नेभिगेशन
सबै कुरा

जस्ताकाे टहराे माथिबाट रबिनको परिवारले ६ घण्टादेखि उद्धार माग्यो तर केन्द्र सरकारले समन्वय नै गरेन

ललितपुर । ललितपुर महानगरपालिका १४ कान्तिपुर कोलोनीका रबिन फलामका वेल्डिङका काम गर्थे । भाडाको जमिनमा अस्थायी टहरो बनाएर व्यवसाय गर्दै रबिन, उनको परिवार र  केही कामदारहरू त्यही टहरोमै बस्थे । 

सामान्य पानी पर्ने बितिक्कै उत्तरी ललितपुरको सबै खोला नाला सोहोरिएर आउने नख्खु खोलाको किनारामै उनीहरूको टहरो थियो । बिहीबार साँझ देखिको अबिरल वर्षाका कारण नख्खु खोला बढ्ने र धनजनको क्षति हुन सक्ने भन्दै वडा अध्यक्ष अमृतजंग महतले रबिनलाई बिहीबार र शुक्रबार पनि निरन्तर फोन सम्पर्क गरिरहेका थिए । 

City Express


शुक्रबार साँझ पनि बाढी आउन थालेपछी अध्यक्ष महतले  रबिनलाई फोन गरेर बाढीबारे अपडेट मागे ।  रबिनले खोलामा पानीको बहाव बढेको र पहिले बनाएको फलामे पुल भत्काएको जानकारी दिए । ‘हामीले बनाएको फलामे फड्के भत्काएको छ मैले बाँधेर राखेको छु दाइ यहाँ अरु जोखिम छैन भनेको थियो,’ वडा अध्यक्ष महतले सिधाकुरासँग भने, ‘तर एक्कासि बिहान मलाई उनीहरु नै बाढीमा फसेको खबर आयो ।’ 

बिहान ५ बजे देखि नै नख्खु खोलामा बाढीले वितण्डा मच्चाएको खबर आएपछि वडा सदस्यहरुसहित खोला क्षेत्रमा पुगेको र उनीहरु फसेको ठाउँमा सवा ७ बजे पुगेको वडा अध्यक्ष अमृत महत बताउँछन् । 

‘विभिन्न क्षेत्रको अवलोकन गर्ने क्रममा म त्यहाँ पुग्दा ७ः २० भएको थियो । उनीहरु पहिले जस्ताको टहरो भित्र थिए । पानी बढ्दै गएपछि जस्ता छेडेर छानोमा उक्लिए । उनीहरु छनो माथिबाट बचाउनका लागि हारगुहार गरिरहेका थिए,’ वडा अध्यक्ष मतहले भने । 

आफू नगर प्रहरी र अन्य स्थानीहरू उनीहरूको उद्धारका लागि डोरी, ट्युब लगायतका उपकरणहरू जोहो गर्न थालेको महतको दाबी छ । ‘जटिल अवस्थाको उद्धारका लागि  हामीसँग उपकरण थिएन । उद्धारका लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारी देखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हारगुहार गरे,’  उनले भने, ‘रबिन र उनको परिवार बाढीको बीचमा फसेको झण्डै ६ घण्टासम्म पनि कुनै उद्धारको पहल भएन ।’ 

केही मात्रामा स्थानीय र जनपथ प्रहरी बाहेक अन्य सुरक्षा निकाय घटनास्थलमा उद्धारका लागि नआएको उनको आरोप छ। टहरोमा रहेका चार मध्ये एक जनाको पहिले र बाँकी ३ जना केहीबेरको फरकमा खोलामा बगेको प्रत्यक्षदर्शी समेत रहेका वडा अध्यक्ष महतले बताए । 

‘घण्टौँसम्म केन्द्रिय सरकारको उद्धार टोली नआएपछि हामीले ठूलो ट्याबु खोज्यौँ । ट्युब आइपुगेर डोरीमा बाँधेर खोलामा हाल्नु र टहरा भत्किएर उनीहरु बग्नु एकैपटक भयो ।’

आफुले कुराकानी गरिरहने मित्र विपद्मा उद्धारका लागि गुहार मागिरहँदा पनि बचाउन नसकेको भन्दै उनले दुख व्यक्त गरे । उनीहरु ६ घण्टा देखि खोलामा फसेको  र पछिल्लो ३ घण्टा त आँखै अगाडिे उद्धारको पहल गर्दा गर्दै नसकेको वडा अध्यक्ष महतले बताए । केन्द्रिय सरकारको सुबिधा सम्पन्न उद्धार टोली बेलैमा परिचालन हुन नसक्दा उनीहरु बाढीमा परेर बेपत्ता भएको महतको दाबी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लगातार नकारात्मक सर्किट लागेपछि शेयर कारोबार स्थगित

लगातार नकारात्मक सर्किट लागेपछि शेयर कारोबार स्थगित

कारोबार सुरु भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो । बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले ओरालो लागेको थियो । बजारमा छोटो समयमा नकारात्मक सर्किट लागेको थियो...
प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गरेकी...
गणेशमान सिंहको २८औँ स्मृति दिवस, विविध कार्यक्रम गरी मनाइदै

गणेशमान सिंहको २८औँ स्मृति दिवस, विविध कार्यक्रम गरी मनाइदै

गणेशमान स्मृति दिवसका अवसरमा बिहीबार कांग्रेस नेता प्रकाशमान सिंह लगाएतले  शोभाभगवतीस्थित गणेशमानको सालिकमा माल्यार्पण गरेका थिए ।  सो अवसरमा कांग्रेस नेता सिंहले नेपालको परिवर्तनमा गणेशमान सिंहले खेल्नुभएको योगदानको...
जेनजी आन्दोलनका क्रममा ध्वस्त पारिएको नेकपा माओवादी केन्द्रका नेता नन्द किशोर पुनको निवास(तस्बिरहरु)

जेनजी आन्दोलनका क्रममा ध्वस्त पारिएको नेकपा माओवादी केन्द्रका नेता नन्द किशोर पुनको निवास(तस्बिरहरु)

तोडफोड र आगजनीबाट पुनको निवास, सवारी साधन लगायत अन्य सामानहरु पूर्ण रुपमा ध्वस्त भएको छ । उपराष्ट्रपतिको दुई कार्यकाल सकिए पश्चात उनी पार्टीमा पुन सक्रिय भएका थियो ।