नेभिगेशन
सबै कुरा

रौतहट जलमग्न, नदी तटिय क्षेत्रमा जोखिम बढ्दै

रौतहट  । अविरल बर्षाका कारण रौतहट जलमग्न बन्नुका साथै नदि तटिय क्षेत्रमा जोखिम बढ्दै गएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अविरल वर्षाका कारण रौतहटको ६ वटा स्थानीय तह  रेड जोनमा रहेको बताएका छन्। उनले अविरल वर्षाका कारण कुलेखानीको सम्पूर्ण ड्याम्म खोलिएको र बागमती तथा लालबकैया नदीमा अझै जलसतह बढ्ने क्रम जारी रहेको समेत जानकारी गराए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लाको राजदेवि नगरपालिका, दुर्गाभगवति गाउपालिका, बौधिमाई नगरपालिका, मौलापुर नगरपालिका, राजपुर नगरपालिका र  कटहरिया नगरपालिका रेड जोनमा रहेको प्रजिअ रेग्मिले जानकारी गराएका छन्।  बिहीबार रातिदेखिको अविरल वर्षाका कारण रौतहटको मुख्य नदी पूर्वी भागमा  वागमती  र पश्चिमी भागमा  लालबकैया नदीले साधारण जलसतह पार गरेकाले नदि किनारका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन र बिपत प्रतिकार्यका लागि सम्पुर्ण सुरक्षा निकायलाई २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन समेत दिएको जानकारी दिए ।

Ncell
Extreme Energy

अहिले जिल्लामा अविरल बर्षाका कारण यातायातका साधन कमै मात्रामा चलेका छ्न भने अधिकान्स व्यापार ब्यवसाय ठप्प रहेको अवस्था छ । सर्लाही र रौतहट भएर बग्ने बागमति खोलाले पने जल सतह पार गर्ने अवस्था रहेकाले रौतहट र सर्लाहीका धेरै बस्ती खतराको दायरामा रहेका छ्न ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
प्रतिनिधिसभाबाट सात विधेयक दफाबार छलफलका लागि समितिमा पठाइयो

प्रतिनिधिसभाबाट सात विधेयक दफाबार छलफलका लागि समितिमा पठाइयो

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्...