नेभिगेशन
सबै कुरा

सुनकोशीले खुर्कोट बजार डुब्यो

काठमाडाैँ । सुनकोशी खोलामा गएको बाढीका कारण सिन्धुलीको खुर्कोट बजार डुबेको छ । बिहिबारदेखि गएको अविरल वर्षाका कारण सुनकोशीमा आएको बाढीले खुर्कोट बजार डुबाएको हो । सो बजारको करिब १० घरमा पूर्ण क्षति भएको छ भने करिब ३० घर डुबेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काभ्रेको रोशी र सुनकोशीमा आएको बाढीका कारण सुनकोशीको तटिय क्षेत्रमा रहेको खुर्कोट बजारका अधिकांश संरचना डुबानमा परेको हो । स्थानीयहरु विपि राजमार्गमा उत्रिएर हारगुहार गरिरहेको भिडियोहरु सार्वजनिक भएका छन् ।

Ncell
Extreme Energy

बाढीले बजार डुबाएपछि स्थानीयहरुलाई प्रशासनको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माका अनुसार सो बजारमा रहेका सुरक्षाकर्मीका स्थायी संरचनालगायत अधिकांश संरचना डुबान भएका छन् । 

त्यस्तै आवास नै डुबानमा परेपछि स्थानीयहरु सामाजिक संजालमा लाइभ गरेर सहयोगको याचना गरिहेका छन् । ती लाइभ भिडियोमा बजारका अधिकांश घरका पिल्लर मात्र बाँकी छन् । नदी उर्लिएर अधिकांश बजार ढाकेको छ । 

त्यस्तै रोशीमा गएको बाढीले मुल्कोट क्षेत्रको विपि राजमार्गनै बगाएको छ । बाढी र पहिरोले करिब एक सय मिटर राजमार्ग बगाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
प्रतिनिधिसभाबाट सात विधेयक दफाबार छलफलका लागि समितिमा पठाइयो

प्रतिनिधिसभाबाट सात विधेयक दफाबार छलफलका लागि समितिमा पठाइयो

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्...