नेभिगेशन
सबै कुरा

मधेश प्रदेशमा बाढीबाट तीन जनाको मृत्यु

धनुषा । हालैको अविरल वर्षासँगै आएको बाढीले मधेस प्रदेशको जनजीवन प्रभावित बनेको छ ।  मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार मधेसमा हालसम्म तीन जनाको मृत्यु भएको छ । प्रदेशको आठवटै जिल्लामा आठ जना घाइते भएका र उनीहरुको अवस्था सामान्य छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुभाष बोहराको अनुसार महोत्तरीमा दुई र सप्तरीमा एक गरी तीन जनाको मृत्यु भएको छभने सर्लाहीका एक जना बेपत्ता छन् । उनका अनुसार महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीका १६ वर्षीय रोहित साहको सोनी खोलाले बगाएर मृत्यु भएको छ भने सप्तरी बलान बिहुल गाउँपालिका–४ घर भई राजविराज नगरपालिका–८ मा बस्दै आएका आठ वर्षीय प्रिन्सकुमार साह मृत भेटिएका छन् ।

महोत्तरीकै बर्दिबास नगरपालिका–११ खयरमाराका २१ वर्षीय मानबहादुर थिङलाई खयरमारा खोलाले बगाएर मृत्यु भएको छ । सर्लाहीको बागमती नगरपालिका–९ स्थित सक्रोलका १५ वर्षीय मुकेश महतो सोती खोलाले बगाएर बेपत्ता छन् । रौतहटमा तीन, सिरहामा एक, सर्लाहीमा एक र बारामा तीन जना घाइते भएकामा उपचारपछि सामान्य अवस्थामा रहेको प्रहरी उपरीक्षक बोहराले बताए ।

त्यस्तै बेपत्ता हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–५ का ३८ वर्षीय जाविर अन्सारी, पर्साको सिर्सिया नदीमा आएको बाढीमा बगेर भारत विहार मोतिहारी जिल्लाका ३२ वर्षीय किशोर राउत र कमला नदीमा आएको बाढीको बेला दाउरा निकाल्ने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहाका ३५ वर्षीय सान परियार र उनकी श्रीमती माया रहेका छन् ।

प्रहरी उपरीक्षक बोहराले यस प्रदेशमा ९६ घरपरिवारका चार सय ८८ जना विस्थापित भएका छन् भने बाढीमा फसेका ३५ जनालाई उद्धार गरिएको छ । प्रहरी उपरीक्षक बोहराले गौर कारागारमा वाग्मती खोलाको पानी पसेपछि १२ जना महिला थुनुवा÷कैदीलाई नेपाल प्रहरीको जिल्ला प्रहरी कार्यालयको हिरासतमा सुरक्षित राखिएको बताए ।

त्यसैगरी धनुषा–सिरहाको सीमा अवस्थित कमला नदीमा आएको बाढीका कारण सिरहा र धनुषामा क्षति भएको छ । अविरल वर्षाले धनुषा–सिरहाको सीमा अवस्थित कमला नदीले विभिन्न स्थानमा क्षति पुर्याएको कमला नदी नियन्त्रण आयोजना धनुषाले जनाएको छ । धनुषाको कमला नगरपालिकाको हरिणेस्थित कमला नदीको ग्यावियन जालीको पर्खाल भत्किनुको साथै आरसिसी पर्खाल पनि भत्किएको छ ।

त्यस्तै कमला नगरपालिकाको हथमुन्डामा कमला नदी छेउमै निर्माण गरिएको बाँधको माथिल्लो भागमा क्षति भएको छभने सोही नगरपालिका–५ स्थित लक्कडबाट फूलबरियासम्मको बाटो कटान भएको कमला नदी नियन्त्रण आयोजनाले जनाएको छ । त्यस्तै सबैला नगरपालिका–४ स्थित पटेर्वाबाट सबैला नगरपालिका–१३ स्थित ढोलबज्जासम्म कमला नदीले कटान गरेको छ । त्यस्तै सिरहाको कल्याणपुर नगरपालिका–५ स्थित भेडिया–भोक्राहा, चत्तरी, चिकना–निर्दनास्थित तटबन्धमा नजिक पनि कटान गरेको छ ।

त्यस्तै बाढीले सिरहा–५ स्थित मानपुरमा स्परको लन्चिङ बगाएको छ । सिरहा–१७ स्थित पटेर्वाबाट कल्याणपुर नगरपालिका–७ स्थित भेडियासम्म बाढीका कारण बाटो कटान गरेको जनाइएको छ । सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित ज्यूदाही फाँटमा माटोको बाँध कटान गरेको छभने दुधौली नगरपालिका–९ स्थित जीतपुर टाडीमा तटबन्ध नजिक कटानले व्यापक क्षति भएको आयोजनाले जनाएको छ ।

महोत्तरीको रातु नदीमा आएको बाढीका कारण भङ्गाहा नगरपालिका–६ स्थित हतिसर्वा नजिक रहेको नदीको तटबन्ध भत्केको छ । सो तटबन्ध भत्किँदा बाढी गाउँतर्फ पसेको छ । त्यस्तै तटबन्ध बनाउन बाँकी रहेको हतिसर्वा, वनचौरीलगायत विभिन्न स्थानमा निर्माण गरिएका तटबन्धसमेत भत्केको छ । सो बाढी गाउँतर्फ जाँदा क्षति भएको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर

धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर

खानपिन गरेर होली मनाइरहेका दुई टोलका युवाबीच उत्पन्न विवादलाई सामान्य तुल्याउने क्रममा प्रहरीमाथि पनि आक्रमण भएपछि आत्मसुरक्षाका लागि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सेनाले...
मध्यपूर्वमा रहेका नेपालीको उद्दार गर्न परराष्ट्र मन्त्रालयद्वारा आपतकालीन उद्धार टोली गठन

मध्यपूर्वमा रहेका नेपालीको उद्दार गर्न परराष्ट्र मन्त्रालयद्वारा आपतकालीन उद्धार टोली गठन

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले परराष्ट्र सचिवको संयोजकत्वमा बहु–सरोकारवाला आपतकालीन उद्धार टोली(इमरजेन्सी रेस्पोक्स टीम) गठन गरिएको जानकारी...
कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

मंगलवार दिउँसो ३ः४५ बजेतिर विद्युत् सर्ट हुँदा भएको आगलागी ललितपुर महानगरको प्रहरीले बारुणयन्त्र प्रयोग गरी नियन्त्रणमा लिएको ललितपुर महानगरका प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।
बढ्दो क्षेत्रीय तनावका बीच अमेरिकाद्वारा खाडी मुलुकका दूतावासहरू बन्द

बढ्दो क्षेत्रीय तनावका बीच अमेरिकाद्वारा खाडी मुलुकका दूतावासहरू बन्द

साउदी अरबको रियाद स्थित अमेरिकी दूतावासमा मङ्गलबार देखि अर्को सूचना नआउन्जेल सम्मका लागि सबै कार्यहरु बन्द गरिएको छ । सामाजिक सञ्जाल एक्समा दूतावासले साउदी अरबमा रहेका अमेरिकी नागरिकहरूलाई...