नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण :

सुन तस्करीको छानबिन गर्न चार सदस्यीय जाँचबुझ आयोग गठन

१४ असाेज, काठमाडाैँ : सरकारले सुन तस्करीको छानबिनका लागि ४ सदस्यीय उच्चस्तरीय आयोग गठन गरेको छ । 

संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरुबीचको सहमतिको आधारमा आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्चअदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा ४ सदस्यीय उच्चस्तरीय आयोग गठन गरेको हो ।

Global Ime Bank

४ सदस्यीय आयोगको सदस्यहरूमा अर्थमन्त्रालयका किशोरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेका छन् ।

‘मन्त्रिपरिषद्ले असोज ५ गते नै आयोग गठन गर्ने निर्णय गरेको थियो । तर त्यसमा केही समस्याहरू थिए,’ संचारमन्त्री रेखा शर्माले भनिन्, ‘अहिले ती समस्या रहेका विषयहरू सहमति भएपछि आयोगलाई पूर्णता दिइएको छ ।’

आयोगले सुन पैठारी, तस्करी नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन दिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...