नेभिगेशन
सबै कुरा

काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

काठमाडाैँ । वर्षाजन्य विपद्मा परी काठमाडाैँ उपत्यकमा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले दिएको जानकारीअनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् । भने नौ जना घाइते भएका छन् । बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको छ । बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने दुई सय २६ घर डुबानमा परेका छन् । ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ ।

Global Ime Bank

 विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडाैँमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिए । यसैबीच विपद्को जोखिमका आधारमा काठमाडौँमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको उनले जानकारी दिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?
३ दिनदेखि बेपत्ता पुरुषको शव फेला

३ दिनदेखि बेपत्ता पुरुषको शव फेला

नेपालीको शव खुदी खोलास्थित तानेको रहमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए । मृतकको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको छ ।
बोलेरो जिप दुर्घटनामा २ जनाको मृत्यु, १ जना घाइते

बोलेरो जिप दुर्घटनामा २ जनाको मृत्यु, १ जना घाइते

आज साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा बोकेको लु१च ६७५६ नम्बरको बोलेरो जिप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटना भएको हो ।
३ वटा पेस्तोल, अफिम, गाँजासहित १ जना पक्राऊ

३ वटा पेस्तोल, अफिम, गाँजासहित १ जना पक्राऊ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल, अफिम, गाँजासहित १ जनालाई पक्राऊ गरेको छ । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका–१ का राजु स्याङतानलाई पक्राऊ गरेको हो ।