नेभिगेशन
सबै कुरा

सुनकोशीले खुर्कोट बजार डुब्यो

काठमाडाैँ । सुनकोशी खोलामा गएको बाढीका कारण सिन्धुलीको खुर्कोट बजार डुबेको छ । बिहिबारदेखि गएको अविरल वर्षाका कारण सुनकोशीमा आएको बाढीले खुर्कोट बजार डुबाएको हो । सो बजारको करिब १० घरमा पूर्ण क्षति भएको छ भने करिब ३० घर डुबेका छन् । 

काभ्रेको रोशी र सुनकोशीमा आएको बाढीका कारण सुनकोशीको तटिय क्षेत्रमा रहेको खुर्कोट बजारका अधिकांश संरचना डुबानमा परेको हो । स्थानीयहरु विपि राजमार्गमा उत्रिएर हारगुहार गरिरहेको भिडियोहरु सार्वजनिक भएका छन् ।

बाढीले बजार डुबाएपछि स्थानीयहरुलाई प्रशासनको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माका अनुसार सो बजारमा रहेका सुरक्षाकर्मीका स्थायी संरचनालगायत अधिकांश संरचना डुबान भएका छन् । 

त्यस्तै आवास नै डुबानमा परेपछि स्थानीयहरु सामाजिक संजालमा लाइभ गरेर सहयोगको याचना गरिहेका छन् । ती लाइभ भिडियोमा बजारका अधिकांश घरका पिल्लर मात्र बाँकी छन् । नदी उर्लिएर अधिकांश बजार ढाकेको छ । 

त्यस्तै रोशीमा गएको बाढीले मुल्कोट क्षेत्रको विपि राजमार्गनै बगाएको छ । बाढी र पहिरोले करिब एक सय मिटर राजमार्ग बगाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारले घोषणा गरेको १८ वर्षपछि कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माण कार्य सुरू

सरकारले घोषणा गरेको १८ वर्षपछि कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माण कार्य सुरू

समितिका कार्यकारी निर्देशक गजुरेलले बन्दरगाह निर्माणमास्थलका रुख कटानको काम सम्पन्न भइसकेपछि भारतीय निर्माण कम्पनीलाई काम गर्नका लागि मन्त्रालयमार्फत पत्राचार भइसकेको जानकारी दिए । सोहीअनुसार भारतीय निर्माण कम्पनीले मंगलबार...
विपद्को समयमा खोज, उद्धार र राहत पठाउन ड्रोन प्रयोग गरिने

विपद्को समयमा खोज, उद्धार र राहत पठाउन ड्रोन प्रयोग गरिने

सम्झौता अनुसार प्राधिकरणको समन्वयमा संघले निशुल्क विपद् प्रतिकार्यमा ड्रोन प्रयोग गर्ने गृहमन्त्री रमेश लेखकले जानकारी दिए । कुनै ठाँउमा विपद् भए ड्रोन प्रयोग गरेर खोज र उद्धारका साथै...
फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

आफू मन्त्री भएलगत्तै पटक–पटक फाइभ–जी नेटर्वक सुरू गर्न भन्दै आएको स्मरण गराउँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले आफूले निर्देशन दिएको एक वर्ष पुगिसक्दा पनि कार्यसम्पादन नहुनु दुःखद् विषय...
गगनको टिप्पणीः सरकारको पछिल्लो ६/७ महिना त  उपलब्धिहीन नै बन्यो

गगनको टिप्पणीः सरकारको पछिल्लो ६/७ महिना त  उपलब्धिहीन नै बन्यो

‘कांग्रेस र एमाले मिलेर बनेको यो सरकारले जुन लाभ प्राप्त गर्नुपर्ने हो त्यसमा हामी नराम्रोसँग चुकेका छौँ।’ उनले भने, ‘मेरो चिन्ता एक वर्ष खेर गइसक्यो, अर्को एक वर्ष...