नेभिगेशन
सबै कुरा

रविको प्रश्न : आयल निगमको नियत के हो ? विदेशमा बढ्दा बढाईहाल्ने, घट्दा २/३ लगाउने ?

१४ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल आयल निगमको कार्यशैलीप्रति प्रश्न गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आजको बैठकमा चाइनाबाट रिफ्रेस भएका आएका प्रधानमन्त्रीले आउनेवित्तिकै पेट्रोलियमको मूल्यबृद्धि गरेर मुड अफ गराउने कार्य गरेपनि पछि निर्णय सच्याएको मा धन्यवाद दिए । तर उनले निगमको कार्यशैलीप्रति भने प्रश्न गरेका छन् । उनले भने, ‘यो आयल निगम ब्यापर पनि आफैँ गर्छ । आयात पनि आफैँ गर्छ । नियामक निकाय पनि उही हो । सबै कुरा आफैँ गर्छ र भन्छ सधैँ घाटामा छु । कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ । तर सधैँ यो घाटामा रहन्छ । यो घाटा के हो ? सधैँ यो देशले घाटा सहिरहनुपर्ने स्थितीको निक्र्योल होस् । अनतराष्ट्रि बजारमा मूल्य बढेको कारणले आफैँ भएको हो भन्ने हो भने घटेको बेला मूल्य घटाउन २ तीन दिन कि लगाउँछ । यो कुरामा गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

Extreme Energy


प्रधानमन्त्री पुष्पकमल दाहालले मूल्यबृद्धिको बारेमा पहिले आफूलाई जानकारी नभएको र पछि मूल्य यथावत् राख्न निर्देशन दिएको सदनलाई जानकारी गराएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।