नेभिगेशन
सबै कुरा

भोजपुरको नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध

भोजपुर । केही दिनअघिबाट आएको निरन्तरको वर्षाले जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा भौतिक क्षतिसँगै यातायात सञ्चालनमा समस्या भएपछि जनजीवन कष्टकर बनेको हो । वर्षाका कारण पहिरो जाँदा दुईवटा घरमा क्षति पुगेको छभने प्रायः नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध बनेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वर्षाले सदरमुकामबाट उत्तरी क्षेत्र जोड्ने भोजपुर–दिङ्ला सडक र दक्षिणी क्षेत्र जोड्ने भोजपुर–घोडेटार सडकखण्डमा यातायात सञ्चालनमा समस्या भएको छ । वर्षाका कारण सडक हिलाम्मे बन्दा यातायात सञ्चालनमा समस्या भएको हो । अविरल वर्षाका कारण जिल्लालाई पूर्वपश्चिम जोड्ने मध्यपहाडी लोकमार्गमाअन्तर्गत लेगुवा–भोजपुर–चखेवा सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । यो सडकखण्डको अरुण गाउँपालिका–४ माङसुवा, ओदाने र टेम्केमयुङ गाउँपालिका–२ श्रीदलीमा खसेको पहिरो हटाएर सडक सञ्चालन गरिएकोे छ ।

Marvel

ग्रामीण क्षेत्रका सडकमा पहिरो खस्दा स्थानीयलाई समस्या भएको छ । हतुवागढी गाउँपालिकाको घोडेटार–होम्ताङ सडकमा पहिरो खसेर अवरोध भएकाले पहिरो पन्छाउने काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । गाउँपालिका क्षेत्रका धेरैजसो सडकमा क्षति पुगेकाले क्षतिको विवरण सङ्कलनको काम भइरहेको अध्यक्ष राईले बताए ।

दक्षिणी क्षेत्रको तराईका जिल्लासँग जोड्ने एकमात्र विकल्पका रूपमा रहेको भोजपुर र उदयपुर जोड्ने दूधकोशी नदीको चुहार झोलुङ्गे पुलमा बाढी क्षति पुर्याएको छ । अविरल वर्षाका कारण हतुवागढी गाउँपालिका–९ हसनपुर र उदयपुर बेलका नगरपालिका–७ मैनामैनी जोड्ने दूधकोशी नदीको झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवतजावतमा समस्या भएको हो । यहाँ पक्की पुल नहुँदा यही झोलुङ्गे पुलको मध्यमबाट मानिस तराईका जिल्ला पुग्ने गरेका थिए । योसहित दक्षिणी क्षेत्रका चारवटा झोलुङ्गे पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

वर्षासँगै आएको पहिराले भोजपुर नगरपालिका–४ की चन्द्रकला श्रेष्ठको घर र वडा नं ५ मसिनेबेँसीका भीमबहादुर दाहाल घरमा क्षति पुगेको, टेम्केमयुङ गाउँपालिका–६ गुठाका डिकबहादुर सार्कीको गोठ पुरिँदा दुई बाखा र तीन बोका गरी पाँच वटा चौपाया मरेका, टेम्केमैयुङ–६ कै स्वास्थ्यचौकी पनि पहिरोले क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिवि क्रिकेट मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

त्रिवि क्रिकेट मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एकएक अङ्क बाँडेका छन् । क्यानका...
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...
कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह केही घण्टामै एक हजार ५२८ मिटर नाघ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह...