नेभिगेशन
सबै कुरा

रविको प्रश्न : आयल निगमको नियत के हो ? विदेशमा बढ्दा बढाईहाल्ने, घट्दा २/३ लगाउने ?

१४ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल आयल निगमको कार्यशैलीप्रति प्रश्न गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आजको बैठकमा चाइनाबाट रिफ्रेस भएका आएका प्रधानमन्त्रीले आउनेवित्तिकै पेट्रोलियमको मूल्यबृद्धि गरेर मुड अफ गराउने कार्य गरेपनि पछि निर्णय सच्याएको मा धन्यवाद दिए । तर उनले निगमको कार्यशैलीप्रति भने प्रश्न गरेका छन् । उनले भने, ‘यो आयल निगम ब्यापर पनि आफैँ गर्छ । आयात पनि आफैँ गर्छ । नियामक निकाय पनि उही हो । सबै कुरा आफैँ गर्छ र भन्छ सधैँ घाटामा छु । कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ । तर सधैँ यो घाटामा रहन्छ । यो घाटा के हो ? सधैँ यो देशले घाटा सहिरहनुपर्ने स्थितीको निक्र्योल होस् । अनतराष्ट्रि बजारमा मूल्य बढेको कारणले आफैँ भएको हो भन्ने हो भने घटेको बेला मूल्य घटाउन २ तीन दिन कि लगाउँछ । यो कुरामा गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

Ncell
Extreme Energy


प्रधानमन्त्री पुष्पकमल दाहालले मूल्यबृद्धिको बारेमा पहिले आफूलाई जानकारी नभएको र पछि मूल्य यथावत् राख्न निर्देशन दिएको सदनलाई जानकारी गराएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।