नेभिगेशन
सबै कुरा

जस्ताकाे टहराे माथिबाट रबिनको परिवारले ६ घण्टादेखि उद्धार माग्यो तर केन्द्र सरकारले समन्वय नै गरेन

ललितपुर । ललितपुर महानगरपालिका १४ कान्तिपुर कोलोनीका रबिन फलामका वेल्डिङका काम गर्थे । भाडाको जमिनमा अस्थायी टहरो बनाएर व्यवसाय गर्दै रबिन, उनको परिवार र  केही कामदारहरू त्यही टहरोमै बस्थे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामान्य पानी पर्ने बितिक्कै उत्तरी ललितपुरको सबै खोला नाला सोहोरिएर आउने नख्खु खोलाको किनारामै उनीहरूको टहरो थियो । बिहीबार साँझ देखिको अबिरल वर्षाका कारण नख्खु खोला बढ्ने र धनजनको क्षति हुन सक्ने भन्दै वडा अध्यक्ष अमृतजंग महतले रबिनलाई बिहीबार र शुक्रबार पनि निरन्तर फोन सम्पर्क गरिरहेका थिए । 

Ncell
Extreme Energy


शुक्रबार साँझ पनि बाढी आउन थालेपछी अध्यक्ष महतले  रबिनलाई फोन गरेर बाढीबारे अपडेट मागे ।  रबिनले खोलामा पानीको बहाव बढेको र पहिले बनाएको फलामे पुल भत्काएको जानकारी दिए । ‘हामीले बनाएको फलामे फड्के भत्काएको छ मैले बाँधेर राखेको छु दाइ यहाँ अरु जोखिम छैन भनेको थियो,’ वडा अध्यक्ष महतले सिधाकुरासँग भने, ‘तर एक्कासि बिहान मलाई उनीहरु नै बाढीमा फसेको खबर आयो ।’ 

बिहान ५ बजे देखि नै नख्खु खोलामा बाढीले वितण्डा मच्चाएको खबर आएपछि वडा सदस्यहरुसहित खोला क्षेत्रमा पुगेको र उनीहरु फसेको ठाउँमा सवा ७ बजे पुगेको वडा अध्यक्ष अमृत महत बताउँछन् । 

‘विभिन्न क्षेत्रको अवलोकन गर्ने क्रममा म त्यहाँ पुग्दा ७ः २० भएको थियो । उनीहरु पहिले जस्ताको टहरो भित्र थिए । पानी बढ्दै गएपछि जस्ता छेडेर छानोमा उक्लिए । उनीहरु छनो माथिबाट बचाउनका लागि हारगुहार गरिरहेका थिए,’ वडा अध्यक्ष मतहले भने । 

आफू नगर प्रहरी र अन्य स्थानीहरू उनीहरूको उद्धारका लागि डोरी, ट्युब लगायतका उपकरणहरू जोहो गर्न थालेको महतको दाबी छ । ‘जटिल अवस्थाको उद्धारका लागि  हामीसँग उपकरण थिएन । उद्धारका लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारी देखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हारगुहार गरे,’  उनले भने, ‘रबिन र उनको परिवार बाढीको बीचमा फसेको झण्डै ६ घण्टासम्म पनि कुनै उद्धारको पहल भएन ।’ 

केही मात्रामा स्थानीय र जनपथ प्रहरी बाहेक अन्य सुरक्षा निकाय घटनास्थलमा उद्धारका लागि नआएको उनको आरोप छ। टहरोमा रहेका चार मध्ये एक जनाको पहिले र बाँकी ३ जना केहीबेरको फरकमा खोलामा बगेको प्रत्यक्षदर्शी समेत रहेका वडा अध्यक्ष महतले बताए । 

‘घण्टौँसम्म केन्द्रिय सरकारको उद्धार टोली नआएपछि हामीले ठूलो ट्याबु खोज्यौँ । ट्युब आइपुगेर डोरीमा बाँधेर खोलामा हाल्नु र टहरा भत्किएर उनीहरु बग्नु एकैपटक भयो ।’

आफुले कुराकानी गरिरहने मित्र विपद्मा उद्धारका लागि गुहार मागिरहँदा पनि बचाउन नसकेको भन्दै उनले दुख व्यक्त गरे । उनीहरु ६ घण्टा देखि खोलामा फसेको  र पछिल्लो ३ घण्टा त आँखै अगाडिे उद्धारको पहल गर्दा गर्दै नसकेको वडा अध्यक्ष महतले बताए । केन्द्रिय सरकारको सुबिधा सम्पन्न उद्धार टोली बेलैमा परिचालन हुन नसक्दा उनीहरु बाढीमा परेर बेपत्ता भएको महतको दाबी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्डकी नदीमा डुबेर शिखरडाँडाका १४ वर्षीय शिशिर गाहा र २४ वर्षीय पुजन गाहाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक...
रास्वपाको विधान पारित, सभापति रवि लामिछानेले दिए सबैलाई धन्यवाद

रास्वपाको विधान पारित, सभापति रवि लामिछानेले दिए सबैलाई धन्यवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठकले पार्टीको विधान पारित गरेको छ । आज चितवनको भरतपुरमा बसेको बैठकले विधान पारित गरेको हो । महाधिवेशनको बन्दसत्रले अनुमोदन गरेपछि नयाँ...
सकियो रास्वपाको केन्द्रीय समिति बैठक (तस्बिरहरु)

सकियो रास्वपाको केन्द्रीय समिति बैठक (तस्बिरहरु)

बैठक सकिएसंगै पार्टी सभापति लामिछानेले सम्पूर्ण केन्द्रिय कमिटीका पदाधिकारी, रास्वपाका शुभेच्छुक र शुभचिन्तक सबैलाई सहयोगका लागि धन्यवाद र आफ्नो कार्यकालमा भए गरेका गल्तीका विषयमा रविले क्षमा समेत मागेका...
रास्वपा सभापतिको उम्मेदवार बन्न ५१ हजार, समर्थक ५१ जना चाहिने

रास्वपा सभापतिको उम्मेदवार बन्न ५१ हजार, समर्थक ५१ जना चाहिने

राष्ट्रिय स्वतन्त्र पार्टीको भोलि सुरु हुने महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न ५१ हजार रुपैयाँ शुल्क लाग्ने भएको छ । त्यस्तै, एक जना प्रस्तावक र ५१ जना समर्थक चाहिने रास्वपा...