नेभिगेशन
सबै कुरा

सर्वदलीय बैठकको निर्णयः प्रभावितको खोज तथा उद्धारमा जुट्ने, घरवास गुमाएकाहरुको पुनर्स्थापना गर्ने

काठमाडौँ । सर्वदलीय बैठकले बाढी पहिरो प्रभावितको खोज तथा उद्धारमा प्राथमिकतासाथ अघि बढ्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार बसेको सर्वदलीय बैठकले राजनीतिक दलहरु, तीनै तहको सरकार र नीजि क्षेत्र समेतको समन्वयात्मक एवं एकीकृत प्रयासमा उद्धार,राहत र पुनर्स्थापनाको काममा जुट्ने निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण नीजि क्षेत्र, आम नागरिक र संघसंस्थाहरूलाई अपिल गर्ने निर्णय गरेको छ । वर्षाका कारण गएको पहिरो र बाढिले आवागमन अवरुद्ध भई गन्तब्यमा पुग्न नसकी अलपत्र परेका यात्रुहरुलाई सम्बन्धित जिल्ला विपद व्यवस्थापन समिति, जिल्लाको यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुराउने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । 

Ncell
Extreme Energy

सर्वदलीय बैठकले पर्वहरुलाई समेत लक्षित गरी उद्योग मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा खाद्यान्न, तरकारी, फलफूल, ग्याँस लगायत अत्यावश्यक दैनिक उपभोग्यका सामानहरु सूपथ मूल्यमा सजिलै सँग प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने निष्कर्ष निकालेको उनले बताए । 

त्यस्तै बाढीका कारण क्षतिग्रस्त पूल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायत पूर्वाधार र कृषि तथा  पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयले संकलन गरि पुनर्निर्माणको लागि आवश्यक प्रकृया अघि बढाउने समझदारी भएको प्रवक्ता गुरुङले बताए । 

बैठकमा बिभिन्न दलका नेताहरुले प्राकृतिक प्रकोपपछिको उद्धारलाई तीव्रताका साथ निरन्तरता दिन सुझाव दिएका थिए । बैठकपछि माओवादी केन्द्रका नेता शक्ति बस्नेतले सरकारको पहलकदमी ढिलाइ र सुस्तता देखिएको बारे कुरा राखेको जानकारी दिए । 

पूर्वसूचना आधारमा पूर्वतयारी कामहरू तदारुकता साथ काम नभएको महसुस भएको भन्दै अव खोजी कार्य राहत वितरण र घाइतेहरूको उपचारमा तीव्रता दिन सुझाव दिएको उनले बताए । 

त्यस्तै सर्वदलीय बैठकले बाढिपहिरोबाट घरवास गुमाएका पिडितहरुका पुनस्थापनाका लागि राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरण सँगको समन्वयमा शहरी विकास मन्त्रालयले उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडी बढाउने निष्कर्ष पनि निकालेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

झण्डै एक वर्षपछि देउवा पार्टीको राजनीतिमा पुनः सक्रिय भएका छन् । पूर्वसभापतिका रुपमा नभई ‘सभापति’का रुपमा ।
'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धीयताकै भयानक संकटमा रहेको बताएका छन् ।
मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको हो ।
गृहमन्त्री गुरुङले रास्वपा केन्द्रीय कार्यालयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, जोसुकैले प्रश्न गर्न पाउने

गृहमन्त्री गुरुङले रास्वपा केन्द्रीय कार्यालयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, जोसुकैले प्रश्न गर्न पाउने

गृहमन्त्री सुधन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।