नेभिगेशन
समाज

ककपिटमा छुरा रोपिएका पाइलटको मोदीसँग भिडियो कल, अस्पतालबाट के भने ?


यूएईबाट इजरेलका लागि उडेको एउटा विमानभित्र सहकर्मीले चक्कु प्रहार गरेपछि घाइते भएका भारतीय विमानचालक स्मित मच्छारलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालको शय्यामै भिडियो कल गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संवादका क्रममा भावुक देखिएका क्याप्टेन स्मित मच्छारले विमानमा सवार मानिसहरूलाई मृत्युवरण गर्न दिन आफूले नसकेकाले प्रतिकार गरेको बताएका छन्। उक्त विमानमा १७० जनाभन्दा बढी मानिस सवार थिए।

Ncell
Extreme Energy

आफूमाथि हमला भएपछि ककपिटको ढोका खोलेर यात्रुहरूलाई भित्र आउन दिई आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरेपछि उनलाई नायकका रुपमा प्रशंसा गरिएको छ।
क्याप्टेन मच्छरले ककपिटमा भएको घटना प्रधानमन्त्री मोदीलाई सुनाएका छन् । 

क्याप्टेन मच्छरका अनुसार भुइँमा लडेको र अझै आक्रमण भइरहेकै अवस्थामा उनलाई विमान तलतिर खसेको महसुस भएको थियो। त्यसपछि आफूलाई 'केही न केही गर्नुपर्छू भन्ने लागेको उनले बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडिओ कलमा उनले भने, 'म घाइते भएर भुइँमा लडेको थिएँ, तर मैले भित्रबाट ढोका खोल्नका लागि अन्तिम प्रयास गर्ने निधो गरेँ।'

'अरू मानिसहरू भित्र आए अनि परिस्थिति नियन्त्रणमा लिए। म आफ्नै ज्यान जोगाउन सङ्घर्ष गर्दै थिएँ, तर 'अरूलाई मर्न दिने छैनु भन्ने कुरामा म स्पष्ट थिएँ।'

दुबईबाट उडेको उक्त विमान साउदी अरबमा सुरक्षित रूपमा अवतरण भएको थियो। विमानमा सवार सबै यात्रु सकुशल भएको बताइएको छ।

उक्त विमानले सुरुमा एअर ट्राफिक कन्ट्रोलरलाई आपत्कालीन सङ्केत र विमान अपहरणमा परेको जनाउ दिने सङ्केत पठाएको थियो।- बिबिसीकाे सहयाेगमा 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण सभाले पारित गरेको छ । समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ...
फेरी आन्दोलन चर्काउने तयारीमा ‘कक्रोच’

फेरी आन्दोलन चर्काउने तयारीमा ‘कक्रोच’

अनलाइन अभियानका रूपमा सुरु भएको उक्त आन्दोलनले यसअघि युवा बेरोजगारी र परीक्षाका प्रश्नपत्र चुहावटको विरोधमा व्यापक प्रदर्शन गरेको थियो । त्यसपछि शिक्षामन्त्रीले राजीनामा दिनुभएको थियो ।
चाडपर्वमा काठमाडौँमा ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने, २४२ वटा सिसीटिभी र ३ ड्रोनमार्फत निगरानी

चाडपर्वमा काठमाडौँमा ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने, २४२ वटा सिसीटिभी र ३ ड्रोनमार्फत निगरानी

उनले काठमाडौँका विभिन्न स्थानमा जडान गरिएका १ हजार २४२ वटा सिसीटिभी क्यामेरा र ३ वटा ड्रोनमार्फत आकाशबाट समेत निगरानी गरिने भन्दै काठमाडौँका प्रमुख नाका तथा अत्यधिक भीडभाड हुने...
जापानमा बढ्याे बेरोजगारी

जापानमा बढ्याे बेरोजगारी

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार पुगेको छ...

भर्खरै