नेभिगेशन
सबै कुरा

‍‍...अनि नख्खुको भेलमा बगिरहेकालाई बचाउन चनिकलाल बाढीमा हामफाले

ललितपुर। चनिकलाल तामाङको घर काभ्रेको तिमाल ९ हो । उमेरले ३६ वर्षिय उनी नख्खु सुगम टोलमा बस्छन्  । उनी पेशाले पेन्टर हुन् । दशैंमा घर फर्किनु अघि उनी दिनरात नभनी पेन्टिङको काममा व्यस्त थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, केही दिनयता भीषण वर्षाका कारण उनको काम भइरहेको थिएन । शुक्रबार बेलुकी देखिनै भीषण वर्षा र बाढीले वितण्डा मच्चाउन थाले उनीहरु पनि चिन्तित थिए । शनिबार बिहान पनि अवस्था उस्तै थियो ।

Ncell
Extreme Energy

तामाङ र उनका छिमेकी पूर्ण केसी अर्का एक साथीको सामान सारिदिन नख्खु खोलामा झरे । उनीहरु त्यहाँको सामान सार्दा सार्दै खोलाले ३ जना मान्छे बगाएर ल्याएको उनीहरूले देखे ।

खोलाको अघि अघि बगिरहेका एक पुरुषलाई बचाउन भन्दै चनिकलाल खोलामा हामफाले । तर, उनले ति पुरुषलाई बचाउन सकेनन् । उनी खोलामा रहेकै बेला एक बच्चा र अर्को एक पुरुष खोलामा बगेर आइरहेको चनिकलालले देखे । भिषण बाढीमा बगेका उनीहरु एकले अर्कालाई समातेका थिए । 

बाढीमा बगिरहेका उनीहरूलाई चनिकलाले छोपे र तानेर किनारामा ल्याए ।

उनीहरूले किनारामा ल्याउँदा बाढीमा बगेकी बालिका बेहोस थिइन ।  चनिकलालसंगै रहेका पूर्णले पनि उनीहरूलाई किनारामा ल्याउन साथ दिए । केहीबेर उनीहरूले त्यहाँ बालिका र उनका काकालाई प्राथमिक उपचार गरे । पेट थिचेर पानी निकाले पछि होसमा आएकी बालिकाले बाबा खोई भनेर सोधेको चनिकलाल बताउँछन् । 

केही सेकेन्ड अघि चनिकलालले समाउन नसकेका ति बालिकाका बुबालाई पनि अर्को टोलीले अल्ली तल समात्यो । त्यसपछि उनीहरूले तुरुन्तै उद्धार गरिएका तीनै  जनालाई पाटन अस्पताल पठाए । भीषण बाढीमा बगेकाहरुलाई एक्लो प्रयासमा उद्धार गरेपछि चनिकलालको चौतर्फी प्रशंसा भएको छ ।  

बाढीमा बगेकाको उद्धार पछि उनलाई धन्यवाद भन्नेको ओइरो छ । शनिबार बेलुकी सिधाकुरासँग कुरा घटनाबारे गफिदै  चनिकलालले आफूले विशुद्ध मान्छे बचाउने उद्देश्यले मात्रै नदीमा हामफालेको सुनाए । 

‘सुनकोशीमा पौडी खेलेको अनुभव थियो । मलाई के हुन्छ भन्दा पनि उनीहरूलाई बचाउन पर्छ भन्ने मात्रै मेरो मनमा आयो,’ उनले सिधाकुरासँग भने,‘ बाढीमा हामफाले र बचाउन सकेँ पनि ।’ चनिकलालले बचाएका तिनै मान्छेहरू हुन जो ६ घण्टा देखि नख्खु खोलाको कान्तिपुर कोलोनी नजिकै जस्ताको टहरामाथी बसेर उद्धारको हारगुहार गरिरहेका थिए । 

शुक्रबार रातिदेखि बाढीले घेरेको टहरोमा भित्रै बाढी पसेपछि नख्खु खोला किनारामा वेल्डिङ व्यवसाय गर्ने राज साहको परिवार शनिबार बिहान जस्ता फुकालेर छानोमा चढेका थिए । छानामा बसेर घण्टौँसम्म  राज, उनका भाई राजु र छोरी ६ वर्षीया मेघ्ना साह र अर्का एक काम गर्ने व्यक्ति देवराज कार्की गुहार माग्दा माग्दै उनीहरु ४ जनालाई बाढीले बगाएको थियो । 

बगाएका मध्ये ३ देवराज अहिलेसम्म फेला परेका छैनन् । उनीहरुको बेलैमा उद्धार हुन नसकेको भन्दै सरकारको तिब्र आलोचना भएको थियो । गृहमन्त्री रमेश लेखकले मौसम प्रतिकुलताका कारण उनीहरूलाई बचाउन नसकेको भन्दै आपत्तिजनक अभिव्यक्ति दिएका थिए । गृहमन्त्रीले बचाउन सकिएन भनेका व्यक्तिहरुलाई चनिकलालले बचाउन सफल भएका थिए ।       


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालीलाई भरिया मात्र देख्ने दृष्टिकोण बदलेका ‘निम्स दाई’

नेपालीलाई भरिया मात्र देख्ने दृष्टिकोण बदलेका ‘निम्स दाई’

सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको पहिलो यात्राले उनको सोच बदलियो । हिमाल केवल प्राकृतिक सुन्दरता होइन, आफ्नो क्षमताको सीमा परीक्षण गर्ने प्रयोगशाला पनि रहेछ भन्ने उनले महसुस...
भाइचारा खलबलाउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रुपमा सचेत छ

भाइचारा खलबलाउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रुपमा सचेत छ

देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित...
सिधाकुरा सम्पादकीय– आगो निभाऔँ, आफैँलाई सम्हालौँ

सिधाकुरा सम्पादकीय– आगो निभाऔँ, आफैँलाई सम्हालौँ

हाम्रो देश सद्भाव र सहअस्तित्वको जीवन्त उदाहरण हो । हिमाल, पहाड र तराईलाई एउटै अँगालोमा बाँध्ने यो भूमि धार्मिक तथा सांस्कृतिक विविधताको अनुपम उद्यान पनि हो। फरक–फरक धर्म,...
सम्हाल्नुपर्ने सुनसरी

सम्हाल्नुपर्ने सुनसरी

आगाको सानै फिलिङ्गाले गावैँ सखाप बनाइ दिनसक्छ । चैत याममा त चुरोटको ठुटाले पनि सिंगै वन सखाप बनाइदिएको हामीले प्रशस्तै देखेका छौं । झगडाको चरित्र र स्वभाव पनि...