नेभिगेशन
सबै कुरा

सर्वदलीय बैठकको निर्णयः प्रभावितको खोज तथा उद्धारमा जुट्ने, घरवास गुमाएकाहरुको पुनर्स्थापना गर्ने

काठमाडौँ । सर्वदलीय बैठकले बाढी पहिरो प्रभावितको खोज तथा उद्धारमा प्राथमिकतासाथ अघि बढ्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार बसेको सर्वदलीय बैठकले राजनीतिक दलहरु, तीनै तहको सरकार र नीजि क्षेत्र समेतको समन्वयात्मक एवं एकीकृत प्रयासमा उद्धार,राहत र पुनर्स्थापनाको काममा जुट्ने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण नीजि क्षेत्र, आम नागरिक र संघसंस्थाहरूलाई अपिल गर्ने निर्णय गरेको छ । वर्षाका कारण गएको पहिरो र बाढिले आवागमन अवरुद्ध भई गन्तब्यमा पुग्न नसकी अलपत्र परेका यात्रुहरुलाई सम्बन्धित जिल्ला विपद व्यवस्थापन समिति, जिल्लाको यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुराउने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । 

City Express

सर्वदलीय बैठकले पर्वहरुलाई समेत लक्षित गरी उद्योग मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा खाद्यान्न, तरकारी, फलफूल, ग्याँस लगायत अत्यावश्यक दैनिक उपभोग्यका सामानहरु सूपथ मूल्यमा सजिलै सँग प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने निष्कर्ष निकालेको उनले बताए । 

त्यस्तै बाढीका कारण क्षतिग्रस्त पूल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायत पूर्वाधार र कृषि तथा  पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयले संकलन गरि पुनर्निर्माणको लागि आवश्यक प्रकृया अघि बढाउने समझदारी भएको प्रवक्ता गुरुङले बताए । 

बैठकमा बिभिन्न दलका नेताहरुले प्राकृतिक प्रकोपपछिको उद्धारलाई तीव्रताका साथ निरन्तरता दिन सुझाव दिएका थिए । बैठकपछि माओवादी केन्द्रका नेता शक्ति बस्नेतले सरकारको पहलकदमी ढिलाइ र सुस्तता देखिएको बारे कुरा राखेको जानकारी दिए । 

पूर्वसूचना आधारमा पूर्वतयारी कामहरू तदारुकता साथ काम नभएको महसुस भएको भन्दै अव खोजी कार्य राहत वितरण र घाइतेहरूको उपचारमा तीव्रता दिन सुझाव दिएको उनले बताए । 

त्यस्तै सर्वदलीय बैठकले बाढिपहिरोबाट घरवास गुमाएका पिडितहरुका पुनस्थापनाका लागि राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरण सँगको समन्वयमा शहरी विकास मन्त्रालयले उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडी बढाउने निष्कर्ष पनि निकालेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अहिलेको चूनौतिको सामना गर्दै एमालेले मुलुकलाई सही दिशा दिनेः उपाध्यक्ष पोख्रेल

अहिलेको चूनौतिको सामना गर्दै एमालेले मुलुकलाई सही दिशा दिनेः उपाध्यक्ष पोख्रेल

एमाले शान्त तलाउमा डुङ्गा चलाएजस्तो गरि नभइ प्रत्येक कालखण्डमा चूनौतिको सामना गरेर अहिलेको अवस्थामा आएको उनले बताए । उनले अहिले देखिएको चूनौतिलाई पनि टाउकोमा टेकेर एमाले अघि बढ्ने...
ठूला भनिने दलहरुको अहंकारले देश भयानक परिस्थतिमा आइपुग्योः प्रचण्ड

ठूला भनिने दलहरुको अहंकारले देश भयानक परिस्थतिमा आइपुग्योः प्रचण्ड

१० वर्षपछि फेरि एकचोटि पुनर्लेखन गरेर या संशोधन गरेर, मुख्यतः संविधान संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको उनले बताए ।  प्रचण्डले हीनताबोधमा बाँच्नुपर्ने कुनै आवश्यकता...
चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैनः अर्थमन्त्री

चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैनः अर्थमन्त्री

अर्थमन्त्री खनालका अनुसार सरकारले निर्वाचनका लागि विनियोजन भएर बाँकी भएको रकम पुनःनिर्माणमा लगाउने तयारी छ । सरकारको प्रमुख लक्ष्य नै निर्वाचन भएको र यसअघि तीन तहको चुनाव गराउन...
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता

सो अवसरमा  प्रधानमनन्त्रीले कार्कीले आगामी दिनमा व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा चीनबाट प्राप्त सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयका सहसचिव भृगु...