नेभिगेशन
सबै कुरा

पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव हेटौँडा लगियो

बागमती । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोमा परी मृत्यु भएका अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका छ जना विद्यार्थीमध्ये तीनजनाको शव हेटौँडा लगिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँस्थित शिक्षण अस्पतालमा शव परीक्षणपश्चात् मृतकमध्ये अनुमप घलान, साइमन योञ्जन र बाराका बिकल रेग्मीको शव आज बिहान हेलिकप्टरमार्फत हेटौँडा लगिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए ।

Ncell
Extreme Energy

हेटौँडामा जिल्ला खेलकुद विकास समितिले श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ । हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित मैदानमा आयोजित श्रद्धाञ्जलीसभामा मृतकका आफन्त, खेलाडी, खेलप्रेमी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो । प्रजिअ चिलुवालले शव अन्त्यष्टिका लागि परिवारजनलाई बुझाइएको बताए ।

होस्टेलमा बसेर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ टेकरस्थित वत्सला माध्यमिक विद्यालयमा अध्ययन गर्ने र एन्फा क्याम्पमा फुटबल प्रशिक्षण लिने ४० जना विद्यार्थीमध्ये हेटौँडाका घलान, योञ्जन, बाराको निजगढका रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौँका रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकीको पहिरोमा परी शनिबार मृत्यु भएको थियो । 

बागमती प्रदेशका १० जिल्लामा ११६ को शव फेला

यही असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या बागमती प्रदेशका १० जिल्लामा ११६ पुगेको छ । प्रदेशका १० जिल्लामा मृत्यु हुनेमध्ये काभ्रेमा थप १२ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । यससँगै बागमती प्रदेशअन्तर्गत काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या हालसम्म ११६ पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

काभ्रेमा हालसम्म बाढी पहिरोबाट मृत्यु भएकामध्ये ५० जनाको शव फेला पारेको प्रहरी उपरीक्षक रेग्मीले बताए। यस्तै, धादिङ जिल्लामा बाढीपहिरोबाट मृत्यु भएका ३९ जनाको शव फेला परेको छ । बाढीपहिरोमा परी सिन्धुपाल्चोकमा १०, मकवानपुरमा सात, दोलखामा सात, सिन्धुलीमा दुई र रामेछापमा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । । 

बाढीपहिरोजन्य विपद्बाट काभ्रेमा नौ र सिन्धुपाल्चोकमा दुई गरी ११ जना अझै बेपत्ता रहेका प्रहरीले जनाएको छ । बेपत्ताको खोजी कार्य तथा उद्धार गर्न प्रदेशभर चार हजार ११९ प्रहरी परिचालन गरिएको थियो । प्रहरीले विभिन्न जिल्लाका २४७ परिवारका ३१७ जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको हो ।
सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययनका लागि पुगेका ऊर्जा मन्त्रीले के भने ?

सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययनका लागि पुगेका ऊर्जा मन्त्रीले के भने ?

उनले पुराना सिँचाइ प्रणालीको संरक्षण, पुनःस्थापना र आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै नयाँ आयोजनाको आवश्यकता र सम्भाव्यताको समेत वस्तुगत मूल्याङ्कन गरेर अघि बढ्नुपर्ने धारणा राखे ।
मुक्तिनाथ दर्शन गरेर काठमाडौँ फर्किँदै प्रधानमन्त्री शाह

मुक्तिनाथ दर्शन गरेर काठमाडौँ फर्किँदै प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गरेका छन्  ।
'सिँचाइ र कृषिका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने गृहकार्यमा ऊर्जा मन्त्रालय'

'सिँचाइ र कृषिका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने गृहकार्यमा ऊर्जा मन्त्रालय'

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसंख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।