सोचेर सबैले फोटो भिडियो राख्न थाल्यौँ ।’ ती प्रत्यक्षदर्शीले सिधाकुरासँग भने । 

त्यस्तै सरकारले सडकमा धराप छोडिदिँदा सो क्षेत्रमा मात्र वर्षेनी दर्जन बढी दुर्घटना हुने गरेको स्थानीयको गुनासो छ । 

बिहीबारदेखि परेको निरन्तरको अविरल वर्षाका कारण वनस्थलीस्थित अन्नपूर्णचोक नालीको बहाव बढेको थियो । दुर्घटना भएको स्थान ढुंगेधारा र सानोभर्याङको बिचमा पर्छ । मुख्य सडकबाट मा भित्र पस्ने क्रममा बागमती प्रदेश ०२ ०१८ प २९७३ नम्बरको हिरो मोटरसाइकल नालीमा पल्टिएको थियो। मोटरसाइकल नालीमा पल्टिँदा बेपत्ता भएका मोटरसाइकलमा सवार राजन श्रेष्ठ बेपत्ता छन् ।  उनको खोजीकार्यका लागि सशस्त्र प्रहरीको एसपी शैलेश श्रेष्ठको नेतृत्वमा गोताखोरसहित ३५ जना विपत् उद्धारको टोली घटनास्थलमा खटिएको छ। 

साथै नेपाली सेना र प्रहरी पनि खोजी कार्यमा लागेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...
सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

हामी निजी जीवनको अनावश्यक उत्खननलाई पत्रकारिता ठान्दैनौँ। सनसनीलाई सत्यको विकल्प बनाउन चाहँदैनौँ। कसैलाई अपमानित गरेर प्राप्त हुने दर्शक संख्या हाम्रो सफलताको मापदण्ड होइन। हाम्रो बाटो- प्रश्नको हो, तथ्यको...
कांग्रेस महाधिवेशन तालिका फेरि ‘रकेट स्टाइल’मा, इतरपक्ष रोक्ने प्रयासमा

कांग्रेस महाधिवेशन तालिका फेरि ‘रकेट स्टाइल’मा, इतरपक्ष रोक्ने प्रयासमा

‘एकदमै छोटो समयमा वडादेखि सबै तहको अधिवेशन गर्नुपर्ने छ’ एक केन्द्रीय सदस्यले भने, ‘विवाद भएन भने त सकिएला, विवाद भयो भने कार्यतालिका अनुसार अगाडि बढ्न मुस्किल छ।’
कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

अचेल हरेक दिनजसो सरकारको भविष्यलाई जोडेर समाचार आउँछन् । ती समाचारका हेडलाइन्स हुन्छन्– प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच खटपट । सरकारको कामकारबाहीप्रति रास्वपा सभापति रवि लामिछाने...