नेभिगेशन
सबै कुरा

सिधाकुराका प्रकाशक र सम्पादकलाई जेल पठाउने सर्वोच्चको फैसलाप्रति पत्रकार महासंघद्वारा चासो व्यक्त

काठमाडाैँ । नेपाल पत्रकार महासंघले सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई जेल पठाउने सर्वोच्च अदालतको फैसलाप्रति चासो व्यक्त गरेका छ । सोमबार एक विज्ञप्ती सार्वजनिक गर्दै महासंघले सिधाकुराका हकमा अदालतले गरेको फैसलामा आफूहरुको ध्यानाकर्षण भएको बताएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासंघले पत्रकारले स्रोतबाट प्राप्त सामग्री परीक्षण गर्ने प्रयोगशालाको व्यवस्था नभएको र कानुनले समेत सो व्यवस्था नगरेका बताएको छ । त्यस्तै प्रकासित समाचार सामग्री गलत भए सच्याउने व्यवस्था हुँदाहुँदै सर्वोच्चले जेल पठाउने गरि गरेको फैसला आपत्तिजनक रहेको महासंघले बताएको छ । ‘स्रोतबाट प्राप्त सामग्री पत्रकारले प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था नभएको र सञ्चारसम्बन्धी नीति तथा कानूनले त्यस्तो व्यवस्था नगरेको अवस्थामा प्रकाशित सामग्री गलत भएमा सच्चाउने व्यवस्था पत्रकार आचारसंहितामा गरिएको छ ।’, विज्ञप्तीमा भनिएको छ, ‘सञ्चारमाध्यममा आएका सामग्रीमा चित्त नबुझेमा प्रचलित कानूनको अधीनमा रहेर प्रेस काउन्सिल नेपाल र अदालतबाट निरुपण हुनुपर्छ भन्ने मान्यता महासंघको रही आएको छ । तसर्थ कुनै पनि फैसला संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध हुनु हुँदैन ।’

Ncell
Extreme Energy

महासंघले सम्बन्धित सञ्चारमाध्यमले प्रकासित सामग्री हटाइसकेको अवस्थामा सर्वोच्च आफैँले प्रतिवेदन उठाएर आफैँले पत्रकारलाई जेल पठाउने फैसला गरेकोप्रति चासो र चिन्ता व्यक्त गरेको छ । ‘सञ्चारमाध्यमले माफी मागेर गलत सामग्री हटाइ सकेको अवस्थामा सम्मानीत सर्वोच्च अदालतले आफैँले प्रतिवेदन उठान गरेर निवेदन दर्ता गरी आफैँले पत्रकारलाई जेल पठाउने फैसला गरेकोप्रति महासंघको गम्भीर चासो र चिन्ता छ ।’, विज्ञप्तीमा भनिएको छ, ‘महासंघ कुनै पनि फैसला वा निर्णय सञ्चार क्षेत्र नियन्त्रणका लागि दिर्घकालीन नजिर नबनोस् भन्ने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’

त्यस्तै नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको पक्षमा नेपाल सरकार, न्यायालय र अन्य सम्बन्धित पक्षलाई गम्भीर हुन महासंघले आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको हो ।
सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययनका लागि पुगेका ऊर्जा मन्त्रीले के भने ?

सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययनका लागि पुगेका ऊर्जा मन्त्रीले के भने ?

उनले पुराना सिँचाइ प्रणालीको संरक्षण, पुनःस्थापना र आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै नयाँ आयोजनाको आवश्यकता र सम्भाव्यताको समेत वस्तुगत मूल्याङ्कन गरेर अघि बढ्नुपर्ने धारणा राखे ।
मुक्तिनाथ दर्शन गरेर काठमाडौँ फर्किँदै प्रधानमन्त्री शाह

मुक्तिनाथ दर्शन गरेर काठमाडौँ फर्किँदै प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गरेका छन्  ।
'सिँचाइ र कृषिका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने गृहकार्यमा ऊर्जा मन्त्रालय'

'सिँचाइ र कृषिका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने गृहकार्यमा ऊर्जा मन्त्रालय'

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसंख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।