नेभिगेशन
सबै कुरा

महाकालीमा लडेर बेपत्ता भएका मजदुरको अवस्था ४ दिनदेखि अज्ञात

बैतडी । महाकाली नदीमा लडेर बेपत्ता भएका मजदुर चार दिनसम्म पनि फेला पर्न सकेका छैनन् । शुक्रबार जिल्लाको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी भारतको पिथौरागढबाट मजदुरी गरेर घर फर्किरहेका बेला नेपाल–भारत सीमा नजिक दशरथचन्द नगरपालिका–८ झुलाघाटस्थित बसपार्क नजिकैबाट  महाकालीमा लडेर बेपत्ता भएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार बिहान ११ बजेतिर जिप चढ्ने तयारी गरिरहेका अमर एक्कासि चिप्लिएर महाकाली नदीमा खसेका हुन् । बेपत्ता अमरको खोजीका लागि महाकाली किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

Ncell
Extreme Energy

बेपत्ता अमरको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल महाकाली किनार क्षेत्रमा परिचालन गरिएको छ । साथै खोजीका लागि भारतीय सुरक्षाकर्मीलाई पनि आग्रह गरिएको छ । लगातारको वर्षाले महाकालीको बहाव बढ्नाका साथै पानी धमिलो भएकाले खोजतलासमा समस्या भएको प्रवक्ता ढुङ्गानाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको हो ।
सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययनका लागि पुगेका ऊर्जा मन्त्रीले के भने ?

सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययनका लागि पुगेका ऊर्जा मन्त्रीले के भने ?

उनले पुराना सिँचाइ प्रणालीको संरक्षण, पुनःस्थापना र आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै नयाँ आयोजनाको आवश्यकता र सम्भाव्यताको समेत वस्तुगत मूल्याङ्कन गरेर अघि बढ्नुपर्ने धारणा राखे ।
मुक्तिनाथ दर्शन गरेर काठमाडौँ फर्किँदै प्रधानमन्त्री शाह

मुक्तिनाथ दर्शन गरेर काठमाडौँ फर्किँदै प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गरेका छन्  ।
'सिँचाइ र कृषिका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने गृहकार्यमा ऊर्जा मन्त्रालय'

'सिँचाइ र कृषिका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने गृहकार्यमा ऊर्जा मन्त्रालय'

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसंख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।